bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Samuel 20
1 Samuel 20
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 21 →
1
तब दाऊद रामाको नैयोतबाट भागेर जोनाथनकहाँ आए। तिनले जोनाथनलाई भने, “मैले के गरेको छु? मेरो दोष के छ? तपाईंका बुबाको विरुद्धमा मैले के खराबी गरेको छु र उहाँ मेरो ज्यान लिन चाहनुहुन्छ?”
2
जोनाथनले जवाफ दिए, “यस्तो नहोस्। तपाईं मर्नुहुन्न। मलाई यो पक्का थाहा छ कि मलाई नभनीकन मेरा बुबाले केही पनि गर्नुहुन्न। मेरा बुबाले यस्तो कुरा मबाट किन लुकाउनुहुन्थ्यो र? यो कुरा सत्य होइन।”
3
तर दाऊदले शपथ खाएर भने, “तपाईंका बुबाले आफ्नो मनमा भन्नुभएको छ, ‘जोनाथनलाई यो कुरा थाहा नहोस्, नत्रता त्यो दु:खित हुनेछ’। किनभने उहाँलाई थाहा छ कि मप्रति तपाईंको ठूलो श्रद्धा छ। जीवित परमप्रभुको नाउँमा र तपाईंका जीवनको पनि शपथ खाएर म भन्दछु कि अब त मेरो मृत्यु नजिकै छ।”
4
जोनाथनले दाऊदलाई भने, “तपाईं जे इच्छा गर्नुहुन्छ, म तपाईंको निम्ति त्यही गर्छु।”
5
दाऊदले जवाफ दिए, “भोलि औंसीको चाड़ हो, र मैले राजासित खानैपर्नेछ। तर म पर्सिको साँझसम्म खेतमा गएर लुकिरहनेछु।
6
तपाईंका बुबाले मेरो अनुपस्थिति ख्याल गर्नुभयो भनेदेखि उहाँलाई यसो भनिदिनुहोस्, “बेथलेहेममा आफ्नो घरमा झट्टै जानुपर्ने हुनाले दाऊदले मसित बिदा मागे, किनभने त्यहाँ तिनको जम्मै परिवारको वर्षेनी बलिदान चढ़ाउनुपर्ने रहेछ।”
7
यदि उहाँले ‘ठीकै छ’। भन्नुभयो भने त्यो मेरो निम्ति एउटा असल लक्षण हुनेछ, तर रीसले चूर हुनुभयो भने उहाँले मेरा अहित गर्न नै चिताउनुभएको रहेछ भनी तपाईंलाई थाहा हुनेछ।
8
हजूर, मप्रति दया देखाउनुहोस्, किनकि तपाईं र म परमप्रभुको सामु एउटा करारले बाँधिएका छौं। म दोषी छु भने तपाईंले नै मलाई मार्नुहोस्। मलाई तपाईंका बुबाको हातमा किन पर्न दिनुहुन्छ?”
9
जोनाथनले भने, “यस्तो नहोस्। यदि मेरा बुबाले तपाईंको अहित नै गर्न चिताउनुभएको रहेछ भन्ने मैले थाहा पाएको भए मैले तपाईंलाई बताउनेथिइन र?”
10
दाऊदले जोनाथनलाई भने “उहाँले तपाईंलाई रूखो जवाफ दिनुभएको तपाईंले मलाई कसरी थाहा दिनुहुन्छ?”
11
जोनाथनले भने, “मसँग खेतमा आउनुहोस्।” तब तिनीहरू दुवै खेतमा गए।
12
जोनाथनले दाऊदलाई भने, “दाऊद, परमप्रभु इस्राएलका परमेश्वरको दृष्टिमा म यो प्रतिज्ञा गर्दछु, कि पर्सि यही बेला म मेरा बुबाको मन छाम्नेछु। यदि उहाँको मन तपाईंप्रति राम्रै रहेछ भने म तपाईंलाई थाहा दिन्नँ र?
