bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Samuel 11
1 Samuel 11
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 12 →
1
अम्मोनी नाहाशले याबेश-गिलादलाई आक्रमण गरेर त्यसलाई घेरे। याबेशका मानिसहरूले नाहाशलाई भने, “हामीसँग सन्धि गर्नुहोस्, र हामी तपाईंका प्रजा हुनेछौं।”
2
तर नाहाशले तिनीहरूलाई जवाफ दिए, “एउटै शर्तमा मात्र म तिमीहरूसँग सन्धि गर्नेछु। म तिमीहरूमध्ये हरेक मानिसको दाहिने आँखा निकालिदिनेछु, र त्यसले इस्राएलको बेइज्जत हुनेछ।”
3
तब याबेश-गिलादका धर्म-गुरुहरूले भने, “इस्राएलभरि समाचार पठाउनलाई हामीलाई सात दिनको म्याद दिनुहोस्, अनि त्यसपछि हामीलाई कसैले पनि मुक्त गरेनन् भने हामी तपाईंकहाँ आत्मसमर्पण गर्नेछौं।”
4
जब समाचार ल्याउनेहरू शाऊलको गिबामा आएर आफ्नो समाचार दिए, तब सबै मानिसहरू विलाप गर्न लागे।
5
त्यसै बेला शाऊल खेतबाट गोरु धपाउँदै आइरहेका थिए, र “मानिसहरूलाई के भयो? किन विलाप गरिरहेका छन्?” भनी उनले सोधे। अनि याबेश-गिलादका मानिसहरूले भनेका कुरा तिनीहरूले दोहोर्याएर उनलाई भनिदिए।
6
शाऊलले यो कुरा सुन्दा, परमप्रभुका आत्मा शक्तिसित उनीमाथि आउनुभयो, र उनी रीसले जले।
7
तब उनले एक जोड़ा गोरु लिएर ती टुक्रा-टुक्रा गरी काटे, र समाचार दिने मानिसहरूलाई ती टुक्रा दिएर इस्राएलका सबैतिर यसो भनी पठाए, “जो मानिस युद्धको निम्ति शाऊल र शमूएलको पछि आउँदैन त्यसका गोरुहरूको पनि यही दशा हुनेछ।” तब मानिसहरूमा परमप्रभुको भय छायो, र तिनीहरू एउटै मानिसजस्ता भई निस्केर आए।
8
शाऊलले तिनीहरूलाई लड़ाइँको निम्ति बेजेकमा भेला गरे। त्यहाँ इस्राएलका मानिसहरू तीन लाख र यहूदाका तीस हजार थिए।
9
तिनीहरूले समाचार ल्याउने मानिसहरूलाई भने, “याबेश-गिलादका मानिसहरूलाई यसो भन, ‘भोलि मध्याह्नभित्रै तिमीहरूको उद्धार हुनेछ’।” याबेश-गिलादका मानिसहरूले जब समाचार ल्याउनेहरूको खबर सुने तब साहस गरे।
10
तिनीहरूले अम्मोनीलाई भने, “भोलि हामी तपाईंकहाँ आत्मसमर्पण गर्नेछौं, र तपाईंलाई जे ठीक लाग्छ हामीसँग गर्नुहोस्।”
11
भोलिपल्ट शाऊलले आफ्ना मानिसहरूका तीन दल बनाए। बिहानीपख तिनीहरू अम्मोनीहरूको छाउनीभित्र पसे र मध्याह्नसम्म उनीहरूको संहार गरे। त्यसपछि बाँचेकाहरू दुई जना एकसाथ नहुने गरी तितरबितर भए।
12
तब मानिसहरूले शमूएललाई भने, “शाऊलले हामीमाथि राज्य नगरोस् भन्ने को हो? उनीहरूलाई मार्नलाई हाम्रा हातमा सुम्पिदिनुहोस्।”
13
तर शाऊलले भने, “होइन, परमप्रभुले इस्राएलमा यस्तो विजय गराउनुभएको दिनमा कोही पनि मारिनेछैन।”
14
तब शमूएलले मानिसहरूलाई भने, “हामी गिलगालमा गएर त्यहाँ यस राजसत्ताप्रति हाम्रो भक्ति फेरि पनि स्वीकार गरौं।”
15
यसैले तिनीहरू सबै गिलगालमा गएर परमप्रभुको सामु मेलबलि चढ़ाएर परमप्रभुकै उपस्थितिमा शाऊललाई राजा घोषणा गरे। शाऊल र सबै इस्राएलीहरूले ठूलो हर्षमा त्यो उत्सव मनाए।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31