bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Leviticus 18
Leviticus 18
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 19 →
1
[1-2] परमप्रभुले मोशालाई यी कुराहरू इस्राएलीहरूलाई भन्न लाउनुभयो, “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
3
मिश्रदेश, जहाँ तिमीहरू एक समय बास गर्थ्यौ वा कनान देश, जहाँ म तिमीहरूलाई लैजान्छु, त्यहाँका मानिसहरूका चालमा तिमीहरू नचल्नू।
4
मेरा नियमहरू मान र मैले आज्ञा गरेअनुसार गर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
5
मैले दिएका विधि र नियमहरूको पालन गर, त्यसो गर्यौ भने तिमीहरूले आफ्ना प्राणको रक्षा गर्नेछौ। म परमप्रभु हुँ।”
6
परमप्रभुले यी तलका नियमहरू दिनुभयो, आफ्नो कुटुम्बसित शारीरिक सम्भोग नगर।
7
आफ्नी आमासित सम्भोग गरेर आफ्ना बुबाको अनादर नगर। तिमीहरूले आफ्नै आमाको अनादर गर्नुहुन्न।
8
बुबाका अरू स्वास्नीसित सम्भोग गरेर आफ्ना बुबाको अनादर नगर।
9
आफूसित एउटै घरमा हुर्केकी होस् वा नहोस्, आफ्नी दिदी वा बहिनी वा झट्केली दिदी वा बहिनीसित सम्भोग नगर्नू।
10
आफ्नी नातिनीसित सम्भोग नगर्नू, त्यसमा तेरो आफ्नै बेइज्जती हुन्छ।
11
झट्केली दिदी वा बहिनीसित सम्भोग नगर्नू किनकि तिनी पनि तेरो दिदीबहिनी पर्छिन्।
12
[12-13] आफ्नै बुबाकी बहिनी वा आमाकी बहिनीसित सम्भोग नगर्नू किनकि उनीहरू तेरी फुपू वा सानीआमा हुन्।
14
आफ्नी काकी, ठूलीआमा वा माइजूसित सम्भोग नगर्नू, ती आफ्नै नाता हुन्।
15
आफ्नी छोरी, बुहारी वा
16
भाइ-बुहारीसित सम्भोग नगर्नू।
17
कुनै स्त्रीसित सम्भोग भइसकेको छ भने त्यसकी छोरी वा नातिनीसित सम्भोग नगर्नू, तिनीहरू आफ्ना कुटुम्ब पर्न सक्छन् र त्यो अनुचित सम्भोग हुनेछ।
18
आफ्नी स्वास्नी बाँचुञ्जेल त्यसकी दिदी वा बहिनीलाई सौतामा नल्याउनू।
19
रजस्वला भएकी स्त्रीसित सम्भोग नगर्नू किनभने त्यो त्यस बेला विधिअनुसार अशुद्ध हुन्छे।
20
अर्काकी स्वास्नीसित सम्भोग नगर्नू, त्यसले तँ आफैंलाई विधिअनुसार अशुद्ध पार्दछ।
21
आफ्ना छोरा-छोरीलाई मोलेख देवताका पूजामा चढाउनलाई नदिनू किनभने त्यसबाट परमेश्वर, परमप्रभुको नामको अनादर हुनेछ।
22
पुरुष-पुरुषका बीचमा सम्भोग हुनुहुँदैन, परमेश्वरले त्यस कुरालाई घिनाउनुहुन्छ।
23
कुनै पुरुष वा स्त्रीले पशुसित सम्भोग गर्नुहुँदैन, त्यस कुकामले त्यसलाई विधिअनुसार अशुद्ध पार्दछ।
24
यस्ता कुनै काम गरेर आफैंलाई अशुद्ध नबनाओ किनभने त्यसरी मूर्ति पुज्ने मानिसहरूले आफैंलाई अशुद्ध बनाएका थिए। ती मानिसहरूलाई, जो तिमीहरूको अघि त्यस देशमा बास गर्थे, तिनका देशबाट परमप्रभुले धपाउँदै हुनुहुन्छ र त्यो देशमा तिमीहरू प्रवेश गर्नेछौ।
25
तिनीहरूका कामले त्यस देशलाई अशुद्ध पार्यो र परमप्रभुले त्यसमाथि आफ्नो दण्ड पठाउँदै हुनुहुन्छ र देशले त्यहाँका बासिन्दाहरूलाई त्यहाँबाट धपाउँदै छ।
26
[26-27] तिनीहरूले यी सबै घिनलाग्दा कामहरू गरेर देशलाई अशुद्ध तुल्याए तर तिमीहरूले ती काम नगर्नू। तिमी इस्राएलीहरू र तिम्रा माझमा बास गर्ने विदेशीहरू सबैले परमप्रभुका नियम र आज्ञाहरू मान्नुपर्नेछ।
28
तब त्यो देशले जसरी तिमीहरूभन्दा अघि बसोबास गर्ने त्यहाँका बासिन्दाहरूलाई देश अशुद्ध गरेको कारणले धपाइदिएको थियो, त्यसरी तिमीहरूलाई चाहिँ धपाइदिनेछैन।
29
तिमीहरू जान्दछौ कि जसले यी घिनलाग्दा काम गर्छ, त्यो परमेश्वरको जन ठानिनेछैन।
30
अनि परमप्रभुले भन्नुभयो, “मैले दिएका आज्ञाहरू पालन गर र तिम्रा अघि त्यस देशमा बास गर्ने मानिसहरूका चालमा नचल र त्यस्ता कुनै काम गरेर आफैंलाई अशुद्ध नपार। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27