bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Samuel 12
1 Samuel 12
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 13 →
1
तब शमूएलले भेला भएका इस्राएलीहरूलाई यसो भने, “मैले तिमीहरूले भनेका सबै कुरा सुनें, र तिमीहरूमाथि राज्य गर्नलाई राजा नियुक्त गरें।
2
अब यिनै राजा तिमीहरूका अगुवा भएका छन्। मचाहिँ वृद्ध भएको छु, र मेरो कपाल फुलिसकेको छ। मेरा छोराहरू तिमीहरूसँग छन्। म त मेरो बालककालदेखि नै तिमीहरूका अगुवा भएर आएको छु।
3
म यहीँ छु। मेरो विरुद्धमा तिमीहरूको केही भन्नु छ भने यहाँ परमप्रभु र उहाँका अभिषिक्त जनको उपस्थितिमा उजूर गर। कसको गोरु मैले लिएको छु? कसको गधा मैले लिएको छु? मैले कसलाई ठगेको छु? मैले कसमाथि अत्याचार गरें? मैले कसको कसूर लुकाउनलाई घूस लिएँ? मलाई भन, र म त्यसको क्षतिपूर्ति गरिदिनेछु।”
4
तिनीहरूले जवाफ दिए, “तपाईंले हामीलाई ठग्नुभएको छैन। तपाईंले हामीमाथि केही अत्याचार गर्नुभएको छैन। तपाईंले कुनै मानिसबाट केही लिनुभएको छैन।”
5
तब शमूएलले तिनीहरूलाई भने, “मेरो हातमा तिमीहरूले केही भेट्टाएनौ भनी आजको दिन परमप्रभु तिमीहरूका विरुद्धमा साक्षी हुनुहुन्छ, र उहाँका अभिषिक्त जन पनि साक्षी छन्।” तिनीहरूले भने, “उहाँ साक्षी हुनुहुन्छ।”
6
शमूएलले मानिसहरूलाई भने, “परमप्रभुले नै तिमीहरूलाई मोशा र हारून दिनुभयो, र तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनुभयो।
7
अब यहाँ खड़ा होओ, किनकि परमप्रभुको उपस्थितिमा तिमीहरूका अगि म तर्क पेश गर्नेछु, र तिमीहरूका निम्ति र तिमीहरूका पिता-पुर्खाहरूका निम्ति उहाँले गर्नुभएका सबै धार्मिक कार्यहरू म सुनाउनेछु।
8
“याकूब मिश्रदेशमा प्रवेश गरेपछि तिनले सहायताको निम्ति परमप्रभुलाई पुकारे, अनि उहाँले मोशा र हारूनलाई पठाउनुभयो, जसले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेशबाट निकालेर ल्याए, र यस ठाउँमा बसाए।
9
“तर तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्से, र उहाँले तिनीहरूलाई त्यागेर हासोरका सेनापति सीसरा तथा पलिश्तीहरू र मोआबका राजाका हातमा सुम्पिदिनुभयो, जसले तिनीहरूका विरुद्धमा लड़ाइँ गरे।
10
तिमीहरूका पिता-पुर्खाहरूले सहायताको निम्ति यसो भनेर परमप्रभुलाई पुकारे, ‘हामीले पाप गर्यौं। हामीले परमप्रभुलाई त्याग्यौं, अनि बाल देवता र अश्तोरेत देवताहरूलाई पुज्यौं। तर अब हामीलाई हाम्रा शत्रुहरूबाट छुटकारा दिनुहोस्, र हामी तपाईंको सेवा गर्नेछौं’।
11
तब परमप्रभुले यरूब-बाल र बाराक, यिप्ता र शमूएललाई तिमीहरूका चारैतिरका शत्रुबाट छुटकारा दिनलाई पठाउनुभयो, अनि तिमीहरू शान्ति र कुशलसित बस्न लाग्यौ।
