bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Samuel 17
1 Samuel 17
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 18 →
1
पलिश्तीहरूले युद्धको निम्ति आफ्नो फौज जम्मा गरे, र यहूदाको सोकोमा भेला भए। उनीहरूले सोको र आजेकाको बीचको एपेस-दम्मीममा छाउनी हाले।
2
शाऊल र इस्राएलीहरू पनि भेला भएर एलाहको बेँसीमा छाउनी हाले। तिनीहरूले पलिश्तीहरूका सामु पङ्क्ति बाँधे।
3
पलिश्तीहरू एउटा डाँड़ामा र इस्राएलीहरू अर्को डाँड़ामा ठाउँ ओगटेर बसे, तिनीहरूका बीचमा एउटा बेँसी थियो।
4
पलिश्तीहरूको छाउनीबाट गातको गोल्यत नाउँको एक जना वीर निस्केर आयो। त्यो तीन मिटरभन्दा अल्गो थियो।
5
त्यसको शिरमा काँसाको टोप थियो, र साठी किलो ओजन भएको काँसाको झिलम त्यसले लगाएको थियो।
6
त्यसका खुट्टामा काँसाका झिलम थिए, र त्यसका हतियारहरूमध्ये एउटाचाहिँ काँसाको बर्छा ढाड़मा त्यसले बोक्यो।
7
त्यसको भालाको लट्ठी कपड़ा बुन्ने जुलाहाको डन्डाजत्रो थियो, र भालाको टुप्पा, जो फलामको थियो, त्यसको ओजन सात किलो थियो। त्यसको ढाल बोक्ने त्यसको अगिअगि हिँड्थ्यो।
8
गोल्यत खड़ा भयो र इस्राएलको फौजलाई भन्यो, “तिमीहरू किन लड़ाइँ गर्नलाई आउँछौ? म पलिश्ती हुँ। के तिमीहरू शाऊलका सेवक होइनौ? मसँग लड्नलाई तिमीहरूको मानिस चुन।
9
यदि एकलै लड़ेर त्यसले मलाई मार्न सक्यो भने हामी तिमीहरूका कमारा हुनेछौं। तर यदि मैले त्यसलाई जितेर मारें भने तिमीहरूले हाम्रा कमारा भएर हाम्रो सेवा गर्नुपर्नेछ।
10
तब त्यस पलिश्तीले भन्यो, “आजको दिन म इस्राएलको फौजलाई तुच्छ गन्छु। एक जना मानिस पठाओ, र हामी लड़ौं।”
11
जब शाऊल र इस्राएलीहरूले त्यस पलिश्तीले भनेको कुरा सुने तब तिनीहरू आत्तिए, र साह्रै खिन्न भए।
12
अब दाऊद यिशै भन्ने एप्रातीका छोरा थिए, जो यहूदाको बेथलेहेमका थिए। यिशैका आठ भाइ छोराहरू थिए। शाऊलको पालोमा तिनी कमजोर र वृद्ध भइसकेका थिए।
13
तिनका जेठा, माहिला र साहिँला छोराहरूचाहिँ युद्धमा शाऊलको पछि लागेका थिए। जेठा एलीआब, माहिला अबीनादाब र साहिँला शम्मा थिए।
14
दाऊदचाहिँ कान्छा थिए। ती पहिला तीन युवकहरू शाऊलको पछि लागेका थिए,
15
तर त्यस बेला दाऊद शाऊलको छाउनी र बेथलेहेममा आफ्ना पिताका भेड़ाको हेरचाह गर्नलाई आउने-जाने गर्थे।
16
त्यो पलिश्ती बिहान र बेलुकी चालीस दिनसम्म अगि आएर आफ्नो नियत स्थानमा खड़ा हुन्थ्यो।
17
एक दिन यिशैले आफ्ना छोरा दाऊदलाई भने, “तिम्रा दाजुहरूका लागि यो पाँच पाथी चिउरा र यी दश वटा रोटी लिएर चाँड़ो तिनीहरूको छाउनीमा जाऊ।
18
यी दश वटा पनीरचाहिँ तिमीले सहस्रपतिको निम्ति लैजाऊ। तिम्रा दाजुहरू कुशलै छन् कि छैनन् हेर, र तिनीहरूबाट केही आश्वासन लिएर आऊ।
19
तिनीहरू शाऊल र इस्राएलका सबै मानिसहरूसित एलाहको बेँसीमा पलिश्तीहरूका विरुद्धमा युद्ध गर्दैछन्।”
20
भोलिपल्ट बिहानै दाऊदले भेड़ाहरू कसैको हेरचाहमा छोड़ेर यिशैले अह्राएअनुसार आफ्नो काममा हिँड़े। सेना युद्ध-ध्वनि लगाउँदै आ-आफ्नो स्थान लिइरहेको बेलामा तिनी छाउनीमा पुगे।
21
इस्राएलीहरू र पलिश्तीहरूले एक-अर्काको सामुन्ने पङ्क्ति बाँधिरहेका थिए।
22
सामान राख्नेको जिम्मामा आफ्नो सामान दिएर पङ्क्ति बाँधेको ठाउँमा दाऊद कुदेर गए र दाजुहरूलाई ढोग गरे।
23
जब दाऊद तिनीहरूसँग कुरा गरिरहेका थिए, तब गातको त्यो पलिश्ती वीर गोल्यत आफ्नो फौजदेखि बाहिर निस्केर अघिझैँ हाँक दिन लाग्यो। अनि त्यसले भनेको कुरा दाऊदले सुने।
24
जब इस्राएलीहरूले त्यस मानिसलाई देखे, तब तिनीहरू ठूलो डरले भागे।
25
तिनीहरूले भने, “हेर त, यो मानिस दिनैपिच्छे आएर इस्राएललाई धम्की दिन्छ। त्यसलाई मार्ने मानिसलाई राजाले प्रचुर इनाम दिनुहुनेछ, आफ्नी छोरी पनि त्यससँग विवाह गरिदिनुहुनेछ अनि त्यसको घरानालाई इस्राएलमा अनिवार्य करबाट मुक्त गरिदिनुहुनेछ।”
26
दाऊदले छेउछाउका मानिसहरूतिर फर्केर भने, “यस पलिश्तीलाई मार्ने र इस्राएलको अपमान हटाउने मानिसलाई के गरिदिने त? जीवित परमेश्वरको सेनालाई तुच्छ भन्ने त्यो खतना नभएको पलिश्तीचाहिँ को हो र?”
