bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Leviticus 14
Leviticus 14
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 15 →
1
[1-2] कुनै मानिसको डरलाग्दो छालाको रोग निको भएपछि विधिअनुसार त्यसको शुद्धीकरणको निम्ति मान्नुपर्ने यी नियमहरू परमप्रभुले मोशालाई दिनुभयो। जुन दिन त्यसलाई शुद्ध भनी ठहराइनेछ, त्यस दिन त्यसलाई पूजाहारीकहाँ ल्याउनू।
3
पूजाहारीले त्यसलाई छाउनी बाहिर लगेर जाँच गर्नेछ। रोग निको भएको छ भने
4
पूजाहारीले एक जोर विधिअनुसार शुद्ध चरा साथै एक टुक्रा देवदारुको काठ, रातो धागो र एक डाँक्लो हिसप ल्याउन लाओस्।
5
तब पूजाहारीले एउटा चरोलाई मूल फुटेर निस्केको चोखो पानी हालेको माटोको भाँडोमाथि मार्न लाओस्।
6
त्यसपछि अर्को चरो लिएर त्यसलाई देवदारुको काठ, रातो धागो र हिसपसँग त्यस मारिएको चराको रगतमा चोपोस्।
7
उसले छालाको रोगबाट निको भएको मानिसमाथि सातपल्ट रगत छर्कोस् र त्यसलाई शुद्ध ठहराओस्। जिउँदो चरोलाई उसले खुला मैदानमा उडाइदेओस्।
8
त्यस मानिसले आफ्ना लुगा धोओस्, केश खौरोस् र नुहाओस्। त्यसपछि त्यो विधिअनुसार शुद्ध हुनेछ। त्यो छाउनीमा पस्न सक्छ तर सात दिनसम्म आफ्नो पालदेखि बाहिर बस्नुपर्छ।
9
सातौँ दिन त्यसले फेरि केश, दाह्री, आँखीभूइँ र शरीरका सबै रौँहरू खौरोस्, आफ्ना लुगा धोओस् र नुहाओस्। तब त्यो विधिअनुसार शुद्ध हुनेछ।
10
आठौँ दिनमा त्यसले निष्खोट दुईवटा भेडाका पाठा र एउटी एकवर्षे पाठी, जैतुनको तेल मुछेको तीन किलोग्राम पिठो र एक लिटरको तीन भागको एक भाग जैतुनको तेल ल्याओस्।
11
पूजाहारीले त्यो मानिस र ती भेटीहरूलाई परमप्रभुको पवित्र पालको ढोकामा लैजाओस्।
12
पूजाहारीले एउटा भेडाको पाठो लिएर एक लिटरको तीन भागको एक भाग जैतुनको तेलसित दोषबलि चढाओस्। उसले ती कुराहरू विशेष भेटीको रूपमा परमप्रभुलाई पूजाहारीहरूका निम्ति चढाउनेछ।
13
पापबलि र होमबलिका निम्ति चढाइएका पशुहरू मारिने पवित्रस्थानमा त्यस पाठोलाई पूजाहारीले मार्नेछ। उसले यो काम गर्नुपर्छ किनभने पापबलिझैँ दोषबलि पनि पूजाहारीको लागि हो अनि त्यो अति पवित्र छ।
14
पूजाहारीले पाठाको केही रगत लिएर जुन मानिसलाई विधिअनुसार शुद्ध भनी ठहराउनुपर्छ, त्यसका दाहिने कानको लोती र दाहिने हात र खुट्टाका बुढीऔँलाहरूमा लगाइदेओस्।
15
केही जैतुनको तेल पूजाहारीले लिएर आफ्नो देब्रे हातको हत्केलामा खन्याओस्,
16
दाहिने हातको एउटा औँलो त्यो तेलमा चोबेर सातपल्ट त्यहाँ परमप्रभुको अघि तेल छर्कोस्।
17
