bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Samuel 10
1 Samuel 10
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 11 →
1
शमूएलले एक ढुँग्रो तेल लिएर शाऊलको शिरमा खन्याइदिए, अनि उनलाई चुम्बन गरेर भने, “परमप्रभुले तपाईंलाई आफ्नो प्रजा इस्राएलमाथि राजा अभिषेक गर्नुभएको छ।
2
आज जब तपाईं मसित बिदा भएर जानुहुन्छ, तब तपाईंले बेन्यामीनको सिमानामा भएको राहेलको चिहाननेर सेल्सहमा दुई जना मानिस भेट्टाउनुहुनेछ। तिनीहरूले तपाईंलाई यसो भन्नेछन्, ‘तपाईंले खोजिरहनुभएका गधाहरू फेला परे। अनि तपाईंका पिताले तिनका निम्ति फिक्री गर्न छोड़ेर तपाईंको निम्ति सुर्ता गरी “अब मेरो छोराको लागि म के गरूँ?” भनी बारम्बार भन्दैहुनुहुन्छ’।
3
“त्यहाँबाट तबोरको ठूलो रूखसम्म पुग्दा त्यहाँ बेथेलमा परमेश्वरको आराधना गर्न गइरहेका तीन जना मानिसले तपाईंलाई भेट्टाउनेछन्। तीमध्येको पहिलाले तीन वटा पाठा, दोस्राले तीन वटा रोटी र तेस्राले एक मशक दाखमद्य बोकेर लगिरहेका हुनेछन्।
4
तिनीहरूले तपाईंलाई अभिवादन गर्नेछन् र दुई वटा रोटी दिनेछन्। ती तपाईंले लिनुहुनेछ।
5
“यसपछि तपाईं परमेश्वरको गिबा जानुहुनेछ, जहाँ पलिश्तीहरूको चौकी छ। जसै तपाईं सहरको नजिक पुग्नु हुनेछ, तपाईंले डाँड़ाको थानबाट ओर्लिरहेका अगमवक्ताहरूको एक दल अगिअगि खैँजड़ी, बाँसुरी र वीणा बजाउँदैआइरहेको भेट्टाउनुहुनेछ, अनि तिनीहरूले अगमवाणी बोलीरहेका हुनेछन्।
6
तब परमप्रभुका आत्मा शक्तिसित तपाईंमा उत्रनुहुनेछ, र तपाईं पनि तिनीहरूसित अगमवाणी बोल्नुहुनेछ, अनि तपाईं अर्कै मानिसमा बद्लिनुहुनेछ।
7
जब यी चिन्हहरू पूरा हुनेछन् तब समयानुकूल काम गर्नुहोस्, किनकि परमेश्वर तपाईंसँग हुनुहुनेछ।
8
“तपाईं मेरो अगि गिलगालमा झर्नुहोस्, र म होमबलि र मेलबलि चढ़ाउनलाई तपाईंकहाँ आउनेछु। तर म तपाईंकहाँ नआउञ्जेल तपाईं सात दिनसम्म पर्खनुपर्नेछ। तब म आएर तपाईंले के गर्नुपर्नेछ सो बताइदिनेछु।”
9
जब बिदा हुन शाऊल शमूएलबाट फर्के तब परमेश्वरले उनको मन नयाँ तुल्याइदिनुभयो। त्यही दिन यी सबै चिन्ह पूरा भए।
10
जब उनीहरू गिबामा पुगे तब अगमवक्ताहरूको एक दल उनलाई भेट्नलाई आइरहेको थियो, अनि परमेश्वरका आत्मा तुरुन्तै उनमा शक्तिसित आउनुभयो, र उनी पनि तिनीहरूको अगमवाणीमा सरिक भए।
11
जब उनलाई अघि चिन्ने मानिसहरूले उनलाई अगमवक्ताहरूजस्तै अगमवाणी बोलिरहेका देखे, तब तिनीहरू एउटाले अर्कालाई भन्न लागे, “कीशका छोरालाई यो के भएको हो? के शाऊल पनि अगमवक्ताकै दलमा छन्?”