27
त्यसलाई मार्ने मानिसलाई के गरिनेछ भनी मानिसहरूले दाऊदलाई दोहोर्याएर बताए।
28
मानिसहरूसँग दाऊद कुरा गरिरहेका तिनका जेठा दाजु एलीआबले सुने, र उनी रीसले चूर भए। उनले दाऊदलाई यसो भनेर सोधे, “तँ यहाँ के गरिरहेछस्? वनमा भएका ती अलिकता भेड़ाहरू हेर्न तैंले कसलाई जिम्मा दिएर आइस्? म तँलाई चिन्दछु, घमण्डी र दुष्ट हृदय भएको। तँ लड़ाइँ हेर्नलाई मात्र आएको होस्!”
29
दाऊदले भने “मैले अहिले के गरेको छु र? मैले बोल्नु पनि नहुने?”
30
उनीबाट एकातिर लागेर तिनी मानिसहरूकहाँ गए, र त्यही प्रश्न दोहोर्याए, र सबैले तिनलाई त्यही जवाफ दिए।
31
दाऊदले भनेको कुरा अरूहरूका कानमा पुग्यो, र त्यो कुरा शाऊलकहाँ पुर्याइयो, अनि उनले तिनलाई बोलाए।
32
दाऊदले शाऊललाई भने, “त्यस पलिश्तीको कारण कोही पनि हताश नहोऊन्। म गएर त्यस पलिश्तीसँग लड्नेछु।”
33
शाऊलले जवाफ दिए, “तिमी गएर त्यस पलिश्तीसँग लड्न सक्नेछैनौ। तिमी त ठिटा मात्र छौ, र त्योचाहिँ जीवनभरि नै लड़ाइँ गर्दैआएको छ।”
34
तर दाऊदले शाऊललाई भने, “हजूर, म मेरा पिताका भेड़ाहरूको हेरचाह गर्दैआएको छु। जब सिंह अथवा भालूले आएर बगालबाट भेड़ा बोकेर लैजान्थ्यो,
35
तब म त्यसको पछि गई त्यसलाई आक्रमण गरेर त्यसको मुखबाट त्यस शिकारलाई छुटाउँथे। यदि मलाई आक्रमण गर्नलाई त्यो फर्क्यो भने म त्यसको रौँ समातेर कुटी-कुटी त्यसलाई मार्थें।
36
मैले सिंह र भालू दुवैलाई मारेको छु। यस बेखतनाको पलिश्तीको दशा तिनीहरूकोभन्दा असल हुनेछैन, किनकि त्यसले जीवित परमेश्वरको सेनालाई विरोध गरेको छ।
37
सिंह र भालूदेखि बचाउनुहुने परमप्रभुले यस पलिश्तीको हातदेखि पनि मलाई बचाउनुहुनेछ।” शाऊलले भने, “त्यसो भए जाऊ, र परमप्रभु तिमीसँग होऊन्।”
38
तब शाऊलले दाऊदलाई आफ्नै लबेदा पहिराइदिए, अनि झिलम लगाएर उनले काँसाको टोप तिनको शिरमा लगाइदिए।
39
त्यसपछि दाऊदले आफ्नो तरवार झिलममाथि कसिदिए। तर तिनी अनकनाए, किनभने तिनको ती लगाउने बानी थिएन। तिनले शाऊललाई भने, “यी लगाएर म जान सक्दिनँ, किनभने यी लगाउने मेरो बानी छैन।” तब तिनले ती फुकाले।
40
त्यसपछि तिनले आफ्नो लट्ठी उठाए, र खोलाबाट पाँच वटा चिल्ला-चिल्ला ढुङ्गा छाने, र ती आफ्नो गोठालाको झोलाभित्रको थैलीमा हाले। तब तिनी आफ्नो घुयेँत्रो लिएर त्यस पलिश्तीसँग लड्नलाई गए।
41
आफ्ना हतियार बोक्नेलाई अगि लगाएर त्यो पलिश्ती दाऊद भएतिर बढ़्यो।
42
त्यसले दाऊदलाई नियालेर हेर्यो, र राता-राता गाला भएका सुन्दर ठिटालाई देखेर तिनलाई घृणा गर्न लाग्यो।
43
त्यसले दाऊदलाई भन्यो, “के म कुकुर हुँ, र लाठाहरू लिएर मसँग लड्न आउँछस्?” त्यसले आफ्ना देवताहरूका नाउँमा दाऊदलाई सराप्न लाग्यो।
