bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Leviticus 23
Leviticus 23
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 24 →
1
परमप्रभुले मोशालाई धार्मिक चाडहरूको निम्ति
2
यी नियमहरू दिनुभयो। ती चाडमा इस्राएलका मानिसहरू एक ठाउँमा परमेश्वरको आराधना गर्नलाई भेला हुनुपर्थ्यो।
3
आफ्नो काम गर्नलाई तिमीहरूले ६ दिन पाउँदछौ तर याद राख कि सातौँ दिन शबाथ दिन, बिश्रामको लागि हो। त्यो दिन तिमीहरूले काम नगर्नू तर आराधना गर्नलाई एकसाथ भेला हुनू। तिमीहरू जहीँ बसे तापनि पवित्र विश्राम दिन परमप्रभुको हो।
4
यी चाडहरू मान्नलाई तोकिएको समयमा घोषणा गर।
5
परमप्रभुको आदर गर्नलाई मानिने निस्तार-चाड पहिलो महिनाको चौधौँ दिनमा घाम डुब्दा सुरु हुन्छ।
6
पन्ध्रौँ दिनमा अखमिरी रोटीको चाड सुरु हुन्छ र सात दिनसम्म तिमीहरूले खमिर हालेको रोटी नखानू।
7
पहिलो दिन तिमीहरू पवित्र सभामा भेला हुनू र आफ्ना दिन-दिनको काम नगर्नू।
8
सात दिनसम्म परमप्रभुलाई होमबलि चढाउनू। सातौँ दिन तिमीहरू फेरि आराधना गर्नलाई भेला हुनू, त्यो दिन आफ्ना दिन-दिनको काम नगर्नू।
9
[9-10] जब तिमीहरू परमप्रभुले तिमीहरूलाई दिनुभएको देशमा आइपुग्छौ र त्यहाँ अन्न बटुल्ने काम गर्छौ, पहिलो बिटा पूजाहारीकहाँ लैजानू।
11
त्यो विशेष भेटीको रूपमा पूजाहारीले परमप्रभुलाई चढाउनेछ, तिमीहरू ग्रहण गरिनेछौ। त्यो भेटी पूजाहारीले पवित्र विश्राम दिनको भोलिपल्ट चढाओस्।
12
जुन दिन तिमीहरू अन्नबलि चढाउँछौ, त्यही दिन एउटा एक वर्ष पुगेको निष्खोट थुमा पनि होमबलि चढाउनू।
13
त्योसित जैतुनको तेल मिसाएको दुई किलोग्राम पीठो पनि अन्नबलिको रूपमा चढाउनू। यो भेटीको सुबास्नाले परमप्रभुलाई खुसी पार्नेछ। त्योसित एक लिटर दाखमद्य पनि तिमीहरूले भेटी चढाउनू।
14
यो भेटी परमेश्वरलाई नचढाएसम्म तिमीहरूले नयाँ अन्न काँचो वा पोलेर वा रोटी बनाएर पनि नखानू। आउँदा दिन सदासर्वदा यो नियम तिम्रा सन्तानले मान्नुपर्नेछ।
15
जुन पवित्र विश्राम दिनको भोलिपल्ट तिमीहरूले अन्नको बिटा परमप्रभुलाई चढाउन ल्याउँछौ, त्यो दिनदेखि सात-साता गन्नू।
16
पचासौँ दिन, जुन सातौँ पवित्र विश्राम दिनको भोलिपल्ट पर्छ, अर्को नयाँ अन्नबलि परमप्रभुलाई चढाउनू।
17
हरेक परिवारले दुईवटा रोटी ल्याएर प्रभुलाई विशेष भेटीको रूपमा चढाउनेछ। एक-एक रोटी दुई किलोग्राम पीठो खमिरसित मिसाई पकाउनू र कटनी गरेको पहिलो अन्नको रूपमा परमप्रभुलाई चढाउनू।
18
अनि रोटीसित सारा जन-समूहले मिलेर निष्खोट सातवटा एकवर्षे थुमा, एउटा साँढे र दुईवटा बोका चढाउनुपर्नेछ। अन्नबलि र मद्यबलि सँगसँगै ती पशु परमप्रभुलाई होमबलि चढाउनू। यस बलिको सुबास्नाले परमप्रभुलाई खुसी पार्नेछ।
19
साथै एउटा बोको पापबलिको लागि, दुईवटा एकवर्षे थुमाहरू मेलबलिको लागि पनि चढाउनू।
20
पूजाहारीले रोटी र दुईवटा थुमा पूजाहारीहरूको निम्ति परमप्रभुलाई विशेष भेटीको रूपमा चढाओस्। यी भेटीहरू पवित्र हुन्।
21
त्यस दिन आफ्नो सधैँको दैनिक काम कसैले नगर्नू तर सबैजना उपासनाको निम्ति एक साथ भेला हुनू। तिम्रा सन्तानले तिनीहरू जहीँ बास गरे तापनि यो नियम, आउँदा दिनहरूमा सदाकालको निम्ति मान्नुपर्नेछ।