13
तर यदि मेरा बुबाले खराबी नै सोच्नुभएको रहेछ भने, अनि मैले तपाईंलाई थाहा दिइनँ र तपाईंलाई कुशलसित भगाइनँ भने परमप्रभुले मलाई त्यसभन्दा पनि बढ़ी गरून्। परमप्रभु मेरा बुबासँग हुनुभएझैँ तपाईंसँग पनि होऊन्।
14
तर म बाँचुञ्जेल परमप्रभुले झैँ तपाईं ममाथि कृपा देखाउनुहोस्, र मलाई नमारिओस्।
15
तपाईं मेरो घरानाप्रति दया गर्न कहिल्यै नछोड्नुहोस्। परमप्रभुले पृथ्वीबाट दाऊदका सबै शत्रुहरूलाई पन्साइसक्नुभए तापनि यो दया नछुटोस्।”
16
यसरी जोनाथनले दाऊदको परिवारसँग यसो भनी वाचा बाँधे, “परमप्रभुले दाऊदका सबै शत्रुहरूको लेखा लिऊन्।”
17
अनि जोनाथनले दाऊदलाई जोनाथनप्रतिको तिनको प्रेमको कारणले तिनको शपथ पुनर्पुष्टि गर्न लगाए, किनभने तिनले जोनाथनलाई आफैलाई झैँ प्रेम गर्थे।
18
तब जोनाथनले दाऊदलाई भने, “भोलि औंसीको चाड़ हो। तपाईंको स्थान खाली देखेर तपाईं हुनुहुन्न रहेछ भनी थाहा हुनेछ।
19
पर्सि साँझतिर यो समस्या सुरु हुँदा तपाईं जहाँ लुक्नुभएको थियो त्यहीँ लुक्नुहोस्, र एजेल ढुङ्गाको छेउमा पर्खिनुहोस्।
20
कुनै निशानामा ताकेर हानेको जस्तै गरी म तीन वटा काँड़ हान्नेछु।
21
तब म मेरो केटालाई ती काँड़हरू खोज्न पठाउनेछु। यदि मैले त्यसलाई, ‘हेर्, काँड़हरू तेरो यतापट्टि छन्, ती टिपेर ले,’ भनें भने तपाईं आफू लुक्नुभएको ठाउँदेखि निस्केर आउन सक्नुहुन्छ। म शपथ खाएर भन्दछु, तपाईं कुशल रहनुहुनेछ, किनभने तपाईंलाई कुनै हानि हुनेछैन।
22
तर यदि मैले त्यस केटालाई ‘हेर्, काँड़हरू तेरो पल्लोपट्टि छन्,’ भनें भनेदेखि परमप्रभुले तपाईंलाई जानु नै भन्नुभएको रहेछ।
23
हामी दुईका बीचमा गरिएको वाचाबन्धन सदासर्वदै कायम रहून् भन्ने कुरामा परमप्रभु साक्षी हुनुहुनेछ।”
24
यसकारण दाऊद खेतमा लुकिरहे। चाड़ आयो। भोज तयार गरियो अनि राजा खानलाई बसे।
25
शाऊल भित्तापट्टिको आफ्नो नियत स्थानमा बसे, र अबनेर उनको छेउमा बसे। जोनाथन पनि उपस्थित थिए, तर दाऊदको ठाउँ खाली थियो।
26
त्यस दिन शाऊलले केही भनेनन्। “शायद तिनी धर्म-विधिअनुसार अशुद्ध भएका होलान्, यसैकारण तिनी अनुपस्थित भए” भनी उनले ठाने।
27
तर भोलिपल्ट, महिनाको दोस्रो दिन, दाऊदको ठाउँ अझै पनि खाली नै थियो। शाऊलले आफ्ना छोरा जोनाथनलाई सोधे, “हिजो र आज यिशैका छोरा किन भोजमा आएनन्?”