हत्केलामा बचेको केही तेल र पाठोको केही रगत लिएर उसले जुन मानिसलाई विधिअनुसार शुद्ध भनी ठहराउनुपर्छ, त्यसका दाहिने कानको लोती र दाहिने हात र खुट्टाका बुढी औँलामा लगाइदेओस्।
18
तब हत्केलामा बचेको तेल उसले त्यस मानिसको शिरमा लगाइदेओस्। यस प्रकारले पूजाहारीले शुद्धीकरणको विधि पूरा गर्नेछ।
19
त्यसपछि पूजाहारीले पापबलि चढाएर शुद्धीकरणको विधि पूरा गर्नेछ। तब उसले होमबलि चढाइने पशु मार्नेछ
20
र अन्नबलिसित त्यसलाई वेदीमा चढाउनेछ। यस प्रकारले पूजाहारीले शुद्धीकरणको विधि पूरा गर्नेछ र त्यो मानिस विधिअनुसार शुद्ध हुनेछ।
21
त्यो मानिस दरिद्र छ र त्यसले केही ल्याउन सक्दैन भने त्यसले आफ्नो शुद्धीकरणको लागि परमप्रभुलाई विशेष भेटीको रूपमा पूजाहारीहरूका निम्ति दोषबलि चढाउन एउटा भेडाको पाठो मात्र ल्याओस्। त्यसले अन्नबलिको लागि जैतुनको तेल मुछेको एक किलोग्राम पिठो मात्र र एक लिटरको तीन भागको एक भाग जैतुनको तेल ल्याओस्।
22
त्यसले दुईवटा परेवा कि ढुकुर एउटा पापबलि र अर्को होमबलिको निम्ति ल्याओस्।
23
आफ्नो शुद्धीकरणको आठौँ दिनमा त्यसले ती थोकहरू पूजाहारीकहाँ पवित्र पालको ढोकामा ल्याओस्।
24
पूजाहारीको लागि चढाउने पाठो र जैतुनको तेल लिएर परमप्रभुलाई विशेष भेटीको रूपमा पूजाहारीले चढाओस्।
25
उसले पाठो मारेर त्यसको केही रगत लिई त्यस मानिसको दाहिने कानको लोती र दाहिने हात र खुट्टाको बुढी-औँलामा लगाइदेओस्।
26
पूजाहारीले केही तेल आफ्नो देब्रे हातको हत्केलामा लिएर
27
त्यसमा दाहिने हातको एउटा औँला चोपी परमप्रभुको अघि त्यहाँ सातपल्ट तेल छर्कोस्।
28
त्यस मानिसको शरीरमा जहाँ-जहाँ रगत लगाइएको थियो अर्थात् त्यसको दाहिने कानको लोती र दाहिने हात र खुट्टाका बुढी-औँलाहरूमा पूजाहारीले केही तेल लगाइदेओस्।
29
हत्केलामा उब्रेको अरू तेल उसले त्यस मानिसको शिरमा लगाइदेओस् र त्यसरी शुद्धीकरणको विधि पूरा गरोस्।
30
त्यसपछि उसले परेवा कि ढुकुरबाट
31
एउटा पापबलि र अर्को होमबलि गरी अन्नबलिसित चढाओस्। यस प्रकारले पूजाहारीले शुद्धीकरणको विधि पूरा गर्नेछ।
32
यो नियम त्यस्तो मानिसको लागि हो, जसलाई डरलाग्दो छालाको रोग भएको छ र जसले शुद्धीकरणको निम्ति सबै चाहिने सामान्य भेटीहरू टक्र्याउन सक्दैन।
33
[33-34] घरमा फैलिएर जाने ढुसी लाग्दा मान्न यस्ता नियमहरू परमप्रभुले मोशा र हारूनलाई दिनुभयो (परमप्रभुले तिनीहरूको अधीनमा दिनुहुने कनान देशमा पसेपछि यी नियमहरू इस्राएलीहरूले मान्नुपर्ने हो)।
35
