bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Samuel 26
1 Samuel 26
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 27 →
1
जीपीहरू गिबामा शाऊलकहाँ गएर यशीमोनतिर फर्केको हकीलाको पहाड़मा दाऊद लुकेका छन् भनी सुनाइदिए।
2
यसकारण दाऊदलाई त्यहाँ खोज्न भनी शाऊल तीन हजार चुनेका मानिसहरू आफ्नो साथमा लिएर झट्टै जीपको मरुभूमिमा झरे।
3
यशीमोनतिर फर्केको हकीलाको पहाड़का छेउको बाटैमा उनले आफ्नो छाउनी हाले। तर दाऊदचाहिँ मरुभूमिमा नै बसे। शाऊल तिनलाई मरुभूमिमा खेद्नलाई आएका छन् भनी सुन्ने बित्तिकै,
4
दाऊदले चेवाहरू पठाए, र शाऊल अमुक ठाउँमा आइपुगेका छन् भनी पत्ता लगाए।
5
कति पनि ढिलो नगरी तिनी शाऊलले छाउनी हालेको ठाउँमा गए, र शाऊल र उनका सेनापति नेरका छोरा अबनेर सुतिरहेको ठाउँ देखे। आफ्नो फौजका चारैतिरको छाउनी बनाएर पङ्क्तिहरूका बीचमा शाऊल सुतिरहेका थिए।
6
दाऊदले हित्ती अहीमेलेक र योआबका भाइ सरूयाहका छोरा अबीशैतिर फर्केर भने, “शाऊलकहाँ छाउनीभित्र मसित को जान्छ?” अबीशैले जवाफ दिए “म जानेछु।”
7
दाऊद र अबीशै राती छाउनीमा पसे, र शाऊललाई पङ्क्तिहरूका बीचमा उनको भालाचाहिँ सिरानीनेर भूइँमा गाड़ेर सुतिरहेका भेट्टाए। अबनेर र योद्धाहरूचाहिँ शाऊलका चारैतिर गोलो आकारमा सुतिरहेका थिए।
8
अबीशैले दाऊदलाई भने, “परमेश्वरले तपाईंको शत्रुलाई आज तपाईंको हातमा सुम्पिदिनुभएको रहेछ। भालाले घोचेर एकै खेपमा उनलाई भूइँमा रोपिदिने मलाई हुकुम दिनुहोस्। मैले दुई खेप हिर्काउनैपर्दैन।”
9
तर दाऊदले तिनलाई भने, “राजालाई केही हानि नगर। परमप्रभुका अभिषिक्त जनमाथि हात उठाउने कोचाहिँ निर्दोष हुन्छ?”
10
दाऊदले अझै भने, “जीवित परमप्रभुको नाउँमा म भन्दछु कि परमप्रभु आफैले उनलाई मार्नुहुनेछ। कि त उनको काल आएर उनी मर्नेछन् अथवा लड़ाइँमा गएर उनी खतम हुनेछन्।
11
तर मैले परमप्रभुका अभिषिक्तको विरुद्धमा हात कहिले उठाउनु नपरोस्। अब उनको सिराननेर भएको भाला र पानीको सुराही लिएर जाऔं।”
12
तब दाऊदले शाऊलको सिराननेर भएको भाला र पानीको सुराही लगे, र तिनीहरू गइहाले। छाउनीका सबै फौज सुतिरहेका थिए। कसैले तिनलाई देखेन, कसैलाई थाहै भएन, कोही पनि ब्यूँझेन। परमप्रभुबाट पठाइएको मस्त निद्रामा उनीहरू सुतिरहेका थिए।
13
तब दाऊद अर्कोपट्टि गएर टाढ़ाको डाँड़ाको टाकुरामा उभिए। तिनीहरूका बीचमा निकै ठूलो खाली ठाउँ थियो।
14
दाऊदले सेना र नेरका छोरा अबनेरलाई कराएर भने, “अबनेर, मलाई जवाफ देऊ।” अबनेरले जवाफ दिए, “राजालाई हपार्ने तिमी को हौ?”