28
जोनाथनले शाऊललाई भने, “दाऊदले बेथलेहेम जानलाई मसित यसो भनेर अनुमति मागेका थिए,
29
‘हाम्रो परिवारले सहरमा बलिदान चढ़ाइरहेको छ, र मेरा दाजु आफैले मलाई त्यहाँ आउनलाई आज्ञा गरेका छन्। यसैले तपाईंको दृष्टिमा मैले निगाह पाएको छु भने मेरा दाजुहरूलाई भेट्न मलाई बिदा दिनुहोस्।’ यसैकारण तिनी राजासित खानलाई आउन सकेनन्।”
30
तब शाऊलले जोनाथनसित झोकिएर भने, “तँ बदमाश र बागी स्त्रीको छोरो। मलाई थाहा छ कि तैंले यिशैको छोराको पक्ष लिएको छस्, यसैले आफूमाथि र तँलाई जन्माएकी तेरी आमामाथि अनादर ल्याएको छस्।
31
यिशैको छोरो पृथ्वीमा बाँचुञ्जेल न त तँ न तेरो राज्य सुरक्षित रहनेछ। त्यसलाई झट्टै बोलाएर यहाँ ले, किनभने त्यो मारिनैपर्छ।”
32
जोनाथनले आफ्ना पितालाई उत्तरमा भने, “तिनी मारिने योग्यका छन्? किन? तिनले के गरेका छन्?”
33
तर यस कुराले गर्दा शाऊलले आफ्नो भाला उठाएर उनलाई प्रहार गरे। तब आफ्ना बुबाले दाऊदलाई मार्न खोजेका नै रहेछन् भनी जोनाथनलाई पक्का भयो।
34
जोनाथन रीसले टेबिलबाट उठेर गइहाले, र त्यस महिनाको दोस्रो दिन उनले केही खाएनन्, किनभने दाऊदको खातिर उनी साह्रै दु:खी भए, किनकि उनका पिताले दाऊदलाई अपमान गरेका थिए।
35
भोलिपल्ट बिहान तोकिएको समयमा जोनाथन दाऊदसँग भेट गर्न एक जना जवान ठिटालाई लिएर खेतमा निस्के।
36
उनले त्यस ठिटालाई भने, “म काँड़ हान्नेछु, तँ गएर खोज्।” त्यो ठिटो गयो, र उनले त्यसको टाउको माथि एउटा काँड़ हाने।
37
जब त्यो ठिटा जोनाथनले काँड़ हानेको ठाउँमा पुग्यो, तब त्यो जाँदाजाँदै जोनाथनले कराएर भने, “हेर, काँड़ तेरो पल्लोपट्टि छ।
38
चाँड़ो गर्। समय खेर नफाल्। छिटो गर्।” त्यस ठिटाले काँड़ टिप्यो, र आफ्ना मालिककहाँ फर्क्यो।
39
तर त्यसको अर्थचाहिँ जोनाथन र दाऊदले मात्र जानेका थिए। त्यस ठिटाले केही थाहा पाएको थिएन।
40
तब जोनाथनले आफ्ना हतियारहरू त्यस ठिटालाई दिए, र ती सहरमा लैजान भनी अह्राए।
41
त्यो ठिटा गइसकेपछि दाऊद ढुङ्गाको दक्षिणतिरबाट निस्केर नम्रतापूर्वक तीन पल्ट निहुरेर ढोग गरे। अनि तिनीहरू एकले अर्कालाई चुम्बन गरे, र दुवै रोए। अनि दाऊदको अफसोस जोनाथनको भन्दा ज्यादा भयो।
42
तब जोनाथनले दाऊदलाई भने, “शान्तिसाथ जानुहोस्। तपाईं र म, तपाईंका सन्तान र मेरा सन्तानका बीचमा सदासर्वदै साक्षी हुनुहुने परमप्रभुको नाउँमा हामी एउटाले अर्कोसित वाचाबन्धन बाँधेका छौं।” तब दाऊद तुरुन्तै गइहाले, र जोनाथनचाहिँ सहरमा फर्के।
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31