bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Leviticus 22
Leviticus 22
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 23 →
1
[1-2] हारून र तिनका छोराहरूलाई यी कुरा भन्नू भनी परमप्रभुले मोशालाई अह्राउनुभयो, “तिमीहरूले मेरो पवित्र नामको बदनामी गराउनुहुन्न। यसकारण इस्राएलका मानिसहरूले मलाई अर्पण गरेका पवित्र भेटीहरू आदरसित चलाउनू। म परमप्रभु हुँ।
3
तिम्रा कुनै छोरा-नाति विधिअनुसार अशुद्ध रहँदा, मलाई इस्राएलका मानिसहरूले अर्पण गरेका पवित्र भेटीहरूका छेउ आए भने त्यसले फेरि कहिल्यै वेदीमा सेवाकार्य गर्न सक्नेछैन। यी आउँदा दिनहरूमा सदासर्वदा मानिनुपर्छ। म परमप्रभु हुँ।
4
[4-5] “हारूनका कुनै छोरा-नातिलाई डरलाग्दो छालाको रोग, प्रमेह रोग लागेको छ भने त्यो विधिअनुसार शुद्ध नभइञ्जेल त्यसले कुनै पवित्र भेटीको थोक नखाओस्। कुनै लाश छोई अशुद्ध भएको कुरा पूजाहारीले छोएको छ भने वा कुनै अशुद्ध पशु वा मानिसलाई छोएको छ भने वा उसको वीर्यपतन हुन्छ भने ऊ अशुद्ध हुन्छ।
6
जुन पूजाहारी अशुद्ध हुन्छ, ऊ साँझसम्म अशुद्ध रहन्छ। त्यसपछि पनि स्नान नगरेसम्म उसले पवित्र भेटीको कुनै थोक नखाओस्।
7
सूर्य अस्ताएपछि ऊ शुद्ध हुन्छ, त्यसपछि पवित्र भेटीको थोक, जुनचाहिँ उसको खाना हो, उसले खान सक्छ।
8
पूजाहारीले स्वाभाविकरूपले मरेको वा जङ्गली जनावरले मारेको पशुको मासु खानेछैन किनभने त्यस कुराले उसलाई अशुद्ध पार्नेछ। म परमप्रभु हुँ।
9
“सबै पूजाहारीले मैले दिएका नियमहरू पालन गरून्। नत्र तिनीहरू दोषी बन्नेछन् र मर्नेछन् किनभने तिनीहरूले पवित्र नियमहरू भङ्ग गरेका हुन्छन्। म परमप्रभु हुँ र म तिनीहरूलाई पवित्र पार्दछु।
10
“पूजाहारी परिवारका सदस्यले मात्र पवित्र भेटीका थोक खान सक्छ, अरू कसैले ती खान सक्दैन। पूजाहारीसित बस्ने वा उसले ज्यालामा काम लगाएका मानिसले पनि ती खान सक्दैनन्।
11
तर पूजाहारीले आफ्नै धनले किनेको वा उसको आफ्नै घरमा जन्मेको कमाराकमारीहरूले पूजाहारीले पाएका खाना खान सक्छन्।
12
पूजाहारीकी छोरीले अर्को पूजाहारीसित विवाह नगरी अरू कोही पुरुषसित विवाह गरी भने त्यसले पवित्र भेटीका थोक खान सक्नेछैन।
13
तर विधवा वा छुटानाम भएकी छोरी, जसको जायजन्म भएको छैन र बुबाकै घरमा बस्न फर्की आएकी छ भने त्यसले बुबाले पूजाहारी भई पाएको भोजन खान सक्छे। पूजाहारी परिवारका सदस्यले मात्र सो भोजन खान सक्छ।
14
“यदि कुनै मानिसले, जो पूजाहारी परिवारको सदस्य होइन, भुलले पवित्र भेटीको कुरा खान्छ, तब त्यसले त्यस कुराको पूरा दाममाथि पाँचौँ भाग पनि थपेर पूजाहारीलाई तिर्नुपर्नेछ।