22
जब तिमीहरू आफ्ना खेतबाट अन्न बटुल्छौ, खेतका किनारकिनारमा भएको बाली नकाट्नू र छाडिएका अन्नको बाला काट्नलाई फर्केर नजानू। ती गरीब र विदेशीहरूको निम्ति छोडिदेओ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
23
[23-24] सातौँ महिनाको पहिलो दिन एउटा विशेष विश्रामको दिन मनाउनू र तुरही बज्दा उपासनाको लागि भेला हुनू।
25
परमप्रभुलाई एउटा अन्नबलि चढाउनू र तिम्रा दिन-दिनका काम नगर्नू।
26
[26-27] सातौँ महिनाको दशौँ दिन इस्राएलीहरूले पाप काट्नको लागि मानिने रीति पूरा गर्ने प्रायश्चितको दिन हो। त्यो दिन पवित्र सभामा भेला हुनू, आफूलाई इन्कार गर्नू र उपवास बस्नू अनि प्रभुलाई होमबलि चढाउनू।
28
त्यो दिन काम नगर्नू किनभने त्यो पाप काट्ने विधि पूरा गर्ने दिन हो।
29
त्यो दिन जसले केही थोक खान्छ, त्यो परमेश्वरको जन ठानिनेछैन।
30
अनि त्यो दिन कसैले काम गर्यो भने परमप्रभु आफैंले त्यसलाई मार्नुहुनेछ।
31
तिम्रा सन्तानहरू जहीँ बास गरून्, तिनीहरूले यो नियम पालन गर्नुपर्नेछ।
32
त्यस महिनाको नवौँ दिन बेलुका घाम डुबेपछि भोलिपल्ट घाम डुब्ने बेलासम्म त्यस दिनलाई एउटा विशेष विश्राम दिन मान्नुपर्छ र केही कुरा खानुहुन्न।
33
[33-34] छाप्रो-बासको चाड सातौँ महिनाको पन्ध्रौँ दिनमा सुरु भएर सात दिनसम्म चल्नेछ।
35
पहिलो दिन उपासनाको लागि भेला हुनू र कुनै दैनिक काम नगर्नू।
36
हरेक दिन सात दिनसम्म होमबलि चढाउनू। आठौँ दिन उपासनाको निम्ति फेरि भेला हुनू र होमबलि चढाउनू। त्यो उपासनाको दिन हो, तिमीहरूले केही काम नगर्नू।
37
(यी धार्मिक चाडहरू हुन् जब तिमीहरू उपासनाको निम्ति भेला हुनेछौ र दिनहुँ चाहिएअनुसार आगोद्वारा चढाइने भेटीहरू, होमबलि, अन्नबलि, बलिदानहरू र मद्यबलिहरू चढाएर परमप्रभुलाई आदर गर्नेछौ,
38
सधैँ मान्ने पवित्र विश्राम दिनहरूबाहेक यी चाडहरू मान्नू अनि तिमीहरूले परमप्रभुलाई बराबर दिने गरेका भाकल पूरा गरी चढाएका र राजीखुसीले चढाएका भेटीहरूबाहेक यी भेटीहरू पनि चढाउनू)।
39
आफ्ना खेतका अन्न बटुलिसकेपछि सातौँ महिनाको पन्ध्रौँ दिनमा सुरु गरेर यो चाड सात दिनसम्म मान्नू। पहिलो दिन विशेष विश्रामको दिन हुनेछ।
40
त्यस दिन आफ्ना रूखका सबैभन्दा असल केही फलहरू र खजुरका र पात भएका रूखका हाँगाहरू लिनू र परमप्रभु तिमीहरूका परमेश्वरको आदर गर्नलाई यो धार्मिक चिन्ह मान्न सुरु गर्नू।
41
सात दिनसम्म चाड मनाउनू। तिम्रा सन्तानहरूले सधैँभरि आउँदा दिनमा यो नियम पालन गर्नुपर्नेछ।
42
सबै इस्राएलीहरू सात दिनसम्म छाप्रोमा बास गर्नेछन्
43
र त्यसरी तिम्रा सन्तानले परमप्रभुले इस्राएलका मानिसहरूलाई मिश्रदेखि निकाली ल्याउनुहुँदा तिनीहरूलाई साधारण छाप्रोमा बस्न लगाउनुभएको थियो भनी जान्नेछन्। उहाँ परमप्रभु तिमीहरूका परमेश्वर हुनुहुन्छ।
44
यसरी परमप्रभुलाई आदर दिएर धार्मिक चाडहरू मनाउनको निम्ति मोशाले इस्राएलीहरूलाई यी नियमहरू दिए।
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 24 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27