bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Samuel 28
1 Samuel 28
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 27
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 29 →
1
त्यस बेला पलिश्तीहरूले इस्राएलमाथि हमला गर्नलाई आफ्नो सेना भेला गरे। आकीशले दाऊदलाई भने, “तिमी र तिम्रा मानिसहरू मसँग रणभूमिमा जानुपर्छ भन्ने तिमीलाई थाहै होला।”
2
दाऊदले आकीशलाई उत्तर दिए, “बेस, तपाईंको दासले के गर्न सक्छ तपाईंले जान्नुहुनेछ।” तब आकीशले दाऊदलाई भने, “म तिमीलाई जीवनभरि नै मेरो अङ्गरक्षक तुल्याउनेछु।”
3
अब शमूएल मरिसकेका थिए, र सब इस्राएलले तिनको निम्ति शोक प्रकट गरेर तिनलाई तिनकै सहर रामामा गाड़ेका थिए। शाऊलले भूतप्रेत खेलाउने सबैलाई देशबाट निकालिसकेका थिए।
4
पलिश्तीहरूले आफ्नो सेना युद्धको निम्ति भेला गरेर शूनेममा छाउनी हालेका थिए। शाऊलले सारा इस्राएलीहरूलाई जम्मा गरेर गिल्बोमा छाउनी हालेका थिए।
5
जब शाऊलले पलिश्तीको फौजलाई देखे, तब उनी साह्रै भयभीत भए।
6
उनले परमप्रभुलाई सोधे, तर परमप्रभुले न त सपनाद्वारा, न “ऊरीम” न अगमवक्ताद्वारा उनलाई जवाफ दिनुभयो।
7
यसैले उनले आफ्ना सेवकहरूलाई भने, “मेरो निम्ति कुनै एउटी मन्त्रतन्त्र गर्ने स्त्रीलाई खोजिदेओ, र म त्यसकहाँ गएर सोधपूछ गर्नेछु।” एन्दोरमा त्यस्ती स्त्री छे भनी उनका सेवकहरूले उनलाई बताइदिए।
8
तब शाऊलले भिन्दै लुगा लाएर आफ्ना दुई जना मानिसहरूसँग गुप्त भेषमा राती त्यसकहाँ गए, र त्यसलाई भने, “प्रेत आत्मासित सोधेर मेरो भाग्य बताइदेऊ, र म जुन मानिसको नाउँ बताउँछु त्यसलाई बोलाइदेऊ।”
9
तर त्यस स्त्रीले जवाफ दिई, “शाऊलले के गर्नुभएको छ त्यो निश्चय तपाईंलाई थाहै होला। उहाँले भूतप्रेत खेलाउनेहरूलाई देशबाट हटाइदिनुभएको छ। जुन कुराले मेरो मृत्यु ल्याउनेछ त्यो गर्नलाई तपाईं मलाई किन कर लाउनुहुन्छ?”
10
शाऊलले शपथ खाएर त्यसलाई भने, “जीवित परमप्रभुको नाउँमा म भन्दछु कि यसले गर्दा तिमीमाथि कुनै किसिमको आपद् आइपर्नेछैन।”
11
तब त्यस स्त्रीले सोधी, “कसलाई बोलाऊँ त?” शाऊलले जवाफ दिए, “शमूएललाई।”
12
जब शमूएल निस्केका त्यस स्त्रीले देखी तब त्यसले चिच्च्याएर शाऊललाई भनी, “तपाईंले मलाई किन धोका दिनुभयो? तपाईं शाऊल नै हुनुहुँदोरहेछ।”
13
राजाले त्यसलाई भने, “नडराऊ। तिमी के देख्दैछ्यौ?” त्यस स्त्रीले जवाफ दिई, “जमिनबाट निस्केर आइरहेको एउटा प्रेत म देख्दैछु।”
14
उनले सोधे, “त्यो कस्तो छ?” त्यसले भनी, “खास्टो ओढ़ेको एउटा वृद्ध मानिस माथि निस्कँदैछ।” तब तिनी शमूएल नै हुन् भनी शाऊललाई थाहा भयो। अनि उनले घोप्टो परेर साष्टाङ्ग दण्डवत् गरे।
15
शमूएलले शाऊललाई भने, “मेरो शान्तिलाई तिमीले किन भङ्ग गरेर मलाई माथि ल्यायौ?” शाऊलले जवाफ दिए, “म ठूलो सङ्कष्टमा परेको छु। पलिश्तीहरूले मलाई पेलिरहेका छन्, र परमेश्वरले मलाई त्याग्नुभएको छ। उहाँले न त अगमवक्ताद्वारा न दर्शनद्वारा मलाई जवाफ दिनुहुन्छ। के गर्नुपर्ने सो मलाई बताइदिनुहोस् भनी मैले तपाईंलाई बोलाएको हुँ।”
16
शमूएलले भने, “परमप्रभुले तिमीलाई त्याग्नुभएको छ र उहाँ तिम्रो विरोधी हुनुभएको छ भने, तिमी किन मलाई सोधपूछ गर्छौ?
17
मद्वारा पहिले नै भन्नुभएको कुरा परमप्रभुले गर्नुभएको छ। उहाँले तिम्रो हातबाट राज्य खोसेर अर्को तिम्रो एउटा छिमेकी दाऊदलाई दिनुभएको छ।
18
तिमीले परमप्रभुको आज्ञापालन गरेनौ, र अमालेकीहरूका विरुद्धमा उहाँका क्रोधको इन्साफलाई तिमीले पूरा गरेनौ। यसैले उहाँले आज तिमीमाथि यो काम गर्नुभएको हो।
19
त्यही कारण तिमी र तिम्रो प्रजा इस्राएललाई परमप्रभुले पलिश्तीहरूका हातमा पर्न दिनुहुनेछ। भोलि तिमी र तिम्रा छोराहरू मसँग हुनेछौ। हो, साँच्ची नै परमप्रभुले इस्राएली सेनालाई पलिश्तीहरूका हातमा सुम्पिदिनुहुनेछ।”
20
शाऊल विचलित भए, र शमूएलका वचनले गर्दा उनी डरले भूइँमा लम्पसार परेर लोटे। दिनभरि र रातभरि पनि उनले केही नखाएकाले उनी शक्तिहीन भए।
21
तब त्यो स्त्री शाऊलकहाँ गई, र उनलाई साह्रै विचलित भएका देखेर त्यसले उनलाई भनी, “तपाईंले भन्नुभएको कुरा मैले मानें, र मैले मेरो प्राण तपाईंको निम्ति खतरामा हालें।
22
अब मेरो कुरा सुन्नुहोस्। तपाईंका यात्राको निम्ति तपाईं बल पाउनलाई म केही खानेकुरा टक्र्याउनेछु।”
23
तर शाऊलले खान इन्कार गरे। जब उनका सेवकहरूले पनि त्यस स्त्रीले भनेको कुरामा जोड़ गरे तब उनी सहमत भए, र भूइँबाट उठेर पलङ्गमा बसे।
24
त्यस स्त्रीको घरमा पालेको बाछा थियो। त्यसले त्यो झट्टै काटेर बनाई। त्यसले केही पीठो लिएर मुछी, र खमिर नहाली रोटी पकाई।
25
ती त्यसले शाऊल र उनका सेवकहरूका अगि टक्र्याई। उनीहरूले त्यो खानेकुरो खाए, र त्यही रात उनीहरू बिदा भए।
← Chapter 27
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 29 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31