15
दाऊदले अबनेरलाई भने, “के तिमी मर्द होइनौ? के इस्राएलमा तिमीजस्तै अरू कोही छन्? तिमीले किन आफ्ना प्रभु महाराजाको रक्षा गरेनौ? तिम्रा प्रभु महाराजालाई कसैले हानि गर्न आयो।
16
यो त ठीक भएन। जीवित परमप्रभुको नाउँमा म भन्दछु कि तिमीहरू मारिने योग्यका छौ, किनभने तिमीहरूले आफ्ना मालिक, परमप्रभुका अभिषिक्त जनको रक्षा गरेनौ। हेर त, उहाँको सिरानका छेउको भाला र पानीको सुराही खोइ?”
17
शाऊलले दाऊदको सोर चिनेर भने, “के तिमी नै हौ, मेरा छोरा दाऊद?” दाऊदले भने, “मेरा प्रभु महाराजा, म नै हुँ।”
18
मेरा प्रभुले उहाँको दासको खेदो किन गर्नुहुन्छ? मैले के गरेको छु र? कुन खराबीको म दोषी भएको छु र?
19
हे मेरा प्रभु महाराजा, मैले जे भन्नु छ सो ध्यान दिएर सुन्नुहोस्। यदि परमप्रभुले नै हजूरलाई मेरो विरुद्धमा सुर्याउनुभएको हो भनेता एउटा भेटी उहाँलाई ग्रहणयोग्य होस्। तर यदि मानिसहरूले गरेको हो भने परमप्रभुको सामुन्ने तिनीहरूमाथि सराप परोस्। किनभने आज ‘त्यसले अरू देवताहरूको सेवा गरोस्’ भनी तिनीहरूले परमप्रभुका अधिकारको भागबाट मलाई निकालिदिएका छन्, र
20
परमप्रभुको सामुन्नेबाट टाढ़ामा मेरो रगत बग्न नदिनुहोस्। किनभने राजा डाँड़ाहरू हुँदो तित्रालाई खेदेझैँ एउटा उपियाँलाई खोज्न निस्केर आउनुभएको छ।”
21
तब शाऊलले जवाफ दिए, “मैले पाप गरें। फर्केर आऊ, हे दाऊद मेरा छोरा। आजको दिन तिमीले मेरो प्राणलाई बहुमूल्य ठान्यौ, अब फेरि कहिल्यै म तिम्रो हानि गर्नेछैनँ। म मूर्ख भएँ, मैले साह्रै ठूलो भूल गरें।”
22
दाऊदले जवाफ दिए, “राजाको भाला यहाँ छ। हजूरको कुनै एक जना मानिस आएर त्यो लैजाओस्।
23
परमप्रभुले हरेक मानिसलाई त्यसको धार्मिकता र विश्वसनीयताको निम्ति इनाम दिनुहुन्छ। परमप्रभुले आज मेरो हातमा हजूरलाई सुम्पिदिनुभएको थियो, तर मैले परमप्रभुका अभिषिक्त जनमाथि आफ्नो हात उठाउन इन्कार गरें।
24
जसरी मैले हजूरको प्राणलाई आज बहुमूल्य सम्झें, त्यसरी नै परमप्रभुले मेरो प्राण पनि बहुमूल्य सम्झून्, र मलाई सबै आपत्तिदेखि मुक्त गरून्।”
25
तब शाऊलले दाऊदलाई भने, “हे मेरा छोरा दाऊद, आशिष् तिमीमाथि परोस्। तिमीले ठूला-ठूला कामहरू गर्नेछौ, र तिमी विजयी हुनेछौ।” तब दाऊद आफ्नो बाटो लागे, र शाऊलचाहिँ घर फर्के।
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 27 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31