bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Samuel 1
1 Samuel 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 2 →
1
रामतैमबाट आएका एक जना मानिस थिए। तिनी एक सूपी तथा एफ्राइमको पहाड़ी देशका थिए। तिनको नाउँ एल्काना थियो। तिनी एफ्राइमी थिए, अनि तिनी यरोहामका छोरा, एलीहूका नाति, तोहूका पनाति र सूपका जनाति थिए।
2
हन्नाह र पनिन्नाह नाउँका तिनका दुई पत्नी थिए। पनिन्नाहका छोराछोरीहरू थिए, तर हन्नाह निस्सन्तान थिइन्।
3
एल्काना वर्षेनी शीलोमा सर्वशक्तिमान् परमप्रभुको आराधना गर्न र बलिदान चढ़ाउन आफ्नो सहरबाट उक्लेर जाने गर्थे। त्यहाँ एलीका दुई छोरा, होप्नी र पीनहास परमप्रभुका पूजाहारीहरू थिए।
4
बलिदान चढ़ाएको दिन एल्कानाले आफ्नी पत्नी पनिन्नाह र यिनका सबै छोराछोरीहरूलाई भेटीको भाग दिन्थे,
5
तर हन्नाहलाई दोबर भाग दिन्थे, किनभने एल्कानाले तिनलाई प्रेम गरे, र परमप्रभुले तिनको गर्भ रोक्नुभएको थियो।
6
तिनका छोराछोरी नभएका हुनाले हन्नाहकी सौताले तिनलाई दु:ख दिने र खसालेर कुरा गर्ने गर्थिन्।
7
साल-सालै यस्तो हुन्थ्यो। जब हन्नाह परमप्रभुको भवनमा जान्थिन्, तिनकी सौताले तिनलाई रुवाएर नखाने बनाउन्जेल इख्याउँथिन्।
8
तिनका पति एल्कानाले तिनलाई भन्थे, “हन्नाह, तिमी किन रोइरहेकीछ्यौ र केही पनि खाँदिनौ? तिमी किन यति दु:खित छ्यौ? के म तिम्रो निम्ति दश जना छोराहरूभन्दा पनि बढ्ता छैनँ र?”
9
एक पल्ट शीलोमा तिनीहरूले खानपान गरिसकेपछि हन्नाह उठिन्। त्यस बेला पूजाहारी एली परमप्रभुका मन्दिरको ढोकाको छेउमा आफ्नो आसनमा बसिरहेका थिए।
10
हन्नाहले मनमा ठूलो पीरसहित रोएर परमप्रभुसित प्रार्थना चढ़ाइन्।
11
हन्नाहले यी कुरा भनेर भाकल गरिन्, “हे सर्वशक्तिमान् परमप्रभु, यदि तपाईंले मेरो दु:ख बुझेर ममाथि कृपा-दृष्टि गर्नुभयो र मलाई सम्झनुभयो, अनि यदि तपाईंले मलाई भुल्नुभएन, र एउटा बालक दिनुभयो भने, म त्यस बालकलाई त्यसको जीवनपर्यन्त परमप्रभुमा समर्पण गर्नेछु, र त्यसको कपालमा कहिल्यै छुरा लाग्नेछैन।”
12
तिनले धेरै बेरसम्म परमप्रभुको सामु प्रार्थना गरिन्। एलीले तिनका ओठ चलेका देखे।
13
हन्नाह मनमनै प्रार्थना गरिरहेकी थिइन्, अनि तिनका ओठ चले तापनि सोरचाहिँ सुनिँदैनथ्यो। एलीले तिनी मातेकी स्त्री हो भनी ठाने।
14
अनि उनले तिनलाई भने, “तिमी कहिलेसम्म यस नशामा रहन्छ्यौ? मद्य त्यागिदेऊ।”
15
तिनले जवाफ दिइन्, “यस्तो होइन, मेरा प्रभु!” म ठूलो पीरमा परेकी स्त्री हुँ। मैले कुनै मद्य पिएकी छैनँ। म त परमप्रभुको सामु मेरो मनको दु:ख पोखिरहिछु।
16
हजूर, मलाई यस्तो नीच नठान्नुहोला। मेरो दु:ख र कष्ट ज्यादा भएको कारण म प्रार्थना गरिरहिछु।”
17
एलीले भने, “शान्तिसित जाऊ, अनि इस्राएलका परमेश्वरले तिमीले उहाँसित मागेका कुरा तिमीलाई देऊन्।”
18
हन्नाहले भनिन्, “म तपाईंको दयाको योग्य हुन सकूँ।” त्यसपछि तिनी गइन् र केही खानेकुरा खाइन्, अनि तिनी फेरि उदास भइनन्।
19
भोलिपल्ट तिनीहरू बिहानै उठे, र परमप्रभुलाई दण्डवत् गरेर आफ्नो घर रामामा फर्के। आफ्नी पत्नी हन्नाहसित एल्कानाको सहवास भयो, र परमप्रभुले हन्नाहलाई सम्झनुभयो।
20
हन्नाह गर्भवती भइन्, र बेला पुगेपछि तिनले एक जना छोरो जन्माइन्। तिनले त्यसको नाउँ शमूएल राखिन्, किनभने “मैले त्यसलाई परमप्रभुसँग मागेकी हुँ” भनी तिनी भन्थिन्।
21
जब वार्षिक बलिदान चढ़ाउन र आफूले गरेको भाकल पूरा गर्नलाई एल्काना आफ्ना जम्मै परिवारसँग माथि उक्लेर गए,
22
हन्नाह तिनीहरूसँग गइनन्। तिनले आफ्नो पतिलाई भनिन्, “जब बालकले दूध खान छोड्छ तब त्यसलाई लिएर परमप्रभुको उपस्थितिमा त्यसलाई हाजिर गराउनलाई म जानेछु, र त्यो सधैँभरि नै त्यहीँ रहनेछ।”
23
तिनकी पति एल्कानाले तिनलाई भने, “तिमीलाई जे असल लाग्छ त्यही गर।” “त्यसले दूध नछोड़ेसम्म घरमै बस। केवल परमप्रभुले आफ्नो वचन पूरा गरून्।” यसैले ती स्त्री घरैमा बसिन्, र दूध नछोड़ेसम्म त्यस बालकलाई हुर्काइन्।
24
जब तिनले दूध छोड़ाइन् तब तिनले त्यसलाई आफूसित लगिन्। तिनले आफ्नो साथमा एउटा तीन वर्षे साँढ़े, पाँच पाथी पीठो र एक मशक दाखमद्य लिएर त्यो बालक सानै भए तापनि त्यसलाई शीलोमा परमप्रभुको भवनमा ल्याइन्।
25
उनीहरूले त्यस साँढ़ेलाई मारेर त्यस ठिटालाई एलीकहाँ ल्याए।
26
हन्नाहले उनलाई भनिन्, “हजूर, तपाईंको जीवनको शपथ खाएर म भन्दछु कि म त्यही स्त्री हुँ, जो परमप्रभुसँग प्रार्थना गर्दै तपाईंको छेउमा यहाँ उभिएकी थिई।
27
यही बालकको निम्ति मैले प्रार्थना गरेकी थिएँ, अनि मैले मागेको बालक परमप्रभुले मलाई दिनुभयो।
28
अब यसलाई परमप्रभुकहाँ नै म अर्पण गर्दछु। त्यसको जीवनभरि नै त्यो परमप्रभुमा अर्पण गरिएको हुनेछ।” अनि तिनीहरूले त्यहाँ परमप्रभुको आराधना गरे।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31