bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Samuel 22
1 Samuel 22
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 23 →
1
दाऊद गातबाट भागेर अदुल्लामको ओड़ारमा गए। जब तिनका दाजुहरू र तिनका सबै परिवारले यो कुरा सुने तब तिनीहरू तिनीकहाँ आए।
2
कष्टमा परेका, ऋणमा परेका र असन्तुष्ट भएका मानिसहरू प्राय: चार सय जना तिनीकहाँ जम्मा भए, र तिनी तिनीहरूका अगुवा भए।
3
त्यहाँबाट दाऊद मोआबको मिस्पामा गए, र मोआबका राजालाई भने, “परमेश्वरले मेरो निम्ति के गर्नुहुन्छ सो नजानुञ्जेल कृपा गरी मेरा माता-पितालाई तपाईंकहाँ शरण दिनुहोस्।”
4
तिनले तिनीहरूलाई मोआबका राजाको दरबारमा छोड़िराखे, र दाऊद आफ्नो गढ़ीमा रहुञ्जेल तिनीहरू त्यहीँ नै बसे।
5
तर अगमवक्ता गादले दाऊदलाई भने, “तपाईं गढ़ीमा नबस्नुहोस्। यहूदामा गइहाल्नुहोस्।” यसर्थ दाऊद हारेतको वनमा गए।
6
दाऊद र तिनका मानिसहरू देखा परेका खबर शाऊलले सुने। शाऊल गिबामा डाँड़ाको टाकुरामा भएको झ्याउको बोटमुनि हातमा भाला लिएर बसेका थिए। तिनका सबै अधिकारीहरू उनको चारैतिर उभिरहेका थिए।
7
शाऊलले आफ्ना मानिसहरूलाई भने, “हे बेन्यामीनी हो, मेरो कुरा ध्यान दिएर सुन। के यिशैको छोराले तिमीहरू सबैलाई खेतहरू र दाखबारीहरू दिन्छ, अथवा तिमीहरू सबैलाई हजार र सयका फौजका सेनापति बनाइदिन्छ भनी तिमीहरू आशा गर्दछौ?
8
के त्यसैकारण तिमीहरू सबैले मेरो विरुद्धमा षड्यन्त्र रचेका छौ? मेरो छोराले यिशैको छोरोसित मेल गरेको तिमीहरू कसैले मलाई बताएनौ! तिमीहरूमध्येको कसैले पनि मेरो ख्यालै गरेन, मेरै छोराले मेरो आफ्नै सेवकलाई मेरो विरुद्धमा सुर्याएर आज मेरो विरुद्ध ढुक्न लायो सो तिमीहरूले मलाई बताएनौ।”
9
तर शाऊलका अधिकारीहरूसँग उभिरहने एदोमी दोएगले भन्यो, “मैले यिशैका छोरालाई नोबमा अहीतूबका छोरा अहीमेलेककहाँ आइरहेका देखें।
10
अहीमेलेकले दाऊदको पक्षमा परमप्रभुसित सल्लाह मागे। त्यसपछि तिनले खानेकुरा र पलिश्ती गोल्यतको तरवार पनि दाऊदलाई दिए।”
11
तब शाऊलले नोबका पूजाहारी अहीमेलेक र नोबमा पूजाहारीका काम गर्ने तिनका सबै परिवारलाई बोलाउन लाए, र तिनीहरू सबै राजाका सामुन्ने आए।
12
शाऊलले भने, “हे अहीतूबका छोरा, सुन।” तब तिनले उत्तर दिए, “हजूर, मेरा प्रभु।”
13
तब शाऊलले तिनलाई भने, “तिमी र यिशैको छोराले मेरो विरुद्धमा किन षड्यन्त्र रच्यौ? तिमीले त्यसलाई खानेकुरा र तरवार पनि दियौ, त्यसको पक्षमा परमेश्वरसित सल्लाह पनि माग्यौ। यसैले त्यो मेरो विरुद्धमा खड़ा भएको छ, र अहिले यस बेला मलाई ढुकिबसेको छ।”
14
अहीमेलेकले उत्तर दिए, “हजूरका सबै सेवकहरूमध्ये दाऊदजस्तै भरोसा गर्न योग्यका मानिस, राजाकै जुवाइँ, अङ्गरक्षकहरूका कप्तान, हजूरका घरानामा एक आदरणीय स्थान पाएका दाऊदजस्ता अरू को छन् र?
15
यस्तो अवसरमा तिनको पक्षमा परमेश्वरसित सल्लाह मैले लिएको के यो पहिलो पटक हो? यस्तो कुरा मबाट टाढ़ा रहोस्। मेरो आशा छ कि महाराजाले मलाई अथवा मेरा परिवारलाई दोष लाउनुहुनेछैन। किनभने मैले यो मामिला केही पनि बुझेको छैनँ।”
16
तर राजाले भने, “अहीमेलेक, तिमी मारिनैपर्छ। तिमी र तिम्रा सबै परिवार।”
17
तब शाऊलले आफ्नै छेउमा उभिरहने रक्षकहरूतिर फर्केर भने, “गएर परमप्रभुका पूजाहारीहरूलाई मार। किनभने तिनीहरूले दाऊदसित मतियारी गरेका छन्। त्यो एउटा भगुवा हो भनी जानेर पनि तिनीहरूले मलाई थाहा दिएनन्।” तर राजाका सेवकहरू परमप्रभुका पूजाहारीहरूमाथि हात उठाउन राजी भएनन्।
18
यसैले राजाले एदोमी दोएगलाई भने, “ए दोएग, गएर पूजाहारीहरूलाई मार्।” तब एदोमी दोएगले गएर पूजाहारीहरूलाई मार्यो, र त्यस दिन त्यसले पचासी जना एपोद लाउने मानिसहरूलाई आफ्नै हातले मार्यो।
19
अनि त्यसले पूजाहारीहरूको सहर नोबको हरेक जीवित प्राणीलाई तरवारले मार्यो— पुरुष, स्त्री, केटाकेटी, दूध खाने बालक, गाई-गोरु, गधा, र भेड़ाबाख्रा सबै मार्यो।
20
अहीमेलेकका अबियाथार नाउँ भएका एक जना छोराचाहिँ भागेर दाऊदकहाँ गए।
21
शाऊलले कसरी परमप्रभुका पूजाहारीहरूलाई मारे सो कुरा तिनले दाऊदलाई बताइदिए।
22
तब दाऊदले तिनलाई भने, “त्यस दिन एदोमी दोएग त्यहाँ थियो, र त्यसले शाऊललाई भन्ला भन्ने मलाई थाहा थियो। तिम्रा पिताका सबै जहानका मृत्युको कारण मै भएँ।
23
तिमी यहाँ मसँग बस, नडराऊ। तिम्रो प्राण लिन खोज्नेले मेरो पनि प्राण लिन खोजेको छ। तिमी मसँग सुरक्षित रहनेछौ।”
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 23 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31