bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Samuel 13
1 Samuel 13
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 14 →
1
शाऊल राजा हुँदा तीस वर्षका थिए। उनले इस्राएलमा बयालीस वर्ष राज्य गरे।
2
शाऊलले इस्राएलका तीन हजार मानिसहरूलाई चुने— दुई हजार उनीसँग मिकमाशमा र बेथेलको पहाड़ी देशमा थिए, र एक हजार जोनाथनसँग बेन्यामीनको गिबामा थिए। बाँकी मानिसहरूलाई चाहिँ उनले घरमा पठाइदिए।
3
जोनाथनले गिबामा भएको पलिश्ती चौकीमाथि आक्रमण गरे, र त्यसको खबर पलिश्तीहरूका बीचमा फैलियो। शाऊलले “सबै हिब्रूहरूले सुनून्” भनेर देशको चारैतिर तुरही फुक्न लगाए।
4
यसैले “शाऊलले पलिश्ती चौकीमाथि आक्रमण गरेछन्, र अब पलिश्तीहरूले इस्राएललाई घृणा गर्छन्” भनी सारा इस्राएलीहरूले सुने। तब उनको आह्वानलाई सुनेर तिनीहरू गिलगालमा शाऊलकहाँ भेला भए।
5
पलिश्तीहरू इस्राएललाई आक्रमण गर्न जम्मा भए। उनीहरूसित तीन हजार रथ र छ हजार रथ चालक तथा समुद्रको किनारका बालुवा जतिकै अनगन्ती पैदल-सिपाहीहरू थिए। उनीहरूले उक्लेर बेथ-आवनको पूर्वतिर मिकमाशमा छाउनी हाले।
6
इस्राएलीहरू घोर सङ्कष्टमा परे, किनभने तिनीहरू साह्रै पेलिए। यसैले तिनीहरू ओड़ार र झाड़ीहरूमा, चट्टानका बीच-बीचमा, र खाड़लहरू र इनारहरूमा लुके।
7
कोही हिब्रूहरू यर्दन नदी पार गरेर गाद र गिलादका जिल्लाहरूमा पनि भागे। तर शाऊलचाहिँ गिलगालमा नै बसिरहे र उनका पछि लागेका सबै मानिसहरू डरले काँप्न लागे।
8
शमूएलले ठहराएअनुसार शाऊल सात दिनसम्म पर्खिरहे, तर शमूएल गिलगालमा आएनन्। मानिसहरू शाऊलदेखि हट्न लागे।
9
यसकारण उनले भने, “होमबलि र मेलबलिहरू यहाँ मकहाँ ल्याऊ।” तब उनले नै होमबलि चढ़ाए।
10
शाऊलले बलिदान चढ़ाइसकेका मात्र थिए, तब शमूएल आइपुगे। शाऊल तिनलाई भेट गर्नलाई गए।
11
शमूएलले भने, “यो तपाईंले के गर्नुभयो?” शाऊलले जवाफ दिए, “मानिसहरू मबाट हटिरहेका मैले देखें, र तपाईंले प्रतिज्ञा गर्नुभएको समयमा तपाईं पनि आउनुभएन, र पलिश्तीहरू मिकमाशमा जम्मा हुँदैथिए,
12
अनि मैले यही विचार गरें कि पलिश्तीहरू मेरो विरुद्धमा गिलगालमा आउनेछन्, र मैले परमप्रभुका निगाहको निम्ति बिन्ती गरेको छैनँ। यसैले म आफैले यो होमबलि चढ़ाउन बाध्य भएको अनुभव गरें।”
13
शमूएलले शाऊललाई भने, “तपाईंले मूर्ख काम गर्नुभयो। परमप्रभु तपाईंका परमेश्वरले तपाईंलाई दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएन। यदि तपाईंले पालन गर्नुभएको भए त उहाँले तपाईंको राज्य इस्राएलमाथि सधैँको निम्ति स्थिर गराउनुहुनेथियो।
14
तर अब तपाईंको राज्य निरन्तर रहनेछैन। परमप्रभुले आफैले रुचाउनुभएको एक जना मानिस खोज्नुभएको छ, र तिनलाई नै आफ्ना प्रजाका अगुवा हुनलाई नियुक्त गर्नुभएको छ, किनभने तपाईंले परमप्रभुको आज्ञापालन गर्नुभएन।”
15
तब शमूएल उठे, र गिलगाल छोड़ेर बेन्यामीनको गिबातिर गए। अनि शाऊलले आफूसित भएका मानिसहरूको गन्ती गरे। तिनीहरू प्राय: छ सय जति थिए।
16
शाऊल, उनका छोरा जोनाथन र उनीहरूसँग भएका मानिसहरू बेन्यामीनको गिबामा रहे। पलिश्तीहरूचाहिँ मिकमाशमा डेरा हालेर बसे।
17
पलिश्तीहरूको छाउनीबाट लुट्नेहरूका तीन दल आए। एक दल शूआलको जिल्लामा भएको ओप्रातिर लाग्यो।
18
अर्को दल बेथ-होरोनतिर लाग्यो। अनि तेस्रो दलचाहिँ सबोईमको बेँसी र उजाड़-स्थानको सामुका डाँड़ाहरूको श्रेणीतिर लाग्यो।
19
त्यस बेला इस्राएलभरि नै कुनै लोहार पाइँदैनथ्यो, किनभने पलिश्तीहरूले हिब्रूहरूलाई तरवार र भाला बनाउन नदिने निश्चय गरेका थिए।
20
आ-आफ्नो फाली, कोदालो, बन्चरो र हँसिया पनि इस्राएलीहरूले पलिश्तीहरूकहाँ उध्याउन जानुपर्थ्यो।
21
एउटा फाली वा कोदालो उध्याउने दाम शेकेलको दुई-तिहाइ, र गोरु धपाउने अंकुसे मिलाउन र बन्चरो उध्याउनलाई शेकेलको एक-तिहाइ लाग्थ्यो।
22
यसैले जब युद्ध सुरु भयो तब शाऊल र जोनाथनको पछि लाग्ने कुनै मानिसको पनि तरवार वा भाला थिएन। केवल शाऊल र जोनाथनसित मात्र हतियार थिए।
23
त्यस बेला मिकमाशको घाटी रोक्नलाई पलिश्तीहरूको एक दल सिपाही निस्केर गएको थियो।
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31