12
“तर त्यसपछि जब अम्मोनीहरूका राजा नाहाशलाई तिमीहरूका विरुद्धमा आइरहेका तिमीहरूले देख्यौ, तब परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूका राजा हुनुभए तापनि तिमीहरूले मलाई भन्यौ, ‘होइन, हामीमाथि शासन गर्नलाई हामीलाई राजा चाहिन्छ’।
13
अब, तिमीहरूले मागेका राजा यहाँ छन्। तिमीहरूले उनलाई चुन्यौ, र परमप्रभुले एक जना राजा तिमीहरूमाथि नियुक्त गर्नुभयो।
14
यदि तिमीहरूले परमप्रभुलाई श्रद्धा गर्यौ र भक्तिसित उहाँको सेवा गर्यौ भने, र यदि तिमीहरू उहाँका आज्ञाको विरुद्धमा बागी भएनौ भने, अनि यदि तिमीहरू र तिमीहरूका राजा परमप्रभु परमेश्वरप्रति विश्वासी भयौ भने बेसै हो।
15
तर यदि तिमीहरूले परमप्रभुको आज्ञापालन गरेनौ र तिमीहरू उहाँका आज्ञाप्रति बागी भयौ भने, उहाँ तिमीहरूका विरुद्धमा खड़ा हुनुहुनेछ, जसरी उहाँ तिमीहरूका पुर्खाहरूका विरुद्धमा हुनुहुन्थ्यो।
16
“अब चूपचाप खड़ा होओ, र परमप्रभुले तिमीहरूकै नजरको सामुन्ने गर्नुहुने बड़ो अचम्मको कामलाई हेर।
17
अहिले गहूँको कटनीको समय छ, होइन? म परमप्रभुलाई पुकार्नेछु, अनि उहाँले गर्जन र वृष्टि पठाउनुहुनेछ। तब तिमीहरूले देख्नेछौ र जान्नेछौ कि राजा मागेर तिमीहरूले परमप्रभुको दृष्टिमा कस्तो खराबी गरेका रहेछौ।”
18
तब शमूएलले परमप्रभुलाई पुकारे, र उहाँले त्यसै दिन गर्जन र वृष्टि पठाउनुभयो। सबै मानिसहरू परमप्रभु र शमूएलको अगि भयभीत भए।
19
तिनीहरूले शमूएललाई भने, “मृत्युदेखि बाँचौं भनेर परमप्रभु तपाईंका परमेश्वरसँग हामी तपाईंका सेवकहरूका निम्ति प्रार्थना गरिदिनुहोस्। किनभने हामीले हाम्रा पापमाथि राजा मागेर यो ठूलो खराबी थपेका छौं।”
20
शमूएलले मानिसहरूलाई भने, “नडराओ। तिमीहरू यस्ता दुष्ट भए तापनि परमप्रभुको आराधना गर्न नछोड़, तर आफ्नो पूरा हृदयले उहाँको सेवा गर।
21
व्यर्थका देवताहरू पछि नलाग, जसले न त सहायता गर्न सक्छन् न बचाउन सक्छन्, किनभने तिनीहरू व्यर्थ हुन्।
22
आफ्नो महान् नाउँको खातिर परमप्रभुले तिमीहरूलाई त्याग्नुहुनेछैन, किनभने उहाँले तिमीहरूलाई आफ्नै निज प्रजा तुल्याउने निश्चय गर्नुभएको छ।
23
तिमीहरूका निम्ति प्रार्थना गर्न छोड़ेर परमप्रभुको अगि पाप गर्ने दिनचाहिँ मबाट परै रहोस्। जे ठीक र असल छ सो म तिमीहरूलाई देखाउनेछु।
24
तिमीहरूले परमप्रभुको श्रद्धा गर र तिमीहरूका पूरा हृदयले ईमानदारीसित उहाँको सेवा गर। तिमीहरूका निम्ति उहाँले कस्तो ठूलो काम गर्नुभएको छ, सो विचार गर।
25
तर तिमीहरूले खराबी नै गरिरह्यौ भने, तिमीहरू र तिमीहरूका राजा नष्ट हुनेछौ।”
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31