bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Samuel 18
1 Samuel 18
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 19 →
1
दाऊदले शाऊलसँग बातचीत गरिसकेपछि, जोनाथन दाऊदसँग आत्मामा एक भए, र आफूलाई झैँ तिनलाई प्रेम गर्न लागे।
2
त्यस दिनदेखि शाऊलले दाऊदलाई आफूसित राखे, र आफ्ना बुबाको घरमा फेरि फर्किजान दिएनन्।
3
जोनाथनले दाऊदलाई आफैलाई झैँ प्रेम गरेका हुनाले, जोनाथनले तिनीसँग एउटा करार बाँधे।
4
तब जोनाथनले आफूले लाएका खास्टो र लबेदा फुकाले, र ती दाऊदलाई आफ्नो तरवार, धनु र पेटीसमेत दिए।
5
शाऊलले पठाएको जुनसुकै काममा पनि दाऊद यति सफल भए कि शाऊलले तिनलाई आफ्नो सेनाको उच्च पदमा नियुक्त गरे। यसरी दर्जा बढ़ेकामा साधारण मानिसहरू र शाऊलका अधिकृतहरू पनि प्रसन्न भए।
6
जब दाऊदले पलिश्तीहरूलाई ध्वंस गरेर मानिसहरू फर्किरहेका थिए, तब स्त्रीहरू इस्राएलका सबै सहरबाट निस्के, अनि तिनीहरू सितार र खैँजड़ी बजाउँदै, गाउँदै र नाच्दै शाऊल राजालाई भेट्न आए।
7
स्त्रीहरू आनन्दित भएर यसो भनेर गाउँदथे: “शाऊलले हजारौँ हजारलाई ध्वंस गरे, र दाऊदले त लाखौँ लाखलाई ध्वंस गरे।”
8
शाऊल साह्रै रिसाए, र ती शब्दहरूले उनलाई चोट लाग्यो। उनले भने, “दाऊदको निम्ति तिनीहरूले लाखौँ लाख ठहराए, तर मलाई चाहिँ हजारौँ मात्र। अब तिनलाई राजा तुल्याउनु मात्र त बाँकी रह्यो।”
9
त्यस दिनदेखि उसो शाऊलले दाऊदलाई डाहको दृष्टिले हेर्न लागे।
10
भोलिपल्ट परमेश्वर तर्फको एउटा हानिकारक आत्माले शाऊललाई पक्र्यो। उनी घरैमा अगमवाणी बोलिरहेका थिए। दाऊदले अघिझैँ शाऊलको निम्ति वीणा बजाउँदैथिए। शाऊलको हातमा आफ्नो भाला थियो।
11
“दाऊदलाई भित्तैमा उनिदिन्छु” मनमनै भन्दै त्यो हाने, तर दाऊद दुवै पल्ट तर्के।
12
शाऊल दाऊदसँग डराउन लागे, किनभने परमप्रभु दाऊदसँग हुनुहुन्थ्यो, तर शाऊललाई उहाँले छोड़िसक्नुभएको थियो।
13
यसैकारण उनले दाऊदलाई आफ्नो दरबारबाट अलग गरेर एक हजार मानिसहरूका सेनानी नियुक्त गरिदिए। दाऊदले आफ्ना मानिसहरूलाई धावामा लगे,
14
र परमप्रभु तिनीसँग हुनुभएको हुनाले आफूले जिम्मा लिएका सबै काममा तिनी सफल भए।
15
जब शाऊलले तिनलाई यसरी सफल भएका देखे तब उनी दाऊदसँग डराए।
16
सबै इस्राएल र यहूदाले दाऊदलाई प्रेम गरे, किनभने तिनी रणभूमिमा तिनीहरूका अगुवा भएर जान्थे।
17
शाऊलले दाऊदलाई भने, “म मेरी जेठी छोरी मेराबलाई तिमीसँग विवाह गरिदिनेछु, तर त्यसको सट्टामा तिमीले वीरतापूर्वक मेरो सेवा गर, र परमप्रभुको निम्ति लड़ाइँ गर।” किनभने शाऊलले आफ्नै हातबाट होइन, तर पलिश्तीहरूका हातबाट दाऊदलाई मार्ने विचार गरेका थिए।
18
तर दाऊदले उत्तर दिए, “म को हुँ, र मेरा बुबाको परिवार, मेरा आफन्तहरू इस्राएलमा को हुन्, र म राजाको जुवाइँ हुन सक्छु?”
