bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Samuel 23
1 Samuel 23
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 24 →
1
पलिश्तीहरू कीलाहको विरुद्धमा लड़ाइँ गरेर अन्नका खला लुटिरहेका थिए।
2
जब दाऊदले यो कुरा सुने, तब तिनले परमप्रभुसित यसो भनेर सल्लाह मागे, “म गएर ती पलिश्तीहरूलाई आक्रमण गरूँ कि नगरूँ?” अनि परमप्रभुले जवाफ दिनुभयो, “गएर उनीहरूलाई आक्रमण गर्, र कीलाहलाई मुक्त गर्।”
3
तर दाऊदका मानिसहरूले तिनलाई भने, “यसै त यहाँ हामीलाई यहूदामा डर छ, झन् कीलाहमा पलिश्ती फौजहरूका विरुद्धमा चढ़ाई गर्यौं भने हाम्रो के गति हुन्छ?”
4
दाऊदले फेरि एक पल्ट परमप्रभुको सल्लाह लिए। परमप्रभुले यसो भनेर जवाफ दिनुभयो, “कीलाहमा जा। म पलिश्तीहरूलाई तेरो हातमा सुम्पिदिनेछु।”
5
यसैकारण दाऊद र तिनका मानिसहरू कीलाहमा गए, र पलिश्तीहरूसँग लड़ाइँ गरे। तिनीहरूले उनीहरूका गाई-गोरुहरू लगे, उनीहरूको ठूलो संहार गरे, र कीलाहका बासिन्दाहरूलाई मुक्त गरे।
6
(अहीमेलेकका छोरा अबियाथार कीलाहमा दाऊदकहाँ भागेको बेलामा एपोद आफ्नो साथ लिएर आएका थिए।)
7
दाऊद कीलाहमा गएका छन् भनी कसैले शाऊललाई भनिदियो, र शाऊलले भने, “परमेश्वरले त्यसलाई मेरो हातमा सुम्पिदिनुभएको रहेछ, किनभने गजबारहरू भएको, पर्खालले घेरिएको सहरमा पसेर त त्यसले आफूलाई बन्दी बनाएको छ।”
8
अनि शाऊलले आफ्ना सबै सैन्य-दललाई कीलाह आक्रमण गरेर दाऊद र तिनका मानिसहरूलाई घेर्न भनी हुकुम गरे।
9
तिनको विरुद्धमा गर्न लागेको षड्यन्त्रको युक्ति जब दाऊदले बुझे तब तिनले अबियाथार पूजाहारीलाई एपोद ल्याउन अह्राए।
10
तब तिनले यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु इस्राएलका परमेश्वर, शाऊल कीलाहमा आएर मेरो कारण त्यस सहरलाई नाश गर्ने विचार गर्दैछन् भन्ने समाचार तपाईंको दासले सुनेको छ।
11
के कीलाहका नगरवासीहरूले मलाई उनको हातमा सुम्पिदिनेछन्? मैले सुनेझैँ, के शाऊल आउनेछन्? परमप्रभु इस्राएलका परमेश्वर, बिन्ती छ, आफ्नो दासलाई बताइदिनुहोस्।” परमप्रभुले जवाफ दिनुभयो, “अवश्य, त्यो आउनेछ।”
12
फेरि दाऊदले सोधे, “के कीलाहका नगरवासीहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलको हातमा सुम्पिदिनेछन्?” परमप्रभुले जवाफ दिनुभयो, “अवश्य, तिनीहरूले त्यसै गर्नेछन्।”
13
यसकारण दाऊदले आफ्ना प्राय: छ सय जना मानिसहरूलाई लिएर झट्टै कीलाह छोड़े, र एक ठाउँदेखि अर्को ठाउँ घुम्न लागे। दाऊद कीलाहबाट भागेको समाचार जब शाऊलकहाँ पुग्यो तब उनी त्यहाँ अगि बढ़ेनन्।
14
