bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Samuel 25
1 Samuel 25
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 26 →
1
शमूएलको मृत्यु भयो, र सारा इस्राएल तिनको निम्ति विलाप गर्नलाई आए, अनि तिनी रामामा आफ्नै घरमा गाड़िए। त्यसपछि दाऊद माओनको मरुभूमिमा झरे।
2
माओनको एक जना मानिस थियो, जसको कर्मेलमा धेरै सम्पत्ति थियो। त्यो निकै धनी थियो। त्यसका तीन हजार भेड़ा र एक हजार बाख्रा थिए। त्यसले कर्मेलमा आफ्ना भेड़ाको ऊन कत्रँदैथियो।
3
त्यसको नाउँ नाबाल थियो, र त्यसकी पत्नीको नाउँ अबीगेल थियो। अबीगेल सुन्दरी र बुद्धिमती स्त्री थिइन्। तर तिनको पतिचाहिँ कालेबका वंशको एक खस्रो र नीच स्वभाव भएको मानिस थियो।
4
नाबालले आफ्ना भेड़ाहरूको ऊन कत्रँदैछ भन्ने कुरो दाऊदले मरुभूमिमा सुने।
5
तिनले आफ्ना दश जना मानिसहरूलाई यसो भनेर पठाए, “कर्मेलमा जाओ, र नाबाललाई खोजेर उनलाई मेरो अभिवादन देओ।
6
तिमीहरूले उनलाई भन, “तपाईं, तपाईंका परिवारलाई र तपाईंसँग भएका सबैसित शान्ति होस्। तपाईं आफ्ना भेड़ाहरूको ऊन कत्रँदैहुनुहुन्छ भन्ने कुरा मैले सुनें।
7
“‘तपाईंका गोठालाहरू हामीसँग यति दिन रहँदा हामीले उनीहरूलाई सताएनौं। उनीहरू कर्मेलमा हुँदा उनीहरूको केही पनि हराएन।
8
तपाईंका आफ्ना मानिसहरूलाई सोध्नुहोस्, र उनीहरूले तपाईंलाई सबै कुरा भन्नेछन्। कृपया मेरा मानिसहरूलाई दयापूर्वक ग्रहण गर्नुहोस्, किनभने आजको दिन शुभ दिन छ, र तपाईंका दासहरू र तपाईंको छोरा दाऊदलाई जे दिन सक्नुहुन्छ दिनुहोस्’।”
9
दाऊदका जवानहरू आएर दाऊदको नाउँमा नाबाललाई यो समाचार दिए। त्यसपछि तिनीहरूले पर्खे।
10
नाबालले दाऊदका जवानहरूलाई यो उत्तर दियो, “दाऊद को हो? यो यिशैको छोरो को हो? हिजोआज धेरै कमाराहरू आफ्ना मालिकदेखि भागेर जान्छन्।
11
मेरो खानेकुरा, मेरो दाखमद्य र मेरा ऊन कत्रनेहरूका लागि जुटाएका मासु अज्ञात मानिसहरूलाई मैले किन दिनु?”
12
दाऊदका मानिसहरू फर्केर आफ्नो बाटो लागे, र दाऊदलाई यी सब कुरा बताइदिए।
13
दाऊदले आफ्ना मानिसहरूलाई भने, “सबैले आ-आफ्नो तरवार भिर।” तिनीहरू सबैले आ-आफ्नो तरवार भिरे, र दाऊदले पनि आफ्नो तरवार भिरे। प्राय: चार सय जना दाऊदको पछि लागे, र अरू दुई सय जनाचाहिँ मालसामान हेर्नलाई बसे।
14
नाबालको कुनै एक जना सेवकले नाबालकी पत्नी अबीगेललाई भन्यो, “दाऊदले मरुभूमिबाट हाम्रा मालिकलाई नम्रतापूर्वक अभिवादन दिनलाई मानिसहरू पठाएका थिए, तर उहाँले त तिनीहरूको अपमान गर्नुभयो।
15
तर ती मानिसहरूले हामीलाई राम्रो व्यवहार देखाएका थिए, र हामीलाई सताएनन्, र हामी तिनीहरूसँग खुला मैदानमा यताउता जाँदा हामीले हाम्रो कुनै चीज हराएनौं।
16
जब हामी आफ्ना भेड़ाहरू चराउन जान्थ्यौं, तब तिनीहरू रातदिन हाम्रा चारैतिर पर्खालजस्तै थिए।
