bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Leviticus 24
Leviticus 24
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 25 →
1
[1-2] परमप्रभुले यी तलका आज्ञाहरू इस्राएलका मानिसहरूलाई दिनू भनी मोशालाई भन्नुभयो, पवित्र पालका पानसहरूको निम्ति सबैभन्दा असल र चोखो जैतुनको तेल ल्याओ र निरन्तर बत्ती बलिरहोस्।
3
हरेक बेलुका हारूनले ती जलाउनेछ र बिहानसम्म बालिराख्नेछ। हारूनले ती पानस करारको सन्दुकको सामुन्ने पर्दाको बाहिरपट्टि, जो महा-पवित्र स्थान हो, परमप्रभुको उपस्थितिमा बाल्नेछ। यो नियम सदाकालको निम्ति मान्नुपर्छ।
4
हारूनले निखुर सुनको सामदानमा भएका पानसहरूको जतन गर्नेछ र परमप्रभुको अघि ती निरन्तर बालिराख्ने कुरामा ध्यान दिनेछ।
5
बाह्र किलोग्राम पिठो लिएर बाह्रवटा रोटी बनाऊ।
6
परमप्रभुको अघि राखेको निखुर सुनले मोहोरेको टेबिलमाथि ती रोटीहरू दुई लहर पारेर एक-एक लहरमा ६-६ वटा रोटी गरिराख्नू।
7
रोटीका लहरहरूमाथि केही चोखो धूप राख्नू। त्यो धूप रोटीको सट्टामा परमप्रभुलाई चढाएको होमबलिको चिन्ह स्वरूप हुनेछ।
8
आइन्दा सबै समय, हरेक पवित्र विश्रामवारको दिन रोटी परमप्रभुको अघि चढाइनुपर्छ। यो सदासर्वदा इस्राएलीहरूको कर्तव्य हुनेछ।
9
रोटीहरू हारून र त्यसका सन्तानका हुन्, ती तिनीहरूले कुनै पवित्रस्थानमा खानेछन् किनभने त्यो परमप्रभुकहाँ पूजाहारीहरूको निम्ति चढाइएका भोजनको अति पवित्र हिस्सा हो।
10
[10-11] एक जना मानिस थियो। त्यसका बुबा मिश्री र आमा इस्राएली थिए। आमाको नाम शलोमीत थियो अनि त्यो दान कुलका दिब्रीकी छोरी थिई। त्यस मानिसको एक जना इस्राएलीसित छाउनीमा झगडा भयो। झगडा भएको बेलामा त्यस मानिसले परमेश्वरलाई सराप्यो र त्यसलाई तिनीहरूले मोशाकहाँ लगे
12
र त्यसलाई तिनीहरूले पहरादारको जिम्मामा राखे र परमप्रभुले त्योसित के गर्न भन्नुहुन्छ, सो पर्खेर बसे।
13
परमप्रभुले मोशालाई भन्नुभयो,
14
“त्यस मानिसलाई छाउनीदेखि बाहिर लैजा। त्यसले सराप दिएको ज-जसले सुने, तिनीहरूले त्यो दोषी हो भनी साक्षी दिँदै त्यसको टाउकोमा आ-आफ्ना हात राखून्। त्यसपछि सारा समूहले त्यसलाई ढुङ्गाले हिर्काएर मारून्।
15
तब इस्राएलका मानिसहरूलाई भन् कि जसले परमेश्वरलाई सराप्दछ, त्यसले त्यसको फल भोग्नुपर्छ
16
र त्यो मारिनुपर्छ। कुनै इस्राएलीले वा इस्राएलमा बास गर्ने कुनै विदेशीले परमप्रभुलाई सराप्यो भने सारा जन-समूहले त्यसलाई ढुङ्गाले हानेर मारून्।
17
“जसले मानिसको हत्या गर्छ, त्यो मारिनुपर्छ।
18
अनि जसले अर्काको पशुलाई मार्छ, त्यसले त्यसको सट्टामा पशु नै दिनुपर्नेछ। यो प्राणको बदलीमा प्राण हो।
19
“एउटा मानिसले अर्को मानिसलाई चोट लगायो भने त्यसलाई पनि त्यसले चोट लाइदिनू।
20
त्यसले हड्डी भाँचिदिएको छ भने त्यसको पनि एउटा हड्डी भाँचिदिनू, त्यसले कसैको एउटा आँखा फुटाइदिएको छ भने त्यसको पनि एउटा आँखा फुटाइदिनू, कसैको दाँत झारिदिएको छ भने त्यसको पनि एउटा दाँत झारिदिनू। त्यसले अर्कालाई जस्तो चोट लाएको छ, त्यस्तै चोट त्यसलाई पनि लाइदिनू।
21
जसले पशु मार्छ, त्यसले पशु फिर्ता दिनुपर्नेछ तर जसले मानिस मार्छ, त्यो पनि मारिनुपर्छ।
22
यो नियम इस्राएलीहरू र तिमीहरूसित बास गर्ने विदेशीहरू सबैले मान्नुपर्नेछ किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
23
जब मोशाले यी कुरा इस्राएलका मानिसहरूलाई भनिसके, तिनीहरूले त्यस मानिसलाई छाउनीको बाहिर लगेर मरून्जेल ढुङ्गाले हाने। यसरी इस्राएलका प्रजाले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार काम गरे।
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 25 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27