दाऊद उजाड़-स्थानका गढ़ीहरू र जीपको मरुभूमिका पहाड़हरूमा बसिरहे, र शाऊलले तिनलाई दिनदिनै खोज्दथे। तर परमेश्वरले दाऊदलाई उनको हातमा सुम्पिदिनुभएन।
15
जब दाऊद जीपको मरुभूमिको होरेशमा थिए, शाऊलले तिनको प्राण लिन निस्केर आएका छन् भनी तिनले थाहा पाए।
16
तब शाऊलका छोरा जोनाथन त्यहाँ तिनीकहाँ आए, र तिनलाई परमेश्वरमा बल पाउन उत्साह दिए।
17
उनले भने, “नडराउनुहोस्, मेरा बुबा शाऊलको हातले तपाईंलाई छुनेछैन। तपाईं इस्राएलका राजा हुनुहुनेछ, र मचाहिँ तपाईंको मुनि दोस्रो दर्जामा हुनेछु। मेरा बुबा शाऊललाई पनि यो कुरा थाहा छ।”
18
ती दुईले परमप्रभुको सामु वाचा बाँधे। त्यसपछि जोनाथनचाहिँ आफ्नो घरमा फर्के, तर दाऊद होरेशमा नै बसे।
19
जब शाऊल गिबामा थिए, तब जीपीहरूले यो समाचार उनीकहाँ ल्याए, “हामी सुन्दछौं कि दाऊद यशीमोनको दक्षिणतिरका हकीलाको पहाड़मा भएको होरेशका गढ़ीहरूमा लुकिरहेका छन्।
20
अब हजूरलाई जहिले इच्छा लाग्छ तहिले तल झर्नुहोस्, र तिनलाई तपाईंको हातमा सुम्पिदिने जिम्मा हाम्रो हुनेछ।”
21
शाऊलले भने, “परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्, किनभने तिमीहरूलाई मेरो चासो छ।
22
अब गएर अरू तयारी गर, र त्यो कहाँ छ र कसले त्यसलाई देख्यो सो ठीक पत्ता लगाओ। त्यो धूर्त छ अरे।
23
त्यो कुनचाहिँ लुक्ने ठाउँमा छ सो पत्ता लगाओ, र निश्चित खबर लिएर मकहाँ आओ। तब म तिमीहरूसँग जानेछु। त्यो यस देशमा रहुञ्जेल यहूदाको खलकहरूको एक-एककहाँ जानुपरेता पनि म त्यसलाई खोजेर निकाल्नेछु।”
24
उनीहरू ढिलो नगरी शाऊलभन्दा अगि जीपतिर लागे। दाऊद र तिनका मानिसहरू यशीमोनको दक्षिणतिरका अराबाको माओनको मरुभूमिमा थिए।
25
शाऊल र उनका मानिसहरूले खोज्न थाले, र जब दाऊदले यो कुरो थाहा पाए तब पहरातिर गए र यशीमोनको दक्षिणपट्टि माओनको मरुभूमिमा रहन लागे। जब शाऊलले यो थाहा पाए, उनी दाऊदको खोजीमा माओनको उजाड़ ठाउँतिर लागे।
26
शाऊल डाँड़ाको उतापट्टि अनि दाऊद र तिनका मानिसहरू यतापट्टि भए। दाऊद र तिनका मानिसहरू भाग्नलाई भरसक कोशिश गरिरहेका थिए। जब शाऊल र उनका पछि लागेकाहरूचाहिँ तिनलाई पक्रनलाई नजिक-नजिक आए,
27
तब एक समाचारवाहकले शाऊलकहाँ यो समाचार ल्यायो, “झट्टै आउनुहोस्। किनकि पलिश्तीहरूले देशलाई लूटपीट गर्दैछन्।”
28
यसैले शाऊल दाऊदलाई खेद्न छोड़ेर पलिश्तीहरूको सामना गर्नलाई फर्के। यसैकारण त्यस ठाउँलाई सेलाहामालेकोथ भन्दछन्।
29
त्यहाँबाट दाऊद उक्लेर एन-गदीका गढ़ीहरूमा बस्न लागे।
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 24 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31