bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Leviticus 27
Leviticus 27
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 26
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
1
[1-2] परमप्रभुले मोशालाई इस्राएलका मानिसहरूका निम्ति यी नियमहरू दिनुभयो, परमप्रभुसित गरेको विशेष भाकल पूरा गर्न यदि कुनै मानिसलाई अर्पण गरिएको छ भने
3
[3-7] त्यसलाई तोकिएको मोलअनुसार तलका दाम तिरेर छुटकारा दिन सकिन्छ: बीसदेखि साठी वर्षसम्म उमेर पुगेको पुरुषको निम्ति: चाँदीका पचास टुक्रा उमेर पुगेकी स्त्रीको निम्ति: चाँदीका तीस टुक्रा पाँचदेखि बीस वर्षसम्म उमेर भएको पुरुषको निम्ति: चाँदीका बीस टुक्रा ठिटीको निम्ति: चाँदीका दश टुक्रा पाँच वर्षभन्दा कम उमेर भएको बालकको निम्ति: चाँदीका पाँच टुक्रा सानी बालिकाको निम्ति: चाँदीका तीन टुक्रा साठी वर्षभन्दा वृद्ध पुरुषको निम्ति: चाँदीका पन्ध्र टुक्रा साठी वर्षभन्दा वृद्धा स्त्रीको निम्ति: चाँदीका दश टुक्रा।
8
त्यो वाचा बाँध्ने मानिस तोकिएको मोल तिर्न नसक्ने गरीब छ भने त्यसले त्यो व्यक्तिलाई पूजाहारीकहाँ ल्याओस् र पूजाहारीले त्यसले तिर्ने सामर्थ्यअनुसार त्यस व्यक्तिको दाम कम गरिदेओस्।
9
यदि पशुको भाकल गरिएको छ र त्यो पशु परमप्रभुलाई भेटी चढाउनलाई ग्रहणयोग्य छ भने त्यसरी चढाइएको प्रत्येक भेटी पवित्र हुनेछ
10
र भाकल गर्ने मानिसले त्यसको सट्टामा अर्को पशु दिन पाउनेछैन। त्यसले त्यसो गर्यो भने दुवै पशुहरू परमप्रभुका हुनेछन्।
11
तर यदि भाकल गरिएको पशु विधिअनुसार अशुद्ध छ र परमप्रभुलाई भेटी चढाउन ग्रहणयोग्य छैन भने त्यस मानिसले त्यो पशु पूजाहारीकहाँ ल्याओस्।
12
पूजाहारीले त्यस पशुको गुण वा अवगुणअनुसार त्यसको मूल्य तोकिदेओस् र त्यसरी तोकिएको मूल्य पक्का हुनेछ।
13
त्यस मानिसले त्यो पशु किनेर फिर्ता लिन इच्छा गर्छ भने त्यसले पशुको मूल्य र त्यसमाथि पाँचौँ भाग मूल्य थपेर तिर्नुपर्नेछ।
14
कसैले आफ्नो घर परमप्रभुलाई अर्पण गर्छ भने पूजाहारीले घरको राम्रो वा नराम्रो अवस्था बुझेर त्यसको मूल्य तोक्नेछ र तोकिएको मूल्य पक्का हुनेछ।
15
कसैले अर्पण गरिएको घर किनेर फिर्ता लिन चाहन्छ भने त्यसले घरको मूल्य साथै अर्को पाँचौँ भाग बढ्ता मोल तिर्नुपर्नेछ।
16
कुनै मानिसले आफ्ना जमिनको केही हिस्सा परमप्रभुलाई अर्पण गर्छ भने त्यसको मूल्य त्यसमा जति बाली लाउन सकिन्छ त्यस हिसाबअनुसार हरेक बीस किलोग्राम जौको निम्ति चाँदीका दश टुक्राका दरले तोकिओस्।
17
त्यसले जमिन पुनर्स्थापनको वर्षको तुरुन्तै पछि अर्पण गर्छ भने त्यसको पूरा मूल्य तिर्नुपर्नेछ।
