bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Leviticus 13
Leviticus 13
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 14 →
1
परमप्रभुले मोशा र हारूनलाई यी नियमहरू दिनुभयो,
2
यदि कसैको छालामा घाउ-खटिरा, पिलो वा सुजन भयो भने त्यो रोग पछि बढेर डरलाग्दो छालाको रोग बन्न सक्छ। त्यसलाई हारूनवंशी पूजाहारीकहाँ लैजानू।
3
पूजाहारीले त्यो घाउ वा खटिरा हेर्नेछ र त्यसमाथिका रौँहरू सेता भएका छन् र घाउ वरिपरिका छालाभन्दा गहिरो देखिने भएको छ भने त्यो डरलाग्दो छालाको रोग हो। पूजाहारीले त्यसलाई अशुद्ध भनी ठहराओस्।
4
त्यो घाउ सेतो छ तर चारैतिरका छालाभन्दा गहिरो देखिने भएको छैन र त्यसका रौँहरू सेता भएका छैनन् भने पूजाहारीले त्यसलाई सात दिनसम्म अलग छुट्ट्याएर राखोस्।
5
सातौँ दिनमा पूजाहारीले फेरि त्यसको जाँच गरोस्, घाउ बढेको छैन र अघिको जस्तै देखिन्छ भने त्यसलाई अझ सात दिन अलग छुट्ट्याएर राखोस्।
6
फेरि सातौँ दिनमा पूजाहारीले त्यसको जाँच गरोस् र घाउ सुकेको छ, त्यो बढेको छैन भने त्यसलाई विधिअनुसार शुद्ध भनी ठहराओस्। त्यो एउटा खटिरा मात्र हो। त्यस मानिसले आफ्नो वस्त्र धोओस् र विधिअनुसार शुद्ध हुनेछ।
7
तर पूजाहारीले हेरेर त्यसलाई शुद्ध भनी ठहराएपछि घाउ फैलियो भने त्यो फेरि पूजाहारीकहाँ देखा पर्नुपर्छ।
8
पूजाहारीले फेरि त्यसको जाँच गर्नेछ र घाउ बढेको छ भने त्यसलाई अशुद्ध भनी ठहराउनेछ। त्यो डरलाग्दो छालाको रोग हो।
9
कसैलाई डरलाग्दो छालाको रोग लागेको छ भने त्यो पूजाहारीकहाँ लगिनेछ
10
र पूजाहारीले त्यसको जाँच गर्नेछ। यदि त्यसको छालामा सेतो रङ छ र रौँहरू सेता भएका छन् र घाउ पीपले भरिएको छ भने
11
त्यो पुरानो छालाको रोग हो। पूजाहारीले त्यसलाई अशुद्ध ठहराउनेछ तर अलग छुट्ट्याएर राख्ने प्रयोजन छैन किनभने त्यो अशुद्ध छ भनी स्पष्ट थाहा भएको छ।
12
त्यो छालाको रोग फैलिएर त्यस मानिसको टाउकोदेखि खुट्टैसम्म भरियो भने
13
पूजाहारीले फेरि त्यसको जाँच गरोस्। घाउले सारा शरीर ढाकेको देखियो भने पूजाहारीले त्यस मानिसलाई रीतिअनुसार शुद्ध भनी ठहराओस्। त्यसका सारा छाला सेतो भएको छ भने त्यो विधिअनुसार शुद्ध हुन्छ।
14
तर घाउ फुट्यो भने त्यही समयदेखि त्यो अशुद्ध हुनेछ।
15
पूजाहारीले फेरि त्यसलाई जाँच गर्नेछ र त्यसले घाउ फुटेको देख्यो भने त्यस मानिसलाई अशुद्ध ठहराउनेछ। घाउ फुटेको छ भने त्यसको अर्थ डरलाग्दो छालाको रोग हो र त्यो मानिस अशुद्ध छ।
16
तर जब घाउ ठीक भएर सेतो हुन्छ, त्यो मानिस फेरि पूजाहारीकहाँ जानुपर्नेछ।
17
पूजाहारीले फेरि त्यसको जाँच गर्नेछ। घाउ सेतो भएको छ भने त्यो मानिस विधिअनुसार शुद्ध छ र पूजाहारीले त्यसलाई शुद्ध ठहराओस्।
18
यदि कसैको पिलो थियो र त्यो निको भयो
19