44
त्यसले भन्यो, “आइज, म तेरो मासु आकाशका चराहरू र जमिनका जनावरहरूलाई खान दिनेछु।”
45
दाऊदले जवाफ दिए, “तँ त मसँग लड्न तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तँसँग लड्न तैंले विरोध गरेको इस्राएलका फौजहरूका परमेश्वर, सर्वशक्तिमान् परमप्रभुको नाउँमा आएको छु।
46
आजको दिन परमप्रभुले तँलाई मेरो हातमा सुम्पिदिनुहुनेछ, र म तँलाई मारेर तेरो टाउको काट्नेछु। आज पलिश्तीहरूका लाश आकाशका चरा र जमिनका जनावरहरूलाई खुवाउनेछु, र इस्राएलमा एउटा परमेश्वर हुनुहुँदोरहेछ भनी सारा संसारले थाहा पाउनेछ।
47
यहाँ भेला भएका सबैले जान्नेछन् कि परमप्रभुले न त तरवार न भालाद्वारा बचाउनुहुन्छ। किनभने लड़ाइँ परमप्रभुकै हो, र उहाँले तिमीहरू सबैलाई हाम्रा हातमा सुम्पिदिनुहुनेछ।”
48
जब त्यो पलिश्ती तिनी भएतिर बढ्न लाग्यो तब दाऊदले त्यससँग लड्नलाई तुरुन्तै अगि कुदेर गए।
49
तिनले आफ्नो हात झोलामा हालेर एउटा ढुङ्गा निकाले, र घुयेँत्रोमा राखेर त्यस पलिश्तीको निधारमा हाने। त्यो ढुङ्गा निधारैमा गाड़ियो र त्यो घोप्टो परेर भूइँमा लोट्यो।
50
यसरी दाऊद आफ्नो घुयेँत्रो र ढुङ्गाले विजयी भए। आफूसित तरवार नभए तापनि तिनले गोल्यतलाई हिर्काएर लड़ाए, र मारे।
51
तिनी कुदेर त्यस पलिश्ती लड़ेको ठाउँमा गए, र छेउमा खड़ा भए। अनि तिनले त्यसैको तरवार म्यानबाट थुतेर त्यसलाई खतम गरेर त्यसको टाउको काटिदिए। जब पलिश्तीहरूले आफ्नो वीर पुरुष मारिएको देखे, तब उनीहरू फर्केर भागे।
52
इस्राएल र यहूदाका मानिसहरूले तुरुन्तै युद्ध-ध्वनि उठाए, र गात र एक्रोनका मूल ढोकाहरूसम्मै उनीहरूलाई खूब खेदेर लगे। शारैमबाट गात र एक्रोन जाने बाटोमा उनीहरूका लाश जताततै छरिए।
53
पलिश्तीहरूलाई खेदेर फर्कंदा इस्राएलीहरूले उनीहरूको छाउनी लुटे।
54
दाऊदले गोल्यतको टाउको बोकेर यरूशलेममा ल्याए, र त्यसका हतियारचाहिँ आफ्नै पालमा राखे।
55
शाऊलले दाऊदलाई त्यस पलिश्तीको विरुद्धमा गइरहेका देख्दा, उनले आफ्ना सेनापति अबनेरलाई सोधे, “अबनेर, त्यो ठिटो कसको छोरो हो?” अबनेरले भने, “हजूरका जीवनको शपथ खाएर म भन्दछु कि मलाई थाहा छैन।”
56
राजाले अबनेरलाई भने, “त्यो ठिटो कसको छोरो रहेछ, निधो गर।”
57
जब दाऊद त्यस पलिश्तीलाई मारेर फर्के, तब अबनेरले तिनलाई लगेर शाऊलको सामुन्ने हाजिर गराए। दाऊदले त्यस पलिश्तीको टाउको आफ्नो हातमा बोकिरहेकै थिए।
58
शाऊलले तिनलाई सोधे, “हे जवान युवक, तिमी कसका छोरा हौ?” दाऊदले जवाफ दिए, “म हजूरको दास बेथलेहेमका यिशैको छोरो हुँ।”
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31