bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Leviticus 20
Leviticus 20
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 21 →
1
[1-2] परमप्रभुले इस्राएलीहरूलाई यी कुराहरू भन्नू भनी मोशालाई अराउनुभयो, “तिमीहरूमध्ये कसैले वा तिमीहरूमाझ बस्ने कुनै विदेशीले आफ्नो छोरा वा छोरीलाई मोलेख देवताको पूजामा चढाउनको निम्ति दियो भने त्यसलाई सारा जन-समूहले ढुङ्गाले हिर्काएर मारून्।
3
यदि कसैले आफ्नो एउटा बालक मोलेखलाई दिएर मेरो पवित्र पाल अशुद्ध पार्यो अनि मेरो पवित्र नामको अनादर गर्यो भने म त्यसको विरुद्धमा खडा हुनेछु र त्यसलाई मेरो जन ठान्नेछैनँ।
4
तर जन-समूहले त्यसको काम नदेखेझैँ गर्यो र त्यसलाई मारेन भने
5
त्यो, त्यसको पूरा परिवार र मसित अविश्वासी बनेर मोलेखलाई पुज्ने काममा त्यसलाई साथ दिने सबैजनाका विरुद्धमा म आफैं खडा हुनेछु। तिनीहरूलाई म आफ्ना जन ठान्नेछैनँ।
6
“मृत-आत्मासित सोधपूछ गर्ने मानिसहरूकहाँ सल्लाह लिन जानेलाई म विरोध गर्नेछु र आफ्नो जन भनी ग्रहण गर्नेछैनँ।
7
आफैंलाई पवित्र राख किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
8
मेरा नियमहरू पालन गर किनभने म परमप्रभु हुँ र म तिमीहरूलाई पवित्र बनाउँदछु।”
9
परमप्रभुले यी तलका नियमहरू दिनुभयो, जसले आफ्ना बुबा वा आफ्नी आमालाई सराप्दछ, त्यसलाई मार्नू। आफ्नो मृत्युको लागि त्यो आफैं जिम्मेवार हुन्छ।
10
कुनै इस्राएलीले अर्काकी स्वास्नीसित व्यभिचार गर्यो भने त्यो पुरुष र स्त्री दुवैलाई मार्नू।
11
आफ्नो बुबाका कुनै पनि स्वास्नीसित सम्भोग गर्ने मानिसले बुबाको अनादर गर्छ, त्यो पुरुष र स्त्री दुवै मारिनुपर्छ। आफ्ना मृत्युको लागि ती दुवै आफैं जिम्मावार छन्।
12
कुनै पुरुषले आफ्नी बुहारीसित सम्भोग गर्यो भने ती पुरुष र स्त्री दुवै मारिनुपर्छ। तिनीहरूले अनुचित सहवास गर्छन् र आफ्ना मृत्युको लागि आफैं जिम्मेवार छन्।
13
पुरुष-पुरुषको बीचमा सम्भोग गरे भने तिनीहरूले घिनलाग्दो काम गर्छन् र दुवै मारिनुपर्छ। तिनीहरू आफ्ना मृत्युको लागि आफैं जिम्मेवार छन्।
14
कसैले आमा र छोरी दुवैलाई राख्यो भने तीनै जनालाई तिनीहरूले गरेको लाजमर्दो कामको निम्ति आगोमा जलाएर मारिनुपर्छ, तिमीहरूका बीचमा यस्तो कुरा हुनुहुन्न।
15
कसैले पशुसित सम्भोग गर्यो भने त्यो र पशु दुवै मारिनुपर्छ।
16
कुनै स्त्रीले पशुसित सम्भोग गर्न चेष्टा गरी भने त्यो र पशु दुवै मारिनुपर्छ। आफ्ना मृत्युको लागि तिनीहरू आफैं जिम्मेवार छन्।
17
कोही मानिसले आफ्नै वा झट्केली दिदी वा बहिनीलाई राख्यो भने तिनीहरूलाई सारा जन-समूहको सामुन्ने अपमान गरेर समाजबाट धपाइदिनू। त्यसले आफ्नी दिदी वा बहिनीसित सम्भोग गरेको छ र त्यसको फल भोग्नुपर्छ।
18
मासिक-धर्म हुँदै गरेकी स्त्रीसित कसैले सम्भोग गर्छ भने तिनीहरू दुवैलाई जन-समूहबाट बाहिर निकालिदिनू किनभने तिनीहरूले विधिअनुसार शुद्ध रहने नियम तोड्दछन्।
19
कसैले ठूली आमा, सानी आमा वा फुपूसित सम्भोग गर्यो भने त्यसको फल ती दुवैले भोग्नुपर्छ।
20
कसैले मामा वा काका वा ठूलो बुबाकी स्वास्नीसित सम्भोग गर्यो भने त्यसले तिनीहरूको अनादर गर्छ, त्यो र स्त्री दुवैले दण्ड भोग्नेछन् र तिनीहरू निसन्तान हुनेछन्।
21
कुनै मानिसले दाजु वा भाइकी स्वास्नी राख्यो भने ती दुई निसन्तान मर्नेछन्। त्यसले विधिअनुसार अशुद्ध काम गर्छ र दाजुभाइको अनादर गर्छ।
22
परमप्रभुले भन्नुभयो, “मेरा नियम र आज्ञाहरू सबै पालन गर। त्यसो भए कनान देशमा, जहाँ म तिमीहरूलाई लिई आउँदै छु, तिमीहरूलाई फ्याँकिदिनेछैनँ।
23
त्यस देशमा बास गर्ने मानिसहरूका रीतिविधि तिमीहरूले नसिक्नू। म ती मूर्ति, देवदेवता पुज्नेहरूलाई धपाउँदछु र तिमीहरू त्यस देशमा पस्न सक्नेछौ। तिनीहरूले गरेका दुष्ट चलनले मलाई विरक्त पारिसक्यो।
24
तर मैले यो धनी र मलिलो देश तिमीहरूको सम्पत्तिको निम्ति प्रतिज्ञा गरेको छु, म यो तिमीहरूलाई दिनेछु। म तिमीहरूका परमेश्वर हुँ र मैले तिमीहरूलाई अरू जातिहरूबाट अलग गरेको छु।
25
त्यसकारण तिमीहरूले विधिअनुसार शुद्ध वा अशुद्ध पशु वा पंक्षीहरूलाई ठीक-ठीक गरी छुट्ट्याउनुपर्नेछ। अशुद्ध पशु वा पंक्षी नखानू। मैले तिनीहरूलाई अशुद्ध ठहर्याएको छु र ती खानाले तिमीहरू अशुद्ध हुनेछौ।
26
तिमीहरू पवित्र रहेर मेरा निज जाति हुनेछौ किनभने म परमप्रभु हुँ अनि पवित्र छु। तिमीहरू मेरा निजी प्रजा होओ भनेर मैले तिमीहरूलाई अरू जातिहरूबाट अलग गरेको छु।
27
“जुन पुरुष वा स्त्रीले मृत-आत्माहरूसित सल्लाह लिने काम गर्छ, त्यसलाई ढुङ्गाले हिर्काएर मार्नू, आफ्नो मृत्युको लागि त्यो आफैं जिम्मेवार हुन्छ।”
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27