र पछिबाट सेतो भई त्यो पिलो भएको ठाउँ सुन्नियो अथवा त्यहाँ रातो-रातो सेतो दाग देखा पर्यो भने त्यो मानिस पूजाहारीकहाँ जाओस्।
20
पूजाहारीले त्यसलाई जाँच्नेछ र दाग चारैतिरका छालाभन्दा गहिरोमा देखा परेका। त्यसका रौँहरू सेता भएका छन् भने त्यसलाई अशुद्ध ठहराउनेछ। त्यो पिलोमा सुरु भएको डरलाग्दो छालाको रोग हो।
21
तर पूजाहारीले जाँच गर्दा त्यसका रौँहरू सेता भएका छैनन् र दाग वरिपरिको छालाभन्दा गहिरो देखिंदैन तर हल्का रङ्गको छ भने पूजाहारीले त्यसलाई अलग छुट्ट्याएर सात दिनसम्म राखोस्।
22
दाग फैलियो भने पूजाहारीले त्यसलाई अशुद्ध ठहराओस्, त्यसलाई रोग लागेको छ।
23
तर यदि दाग जस्ताको तस्तै छ र बढेको छैन भने त्यो पिलोको दाग मात्र हो अनि पूजाहारीले त्यसलाई विधिअनुसार शुद्ध भनी ठहराओस्।
24
आगोले डढेको कुनै एउटा मानिसको बारेमा चाहिँ; आलो मासु सेतो वा रातो-रातो परेको सेतो छ भने
25
पूजाहारीले त्यसको जाँच गरोस्। त्यस ठाउँका रौँहरू सेता भएका छन् र घाउ चारैतिरका छालाभन्दा गहिरो देखिन्छ भने त्यो जलेको ठाउँमा सुरु भएको डरलाग्दो छालाको रोग हो र पूजाहारीले त्यसलाई अशुद्ध ठहराओस्।
26
तर रौँहरू सेता भएका छैनन् र घाउ चारैतिरका छालाभन्दा गहिरो छैन तर हल्का रङ्गको छ भने पूजाहारीले त्यसलाई सात दिनसम्म अलग छुट्ट्याएर राखोस्।
27
सातौँ दिनमा पूजाहारीले त्यसलाई फेरि जाँच गर्नेछ र त्यो फैलिंदै छ भने त्यो डरलाग्दो छालाको रोग हो र पूजाहारीले त्यसलाई विधिअनुसार अशुद्ध ठहराउनेछ किनभने त्यो डढेको दाग मात्र हो।
28
तर यदि त्यो दाग नफैलिएर एकै ठाउँमा रहेछ र हराउँदै गयो भने र हल्का रङ्गको हुँदैगएको छ भने यो डरलाग्दो छालाको रोग होइन। पूजाहारीले त्यसलाई विधिअनुसार शुद्ध ठहराउनेछन् किनभने त्यो डढेको दाग मात्रै हो।
29
कुनै पुरुष वा स्त्रीको टाउको वा च्यापुमा घाउ छ भने
30
पूजाहारीले त्यसलाई जाँच्नेछ। यदि त्यो चारैतिरका छालाभन्दा गहिरो देखिन्छ र त्यसका रौँहरू पहेँला-पहेँला र पातला छन् भने त्यो डरलाग्दो छालाको रोग हो अनि पूजाहारीले त्यसलाई अशुद्ध भनी ठहराओस्।
31
यदि पूजाहारीले जाँच्दा घाउ चारैतिरका छालाभन्दा गहिरो देखिँदैन भने पूजाहारीले त्यसलाई सात दिनसम्म अलग छुट्ट्याएर राखोस्।
32
सातौँ दिन पूजाहारीले फेरि घाउ जाँच्नेछ र त्यो फैलिएको छैन र चारैतिरका छालाभन्दा गहिरो छैन र त्यसमा पहेँला-पहेँला रौँहरू छैनन् भने
33
त्यस व्यक्तिले घाउको चारैतिरका रौँ खौरोस् र पूजाहारीले त्यसलाई अझै सात दिनसम्म अलग छुट्ट्याएर राखोस्।
34
सातौँ दिन पूजाहारीले फेरि घाउ जाँचोस् र त्यो फैलिएको छैन र चारैतिरका छालाभन्दा गहिरो देखिँदैन भने उसले त्यसलाई विधिअनुसार शुद्ध ठहराओस्। त्यस व्यक्तिले आफ्ना लुगाहरू धुनेछ र त्यो शुद्ध हुनेछ।
35
तर शुद्ध भनी ठहराएपछि घाउ फैलियो भने,
36