12
त्यस ठाउँको एक जना मानिसले भन्यो, “तिनीहरूका पिता को हुन्?” यसैकारण यो उखान चल्न लाग्यो: “के शाऊल पनि अगमवक्ताकै दलका हुन्?”
13
शाऊलले अगमवाणी बोल्न छोड़ेपछि उनी डाँड़ाको थानमा गए।
14
शाऊलका काकाले उनलाई र त्यस नोकरलाई भने, “तिमीहरू कहाँ गएका थियौ?” शाऊलले जवाफ दिए, “गधाहरू खोज्न गएका थियौं। जब हामीले भेट्टाउन सकेनौं तब हामी शमूएलकहाँ गयौं।”
15
उनका काकाले भने, “शमूएलले के भने? मलाई बताऊ।”
16
शाऊलले भने, “गधाहरू फेला परे भन्ने कुरा तिनले हामीलाई बताए।” तर उनी राजा भएका छन् भनी शमूएलले भनेका कुरा उनले बताएनन्।
17
यसै बीचमा शमूएलले इस्राएलीहरूलाई मिस्पामा परमप्रभुकहाँ भेला हुनलाई बोलाए,
18
र तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘मैले इस्राएललाई मिश्रदेशबाट निकालेर ल्याएँ। तिमीहरूलाई सताउने मिश्रीहरू र सबै राज्यहरूबाट मैले तिमीहरूलाई मुक्त गरें।
19
तर तिमीहरूका सबै दु:ख र कष्टदेखि बचाउनुहुने आफ्ना परमेश्वरलाई तिमीहरूले आजको दिन इन्कार गर्यौ। तिमीहरूले यसो भन्यौ, ‘होइन, हामीमाथि एक जना राजा नियुक्त गर्नुहोस्।’ यसकारण अब परमप्रभुको सामुन्ने कुल-कुल र वंश-वंश गरी आ-आफ्नै स्थानमा जम्मा होओ।”
20
तब शमूएलले इस्राएलका सबै कुललाई हाजिर गराए, र गोला हाल्दा बेन्यामीनको कुल चुनियो।
21
तब तिनले बेन्यामीनको कुलका वंश-वंश गरी हाजिर गराए, अनि मत्रीको वंश चुनियो। अन्त्यमा कीशका छोरा शाऊल चुनिए। तर जब मानिसहरूले उनलाई खोजे तब उनलाई भेट्टाउन सकेनन्।
22
फेरि तिनीहरूले परमप्रभुलाई सोधे, “के त्यो मानिस यहाँ छ?” परमप्रभुले जवाफ दिनुभयो, “त्यो त्यहाँ सामानहरूका बीचमा लुकिरहेको छ।”
23
तिनीहरू दौड़ेर गई उनलाई लिएर आए, अनि जब उनी मानिसहरूका बीचमा उभिए तब सबै मानिस उनको कुमभन्दा होचा थिए।
24
शमूएलले मानिसहरूलाई भने, “परमप्रभुले चुन्नुभएको मानिसलाई हेर। यस जम्मै जातिमा उनीजस्तै अरू कोही छैन।” तब ती मानिसहरूले नारा लगाएर कराए, “राजा दीर्घायु होऊन्।”
25
तब शमूएलले मानिसहरूलाई राजाका कामकाजको विषयमा बताइदिए, र तिनले त्यो एउटा कागतमा लेखेर परमप्रभुको सामुन्ने राखिदिए। त्यसपछि तिनले मानिसहरूलाई आ-आफ्नो घर जान बिदा गरे।
26
शाऊल पनि गिबामा आफ्नो घरमा गए, अनि केही योद्धाहरू जसले परमेश्वरद्वारा प्रेरणा पाएका थिए उनीसँग गए।
27
तर त्यहाँ कति जना बदमाशहरू पनि थिए, जसले भने, “यस मानिसले हामीलाई कसरी मुक्त गराउन सक्ला र?” उनीहरूले शाऊलको केही वास्ता गरेनन्, र उनको निम्ति केही सौगात पनि ल्याएनन्। तर शाऊलले केही भनेनन्।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31