bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Samuel 6
1 Samuel 6
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 7 →
1
जब परमेश्वरको सन्दूक उनीहरूका इलाकामा रहेको सात महिना भइसकेको थियो,
2
पलिश्तीहरूले पूजाहारीहरू र ज्योतिषीहरूलाई बोलाएर तिनीहरूलाई सोधे, “परमप्रभुको सन्दूकलाई अब के गर्ने? त्यसको निज स्थानमा हामीले त्यो कसरी पठाउने? हामीलाई भन्नुहोस्।”
3
तिनीहरूले जवाफ दिए, “यदि तपाईंले इस्राएलका परमेश्वरको सन्दूक पठाउनुहुन्छ भने सौगातविना त्यो नपठाउनुहोस्। तर उहाँको निम्ति दोषबलि अवश्य पठाउनुहोस्। तब तपाईंहरू निको हुनुहुनेछ, र उहाँले आफ्नो हात तपाईंहरूबाट किन हटाउनुभएन जान्नुहुनेछ।”
4
“उहाँलाई हामीले कस्तो दोषबलि पठाउने?” पलिश्तीहरूले सोधे। तिनीहरूले यस्तो जवाफ दिए, “तपाईंहरू सबै र तपाईंहरूका शासकहरूलाई सताउने त्यही रूढ़ीको नमूनाका पाँच वटा सुनका गिर्खा र पाँच वटा सुनका मूसा पलिश्तीका शासकहरूको संख्याअनुसार पठाउनुहोस्।
5
तपाईंहरूका गिर्खा र देशलाई विध्वंस गर्ने मूसाहरूका नमूना बनाउनुहोस्, र इस्राएलका परमेश्वरलाई महिमा दिनुहोस्। शायद उहाँले तपाईंहरू, तपाईंहरूका देवताहरू र तपाईंहरूको देशबाट आफ्नो हात हटाउनुहुनेछ।
6
तपाईंहरू किन फारो र मिश्रीहरूजस्तै हठी हुने? उहाँले उनीहरूप्रति कठोर व्यवहार गर्नुभएपछि उनीहरूले इस्राएलीहरूलाई आफ्नो बाटो जान दिएका होइनन्?”
7
“अब कहिल्यै नजोतिएको दुई वटा दुहुना गाई र एउटा नयाँ गाड़ा तयार गर्नुहोस्, र ती गाईहरूलाई त्यस गाड़ामा नारेर तिनीहरूका बाछालाई चाहिँ तिनीहरूबाट अलग गरेर गोठमा लैजानुहोस्।
8
त्यसपछि परमप्रभुको सन्दूक लगेर त्यस गाड़ामा राख्नुहोस्, अनि त्यसकै छेउमा एउटा कन्तुरमा तपाईंहरूले उहाँलाई पठाउने सुनको दोषबलि हाल्नुहोस्, र त्यो गाड़ालाई आफ्नो बाटोमा जान दिनुहोस्।
9
तर त्यसलाई हेरिरहनुहोस्। यदि त्यो गाड़ा बेथ-शेमेशतिर आफ्नै इलाकामा माथितिर लाग्यो भने, परमप्रभुले नै त्यो ठूलो हानि हामीमाथि गर्नुभएको रहेछ। होइन भने, उहाँको हातले हामीलाई छोएको रहेनछ, तर त्यो संयोगले भएको रहेछ भनी हामी जान्नेछौं।”
10
ती मानिसहरूले त्यसै गरे। उनीहरूले दुई वटा गाई ल्याएर एउटा गाड़ामा नारे र तिनका बाछाहरूलाई चाहिँ गोठमा थुनिराखे।
11
तब उनीहरूले कन्तुरमा भएका सुनका मूसा र गिर्खाका नमूनाहरूका साथमा परमप्रभुको सन्दूक गाड़ामा राखे।
12
तब ती गाईहरू बाटोभरि कराउँदै सीधै बेथ-शेमेशको दिशातिर लागे। अनि पलिश्तीहरूका शासकहरूचाहिँ बेथ-शेमेशको इलाकासम्मै तिनीहरूका पछिपछि गए।
13
अब बेथ-शेमेशका मानिसहरू बेँसीमा गहूँको फसल काटिरहेका थिए, अनि जब तिनीहरूले यसो माथि हेरेर सन्दूक देखे तब तिनीहरू रमाए।
14
त्यो गाड़ा बेथ-शेमेशको यहोशूको खेतमा आएर अड़ियो। त्यहाँ नजिकै एउटा ठूलो ढुङ्गो थियो। तिनीहरूले गाड़ाका काठहरू काटेर ती गाईहरूलाई परमप्रभुको निम्ति होमबलि चढ़ाए।
15
तब लेवीहरूले परमप्रभुको सन्दूक र सुनका भेटी भएको कन्तुर उठाएर त्यस ठूलो ढुङ्गामाथि राखे। त्यस दिन बेथ-शेमेशका मानिसहरूले परमप्रभुको निम्ति होमबलि र बलिदानहरू चढ़ाए।
16
पलिश्तीहरूका ती पाँचै जना शासकहरूले यी सबै हेरिरहे, र त्यही दिन एक्रोनमा फर्के।
17
ती सुनका गिर्खाहरू, जुनचाहिँ पलिश्तीहरूले दोषबलिको निम्ति पठाएका थिए, ती अश्दोद, गाजा, अश्कलोन, गात र एक्रोन हरेकको निम्ति एउटा-एउटा थियो।
18
सुनका मूसाहरूचाहिँ पर्खाल भएका सहर र तिनका बस्तीहरू, जहाँ ती पाँच शासकहरूले शासन गर्थे, ती सबै सहरहरूको संख्याअनुसार थिए। त्यो ठूलो ढुङ्गा, जसमा तिनीहरूले परमप्रभुको सन्दूक राखे, त्यो बेथ-शेमेशका यहोशूको खेतमा आजको दिनसम्मै साक्षीको रूपमा छ।
19
तर परमप्रभुले बेथ-शेमेशका केही मानिसहरूमध्ये सत्तरी जनालाई मार्नुभयो, किनभने तिनीहरूले परमप्रभुको सन्दूकभित्र हेरेका थिए। परमप्रभुले यस्तो ठूलो विनाश ल्याउनुभएकोले मानिसहरूले विलाप गरे,
20
र बेथ-शेमेशका मानिसहरूले सोधे, “परमप्रभु, यी पवित्र परमेश्वरको उपस्थितिमा को उभिन सक्छ? यहाँबाट यो सन्दूक कसकहाँ जानेछ?”
21
तब तिनीहरूले किर्यत-यारीम बासिन्दाहरूलाई यो समाचार पठाए, “पलिश्तीहरूले परमप्रभुको सन्दूक फर्काइदिएका छन्। तल आएर त्यो तपाईंहरूको ठाउँमा लानुहोस्।”
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31