bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Leviticus 2
Leviticus 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 3 →
1
कसैले परमप्रभुलाई अन्नबलि चढाउँछ भने त्यसलाई पहिले पिंधेर पिठो पार्नुपर्छ। त्यसमा त्यसले जैतुनको तेल हालोस् र माथिबाट धूप राखोस्
2
अनि हारून वंशका पूजाहारीकहाँ ल्याओस्। सेवा गर्ने पूजाहारीले त्यो पिठो र तेल एक मुट्ठी लिएर र जम्मै धूप परमप्रभुलाई चढाएको चिन्हको रूपमा वेदीमा डढाओस्। त्यस अन्नबलिको मीठो बास्नाले परमप्रभुलाई खुसी पार्नेछ।
3
उब्रेको अन्नबलि पूजाहारीहरूको भाग हो। त्यो परमप्रभुलाई चढाएको अन्नबलि लिइएको हुनाले अति पवित्र छ।
4
चुलोमा पकाएको रोटी अन्नबलि चढाउँछ भने त्यसलाई खमिर नमिसाई बनाउनुपर्नेछ। त्यो पिठो र जैतुनको तेल मुछेर बनेको मोटो रोटी होस् कि त जैतुनको तेल दलेको स-साना रोटी होऊन्।
5
अन्नबलि तावामा पकाएको रोटी हो भने त्यो खमिर नहालेको पिठो र जैतुनको तेल मुछेर बनाउनुपर्छ।
6
त्यो अन्नबलि चढाउँदा रोटी टुक्रा-टुक्रा पारेर त्यसमा तेल खन्याउनू।
7
अन्नबलि ताप्केमा पकाएको रोटी हो भने त्यो पिठो र जैतुनको तेलले बनेको हुनुपर्छ।
8
त्यसलाई परमप्रभुकहाँ अन्नबलिको रूपमा ल्याउनू र पूजाहारीलाई दिनू। पूजाहारीले त्यसलाई वेदीमा चढाउनेछ।
9
अन्नबलि पूरै परमप्रभुलाई चढाएको चिन्हको रूपमा पूजाहारीले त्यसबाट एक भाग लिएर वेदीमाथि डढाओस्। त्यस अन्नबलिको मीठो बास्नाले परमप्रभुलाई खुसी पार्नेछ।
10
उब्रेको अन्नबलि पूजाहारीहरूको भाग हो। परमप्रभुलाई चढाएको अन्नबलिबाट लिइएको हुनाले त्यो अति पवित्र छ।
11
तिमीहरूले परमप्रभुलाई चढाउने अन्नबलिहरूमा खमिर नहोस्। परमप्रभुलाई चढाएका अन्नबलिमा तिमीहरूले कहिले पनि खमिर वा मह नलाउनू।
12
हरेक वर्ष बाली काटेपछि आफूले बटुलेको पहिलो अन्नबलि परमप्रभुकहाँ ल्याउनुपर्नेछ तर त्यो वेदीमा डढाइनेछैन।
13
हरेक अन्नबलिमा नुन लगाउनू किनभने नुनले परमेश्वर र तिमीहरूका बीचमा रहेको करार बुझाउँदछ। (आफ्ना सबै बलिमा तिमीहरूले नुन हाल्नू।)
14
जब तिमीहरूले परमप्रभुकहाँ आफूले कटनी गरेको पहिलो अन्नबलि लिई आउँछौ, तब आगोमा पोलेको अन्न वा अन्न पिंधेर बनाएको पिठो चढाउनू।
15
त्यसमा जैतुनको तेल लाउनू र धूप राख्नू।
16
पूजाहारीले सबै धूप अनि अन्न र तेलको एक भाग चिन्हको रूपमा परमप्रभुकहाँ अन्नबलि चढाएर जलाउनेछ।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27