जसले आफ्नो घरमा ढुसी लागेको भेट्टाउँछ, त्यसले गएर त्यसबारे पूजाहारीलाई भनोस्।
36
पूजाहारीले आफू गएर त्यस घरको जाँच गर्नुभन्दा अघि त्यहाँबाट सबै चीजबीज हटाउन लगाओस्, होइन भने त्यस घरमा भएका सबै थोक अशुद्ध ठहराइनुपर्छ। त्यसपछि उसले त्यस घरमा गएर
37
ढुसीको जाँच गरोस्। त्यहाँ हरिया-हरिया अथवा राता-राता दागहरूले घरका भित्ता खाँदैगरेको देखियो भने
38
उसले घरबाट निस्की त्यसलाई सात दिनसम्म ताला लाएर बन्द राखोस्।
39
सातौँ दिन फर्केर आई उसले फेरि त्यस घरको जाँच गरोस्। यदि ढुसी फैलिएको छ भने
40
ढुसी लागेका ढुङ्गाहरू हटाएर सहरबाहिर कुनै अशुद्ध ठाउँमा फ्याँक्न लाओस्।
41
त्यसपछि उसले घरका सबै भित्री देवलहरू खुर्केर सफा गर्न लाओस् र ती माटा-बालुवा सहरबाहिर कुनै अशुद्ध ठाउँमा थुपार्न लाओस्।
42
त्यसपछि हटाइएका ढुङ्गाका सट्टामा अरू ढुङ्गा लाएर भित्ता फेरि लिप-पोत गरोस्।
43
ढुङ्गा हटाएर भित्ता खुर्केर ताजा लिप-पोत गरिसकेपछि पनि त्यस घरमा फेरि ढुसी लागेछ भने
44
पूजाहारीले गएर त्यो हेरोस्। ढुसी फैलिएर बढेको छ भने त्यो घर अशुद्ध भयो।
45
त्यो भत्काइनुपर्छ, त्यसका ढुङ्गा, काठ, लिपपोतका माटा, बालुवा सबै सहरबाहिर लगेर एउटा अशुद्ध ठाउँमा फ्याँक्नुपर्छ।
46
घर तालाले बन्द राखेको बेलामा कोही त्यसभित्र पस्यो भने त्यो साँझसम्म अशुद्ध रहनेछ।
47
त्यस घरभित्र खाना खाने वा सुत्ने मानिसले आफ्ना लुगा धुनुपर्नेछ।
48
पूजाहारीले फेरि हेर्न आउँदा लिप-पोत गरेपछि ढुसी देखा परेको छैन भने उसले त्यस घरलाई विधिअनुसार शुद्ध ठहराउनेछ किनभने ढुसी पूरा हटिसकेको हुन्छ।
49
घर चोख्याउनलाई उसले एक जोर चरा, देवदारुको केही काठ, रातो धागो र एक डाँक्लो हिसप लेओस्।
50
उसले एउटा चरोलाई मूल फुटेर निस्केको चोखो पानी राखेको माटोको भाँडोमाथि मारोस्।
51
त्यसपछि उसले अर्को जिउँदो चरो, देवदारुका काठ, हिसप र रातो धागो मारेको चराको रगतमा र चोखो पानीमा चोबोस् र घरमा सातपल्ट छर्कोस्।
52
यसरी उसले चराको रगत, चोखो पानी, जिउँदो चरो, देवदारुको काठ, हिसप र रातो धागोले त्यस घरलाई चोख्याओस्।
53
त्यसपछि जिउँदो चरालाई सहरबाहिर खुल्ला मैदानमा उडाइदेओस्। यस प्रकारले पूजाहारीले घरलाई शुद्ध गर्ने विधि पूरा गर्नेछ र त्यो विधिअनुसार शुद्ध हुनेछ।
54
यी नियमहरू डरलाग्दो छालाको रोग,
55
[55-56] घाउ-खटिरा, सुजन, लुगा र घरको ढुसीबारे दिइएका हुन्।
57
यी नियमले कुन कुरो केले शुद्ध वा अशुद्ध हुन्छ भनी ठहर्याउँछन्।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27