bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Samuel 31
1 Samuel 31
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
1
पलिश्तीहरूले इस्राएलको विरुद्धमा लड़ाइँ गरे, र इस्राएलीहरू पराजित भए, र गिल्बो डाँड़ामा आफ्ना लाशहरूलाई छोड़ेर भागे।
2
पलिश्तीहरूले शाऊल र उनका छोराहरूलाई खूब खेदे, र उनका तीन जना छोराहरू, जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे।
3
शाऊलका चारैतिर लड़ाइँ मच्चियो, र जब धनुर्धारीहरूले उनलाई भेट्टाए उनलाई सख्त घायल बनाए।
4
तब शाऊलले आफ्नो हतियार बोक्नेलाई भने, “तेरो तरवार थुतेर मलाई रोप्, र यी खतना नभएका दुष्टहरूले निन्दा गरेर मेरो तमाशा नदेखाऊन्।” तर त्यस हतियार बोक्नेले इन्कार गर्यो। त्यसले आँट गरेन। यसकारण शाऊलले आफ्नो तरवार थुते, र त्यसैमा उनिएर मरे।
5
जब त्यस हतियार बोक्नेले शाऊल मरेका देख्यो, तब त्यसले पनि आफ्नो तरवारले आफैलाई रोपेर उनीसँगै मर्यो।
6
यसरी उनीहरू सबै त्यही दिन एकसाथ मरे— शाऊल, उनका तीन भाइ छोराहरू, उनका हतियार बोक्ने र उनका मानिसहरू पनि।
7
बेँसीमा भएका र यर्दन पारिका सबै इस्राएलीहरूले अरू इस्राएलीहरूलाई भागेका तथा शाऊल र उनका छोराहरू खतम भएका जब देखे, तब तिनीहरू आ-आफ्ना सहरहरू छोड़ेर भागे, र पलिश्तीहरू त्यहाँ गएर ती सहरहरूलाई कब्जा गरे।
8
अर्को दिन जब पलिश्तीहरू मरेकाहरूका लूट बटुल्नलाई आए तब उनीहरूले गिल्बो डाँड़ामा शाऊल र उनका तीन छोराहरूलाई मरेका भेट्टाए।
9
उनीहरूले शाऊलको टाउको काटे, र उनका हतियारहरू लगे। त्यसपछि उनीहरूले आफ्नो देशको चारैतिर यो शुभ समाचार देवताहरूको मन्दिरमा र मानिसहरू सबैलाई सुनाउन भनी समाचारवाचकहरू पठाए।
10
उनीहरूले शाऊलका हतियारहरू अश्तोरेत देवीहरूका मन्दिरमा राखे, र उनका मृत-शरीर बेथ-शानको पर्खालमा कीला ठोकेर झुण्ड्याए।
11
पलिश्तीहरूले शाऊलको मृत-शरीरलाई जे गरेका थिए त्यो जब याबेश-गिलादका मानिसहरूले सुने,
12
तब तिनीहरूका वीरहरू रातभरि हिँड़ेर शाऊल र उनका छोराहरूका मृत-शरीरलाई बेथ-शानको पर्खालबाट झिकेर याबेशमा ल्याए, र ती लाशहरूलाई जलाइदिए।
13
त्यसपछि तिनीहरूले ती हड्डीहरू निकालेर याबेशको झ्याउको बोटमुनि गाड़े, र सात दिनसम्म तिनीहरू उपवास बसे।
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31