पूजाहारीले त्यसलाई फेरि जाँच गर्नेछ। यदि घाउ फैलिएको छ भने उसले पहेँला रौँहरू खोजी हेर्नुपर्दैन, त्यो व्यक्ति अशुद्ध भएको सफासँग बुझिनेछ।
37
तर पूजाहारीको मतअनुसार घाउ फैलिएको छैन अनि रौँहरू राम्रा पलाएका छन् भने घाउ निको भएको छ र पूजाहारीले त्यसलाई विधिअनुसार शुद्ध ठहराओस्।
38
कुनै पुरुष वा स्त्रीका छालामा सेता दागहरू छन् भने
39
पूजाहारीले त्यसको जाँच गर्नेछ। यदि दागहरू धमिला सेता छन् भने त्यो छालामा निस्केको दाग मात्र हो र त्यो व्यक्ति विधिअनुसार शुद्ध छ।
40
[40-41] कुनै मानिसको टाउकाको अघि वा पछिल्तिरको केश झरेका छन् भने त्यसले त्यो मानिस अशुद्ध हुँदैन।
42
तर खुइलेको ठाउँमा रातो-रातो परेको सेतो घाउ देखियो भने त्यो डरलाग्दो छालाको रोग हो।
43
पूजाहारीले त्यसको जाँच गरोस् र त्यस्तो खालको घाउ छ भने,
44
पूजाहारीले त्यसलाई अशुद्ध भनी ठहराओस् किनभने त्यसका टाउकोमा डरलाग्दो छालाको रोग भएको छ।
45
जसलाई डरलाग्दो छालाको रोग छ, त्यसले फाटेको वस्त्र लाओस्, केश नकोरोस्, अनुहारको तल्लो भाग छोपोस् र “अशुद्ध! अशुद्ध!” भनी कराउने गरोस्।
46
त्यस रोगले नछोडेसम्म त्यो अशुद्ध रहनेछ र त्यो छाउनीदेखि बाहिर, अरूहरूदेखि टाढा बस्नुपर्नेछ।
47
यी कपडाहरूमा ढुसी लाग्यो— ऊनी वा सुती कपडा
48
वा त्यस्ता कपडाका टुक्रा वा छाला वा छालाले बनेको कुरा,
49
ढुसीको रङ्ग हरियो वा रातो-रातो छ भने त्यो फैलिने ढुसी हो र त्यो पूजाहारीलाई देखाउनुपर्छ।
50
पूजाहारीले त्यसको जाँच गर्नेछ र त्यसलाई सात दिनसम्म अलग राख्नेछ।
51
सातौँ दिन उसले फेरि त्यसको जाँच गर्नेछ र ढुसी फैलिएको छ भने त्यो कुरो अशुद्ध भएको छ।
52
पूजाहारीले त्यसलाई जलाउनेछ किनभने त्यो फैलँदै जाने ढुसी हो, जसलाई आगोले भस्म गर्नुपर्छ।
53
तर फेरि त्यसरी जाँच गर्दा पूजाहारीले ढुसी त्यस चीजमा अरू बढी नफैलिएको पायो भने
54
उसले त्यसलाई धुन लगाएर अझै सात दिनसम्म अलग्गै राख्नेछ।
55
त्यसपछि उसले त्यो फेरि जाँच्नेछ र ढुसी फैलिएको छैन तर त्यसको रङ्ग पनि बदलिएको छैन भने त्यो अझै अशुद्धै छ। त्यो अघिल्तिर वा पछिल्तिर, जतापट्टि कुहेको होस्, त्यसलाई तिमीहरूले जलाउनुपर्नेछ।
56
तर पूजाहारीले त्यसरी फेरि जाँचेको बेलामा ढुसी उडेको छ भने उसले त्यो ढुसी लागेको कपडा वा छालाको भाग च्याती हटाउनेछ।
57
त्यसपछि पनि ढुसी देखा पर्यो भने त्यो फेरि फैलँदै गएको हो र त्यस चीजका धनीले त्यसलाई जलाइदेओस्।
58
त्यसले त्यस चीजलाई धुँदा दाग हरायो भने त्यसलाई फेरि धोओस् र त्यो विधिअनुसार शुद्ध हुनेछ।
59
सुती वा ऊनी वस्त्रमा वा त्यस्ता कुनै कपडामा वा छालाका वस्तुमा ढुसी लाग्दा शुद्ध वा अशुद्ध ठहराउनलाई पालन गर्नुपर्ने नियमहरू यी नै हुन्।
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27