18
तर त्योभन्दा पछि जमिन अर्पण गर्छ भने अर्को पुनर्स्थापनको वर्ष आइपुग्न कति बाँकी छ, त्यो हिसाब गरेर, पूजाहारीले त्यस जमिनको मूल्य कम गरेर तोकिदेओस्।
19
त्यसरी अर्पण गर्ने मानिसले त्यो जमिन किनेर फिर्ता लिन चाहन्छ भने त्यसले जमिनको मूल्य र त्यसमाथि अर्को पाँचौँ भाग बढ्ता मोल तिर्नुपर्नेछ।
20
यदि त्यसले जमिन परमप्रभुबाट मूल्य दिएर फिर्ता नलिई अर्कालाई बेचिदिन्छ भने त्यसले त्यो किनेर फिर्ता लिने अधिकार गुमाउनेछ।
21
त्यसपछिको पुनर्स्थापनको वर्ष आउँदा जमिन सदाकालको निम्ति परमप्रभुको निम्ति परमप्रभुको सम्पत्ति हुनेछ र त्यो पूजाहारीले पाउनेछ।
22
कसैले आफूले किनेको जमिन परमप्रभुलाई अर्पण गर्छ भने
23
पूजाहारीले आउँदो प्रायश्चितको वर्ष आउन कति बाँकी छ, त्यो हिसाब गरेर त्यसको मूल्य तोकोस् र त्यही दिन त्यस मानिसले मूल्य चुक्ता गर्नुपर्नेछ। त्यो धन परमप्रभुको हो।
24
पुनर्स्थापनको वर्षमा त्यो जमिन त्यसको खास मालिक वा त्यसका सन्तानलाई फिर्ता दिइनेछ।
25
सबै मूल्य तोकिएको दरले पक्का गरिनेछ।
26
सबैभन्दा पहिले ब्याएको पशु परमप्रभुको भइसकेको हुनेछ। त्यो उहाँलाई स्वेच्छाले चढाएको भेटीको रूपमा कसैले अर्पण गर्न सक्नेछैन। बाछो वा साँढ-भेडाको थुमा वा बाख्राको पाठा परमप्रभुका हुन्,
27
तर अशुद्ध पशुले ब्याएको पहिलो बच्चा त्यसको तोकिएको दाम र अरू पाँचौँ भाग बढ्ता मोल दिएर फिर्ता लिन सकिनेछ। त्यो किनेर फिर्ता लिइएन भने अरू कसैलाई तोकिएको मूल्यमा बिक्री गर्न सक्नेछ।
28
परमप्रभुलाई बिनाशर्त अर्पण गरिएको मानिस वा पशु वा जमिन अर्पण गर्नेले त्यसलाई बिक्री गर्नु वा किनी फिर्ता लिन पाउनेछैन। त्यो सदाकालको निम्ति परमप्रभुको हो।
29
बिनाशर्त अर्पण गरिएको मानिसलाई पनि किनी फिर्ता लिन सकिनेछैन, त्यसलाई मार्नुपर्छ।
30
जमिनबाट उब्जेका अन्न वा फल सबैको दशौँ भाग परमप्रभुको हो।
31
यदि कसैले तीबाट केही किन्न चाहन्छ भने त्यसले त्यसको तोकिएको मूल्य र अरू पाँचौँ भाग मात्र मोल तिर्नुपर्नेछ।
32
दश घरेलु पशुहरूमध्ये एउटाचाहिँ परमप्रभुको हो। पशुहरूको गन्ती लिँदा दशौँ पशु परमप्रभुको निम्ति चुन्नू–
33
पशुधनीले पशुहरूलाई पङ्ति मिलाएर नराखोस् नत्र कमजोरचाहिँ छानिनेछ। अनि पशुधनीले तीमध्ये साट्न पाउनेछैन; त्यसले एउटाको सट्टामा अर्को पशु साट्यो भने दुवै पशुहरू परमप्रभुका हुनेछन् र ती किनी फिर्ता लिन पाइनेछैन।
34
यी आज्ञाहरू परमप्रभुले सीनै पर्वतमा मोशालाई इस्राएलीहरूको निम्ति दिनुभएको हो।
← Chapter 26
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27