15
[15-16] पवित्र थोक खाने हक नभएको कुनै मानिसलाई पवित्र भेटीका कुरा खान दिएर पूजाहारीले ती पवित्र थोक अपवित्र गर्नुहुँदैन। त्यसो गर्ने पूजाहारी दोषी हुनेछ र सजाय पाउनेछ। म परमप्रभु हुँ र म ती भेटीहरूलाई पवित्र गर्दछु।”
17
[17-18] हारून, तिनका छोरा र इस्राएलका सबै मानिसहरूलाई यी तलका नियमहरू दिनू भनी परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो, कुनै इस्राएली वा इस्राएलमा बास गर्ने विदेशीले आफ्नो भाकल पूरा गर्नलाई वा राजीखुसीले चढाएको भेटीको रूपमा होमबलि चढाउँछ भने त्यो पशु निष्खोट हुनुपर्छ।
19
ग्रहण गरिनलाई त्यो पशु एउटा निष्खोट साँढे, भेडा वा बोको हुनुपर्छ।
20
खोट भएको पशु चढायो भने परमप्रभुले त्यो ग्रहण गर्नुहुन्न।
21
यदि कसैले आफ्नो भाकल पूरा गर्नलाई वा राजीखुसीले भेटी चढाउनलाई मिलाप-बलि चढाउँछ भने त्यो पशु ग्रहणयोग्य हुनलाई निष्खोट हुनुपर्छ।
22
अन्धा, खोरण्डे, अङ्गभङ्ग भएको वा पीप बहने घाउ वा छालामा खटिरा वा लुतो भएको पशु परमप्रभुलाई नचढाउनू। त्यस्तो कुनै पशु वेदीमा बलि नचढाउनू।
23
राजीखुसीले भेटी चढाउँदा बढ्न नसकेको वा शरीर बेआकार भएको पशु चढाए हुन्छ तर त्यस्तो पशु भाकल पूरा गर्नलाई चढाइएको भेटीको रूपमा ग्रहण हुन सक्दैन।
24
खसी पारेको पशु, जसको राजखानी कुच्याइएको, काटेको, चुर पारेको वा चुँडाइएको छ, त्यस्तो पशु परमप्रभुलाई नचढाउनू। यो तिमीहरूका देशमा मनाही छ।
25
विदेशीबाट लिएको कुनै पशु अन्नबलिको रूपमा नचढाउनू। त्यस्तो पशु खोट ठहरिन्छ र ग्रहणयोग्य हुँदैन।
26
[26-27] जब बाछो, साँढ-भेडा वा बाख्राको पाठो जन्मन्छ, सात दिनसम्म त्यसलाई माऊदेखि नछुट्ट्याउनू तर त्यसपछि त्यो बलिमा ग्रहण गरिन सक्छ।
28
एकै दिनमा गाई र त्यसको बाछो वा साँढ-भेडी र थुमा वा बाख्री र त्यसको पाठा बलि नगर्नू।
29
जब परमप्रभुलाई धन्यवाद बलि चढाउँछौ, त्यो बलि नियमअनुसार गर र तिमी ग्रहण गरिनेछौ।
30
त्यसलाई त्यही दिन खाइहाल्नू र भोलिपल्ट बिहानसम्म नउबार्नू।
31
परमप्रभुले भन्नुभयो, “मेरा आज्ञाहरू पालन गर। म परमप्रभु हुँ।
32
मेरा पवित्र नामको बदनाम नगर। सबै इस्राएलीहरूले मलाई पवित्र भनी ग्रहण गर्नुपर्छ। म परमप्रभु हुँ र तिमीहरूलाई पवित्र गर्दछु।
33
म तिमीहरूका परमेश्वर बनूँ भनी मैले तिमीहरूलाई मिश्रदेशबाट निकाली ल्याएँ। म परमप्रभु हुँ।”
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 23 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27