19
यसकारण जब शाऊलकी छोरी मेराबको दाऊदसँग विवाह गर्ने बेला आयो, तब बरु महोलाको अद्रीएलसँग मेराबको विवाह भयो।
20
तर शाऊलकी अर्की छोरी मीकल दाऊदसँग प्रेममा फसिन्। जब यो कुरो शाऊलको कानमा पुग्यो तब शाऊल प्रसन्न भए।
21
उनले आफ्नो मनमनै भने, “म त्यसलाई नै दाऊदसँग विवाह गरिदिनेछु, कि पलिश्तीहरूका हातबाट मारिनलाई तिनको निम्ति त्यो एउटा फन्दा होस्, र पलिश्तीहरूले तिनको विरोध गरून्।” यसैले शाऊलले दाऊदलाई आफ्ना जुवाइँ बनाउनलाई दोस्रो पल्ट प्रस्ताव राखे।
22
दाऊदलाई सुटुक्क यसो भन्नू भनी शाऊलले आफ्ना भारदारहरूलाई हुकुम गरे, “राजा तपाईंसँग अत्यन्तै खुशी हुनुहुन्छ, अनि तपाईं हामी सबैका प्रिय हुनुहुन्छ। अब राजाका जुवाइँ हुनुहोस्।”
23
जब शाऊलका मानिसहरूले दाऊदसँग यसरी कुरा गरे, तिनले उनीहरूलाई भने, “राजाका छोरीलाई विवाह गर्न तपाईंहरू सानो कुरा सम्झनुहुन्छ? म केही नभएको गरीब मानिस मात्र हुँ।”
24
दाऊदले भनेका कुरा शाऊलका भारदारहरूले उनलाई सुनाइदिए।
25
उनले भने, “दाऊदलाई यसो भन: शत्रुहरूलाई बदला लिनका निम्ति राजाले दुलहीको दामको रूपमा एक सय पलिश्तीहरूका खलड़ी मात्र माग्नुहुन्छ।” पलिश्तीहरूका हातबाट दाऊद मरून् भन्ने शाऊलको इच्छा थियो।
26
शाऊलले भनेका कुरा भारदारहरूले दाऊदलाई सुनाइदिए। यो शर्तमा राजाका छोरीसँग विवाह गर्न तिनी राजी भए। तोकिएको समयअघि दाऊद आफ्ना मानिसहरूसँग गए,
27
र दुई सय पलिश्तीहरूलाई मारे। तिनले उनीहरूका खलड़ी लगेर आफूलाई जुवाइँ स्वीकार गरिओस् भनी राजाको सामु ती गनिदिए। यसैले शाऊलले आफ्नी छोरी मीकललाई दाऊदसँग विवाह गरिदिए।
28
परमप्रभु दाऊदसँग हुनुहुँदोरहेछ भनी शाऊलले देखे, अनि आफ्नी छोरी मीकलले तिनलाई प्रेम गर्दीरहिछ भनेर पनि उनलाई थाहा भयो।
29
यसकारण उनी दाऊदसँग झन् डराउन लागे, र आफ्नो बाँकी जीवनभरि नै उनी दाऊदका शत्रु भए।
30
पलिश्तीहरूका सैनिक अधिकृतहरू लड्नलाई आइरहन्थे। जब उनीहरू यसरी आउँथे तब शाऊलका अन्य मानिसहरूभन्दा दाऊद तिनीहरूउपर ज्यादा सफल भए, अनि तिनले ठूलो नाउँ कमाए।
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31