17
अब तपाईंले के गर्नुपर्छ सो राम्रो विचार गर्नुहोस्, किनभने हाम्रा मालिक र उहाँका सबै परिवारमाथि निश्चय नै सर्वनाश आउँदैछ। उहाँ यति दुष्ट मानिस हुनुहुन्छ कि उहाँसँग त कुरै गर्नु पनि फाइदा छैन।”
18
यसैले झट्टै दुई सय रोटी, दुई मशक दाखमद्य, काटकुट पारी बनाएका पाँच वटा भेड़ा, आठ पाथी चिउरा, एक सय झुप्पा किशमिश, र सुकाएका नेभाराका दुई सय डल्ला अबीगेलले लिएर गधाहरूमा ती लदाइन्।
19
तब तिनले आफ्ना नोकरहरूलाई भनिन्, “तिमीहरू अगिअगि जाओ, म तिमीहरूका पछि आउनेछु।” तर आफ्ना पतिलाई तिनले यस विषयमा केही भनिनन्।
20
जब तिनी गधामा चढ़ेर डाँड़ा बीचको बाटो भएर गइरहेकी थिइन्, तब दाऊद र उनका मानिसहरू तिनीतर्फ तलतिर झर्दैथिए, र अबीगेलले तिनीहरूलाई भेटिन्।
21
दाऊदले भर्खरै भनेका थिए, “मरुभूमिमा केही पनि नहराउने गरी यति राम्रोसँग यस मानिसका धन-सम्पत्तिको रक्षा गरिदिनु त व्यर्थ भयो। त्यसले भलाइको साटो मलाई खराबी गर्यो।
22
भोलि बिहानसम्ममा त्यससँग भएको एकैजना पुरुष पनि जीवित रह्यो भने, परमेश्वरले मलाई त्यसै गरून् अथवा त्यसभन्दा पनि बढ़ी गरून्।”
23
जब अबीगेलले दाऊदलाई देखिन् तब तिनी हतार-हतार आफ्नो गधाबाट ओर्लिन, र दाऊदको सामुन्ने घोप्टो परी भूइँसम्मै निहुरेर
24
तिनको खुट्टामा दण्डवत् गरी भनिन्, “हे मेरा प्रभु, दोष मैमाथि नै परोस्। हजूरको विनम्र दासीलाई बोल्ने अनुमति दिनुहोस्। मेरा प्रभुले मेरा कुरा सुन्नुहोस्।
25
हजूरले त्यस दुष्ट मानिसको ख्याल नगर्नुहोस्। जस्तो त्यसको नाउँ नाबाल छ, त्यो त्यस्तै छ। त्यसको नाउँ ‘मूर्ख’ हो, र त्यसको बेहोरा पनि मूर्खको जस्तो छ। हजूरले पठाउनुभएका मानिसहरूलाई मैले देखिनँ, हजूर।
26
“अब रक्तपात गर्नु र बदला लिनुबाट हजूरलाई परमप्रभुले रोक्नुभएको छ। जीवित परमप्रभुको नाउँमा र हजूरका जीवनको शपथ खाएर म भन्दछु, हजूरका शत्रुहरू र हजूरको नाश चाहनेहरू सबैको दशा नाबालकै जस्तो होस्।
27
म हजूरकी विनम्र दासीले ल्याएको सौगात यहाँ छ। हजूरको अधीनमा भएका जवान मानिसहरूलाई त्यो दिनुहोस्।
28
हे मेरा मालिक, धृष्टता गरेकोमा हजूरकी दासीलाई क्षमा गर्नुहोला। परमप्रभुले हजूरको वंशलाई सदासर्वदै स्थिर गर्नुहुनेछ, किनभने हजूरले परमेश्वरकै युद्धहरू गर्नुहुन्छ। हजूरको जीवनकालभरि हजूरमा कुनै किसिमको खराबी नपाइओस्।
29
यदि कुनै मानिसले हजूरलाई खेद्न र हजूरको प्राण लिन खोज्यो भने परमप्रभु हजूरका परमेश्वरले हजूरको प्राणलाई सुरक्षित राखेर जीवितहरूमध्ये राख्नुहुनेछ। तर हजूरका शत्रुहरूका प्राणलाई चाहिँ उहाँले घुयेँत्रोमा राखेर हानेको ढुङ्गाजस्तै फ्याँक्नुहुनेछ।
30
जब परमप्रभुले हजूरलाई दिनुभएका सबै प्रतिज्ञा पूरा गरीकन इस्राएलका शासक बनाउनुहुनेछ,
31
तब हजूरले निर्दोष रगत बगाउनुभएको र आफ्नो बदला लिनुभएको कारण हजूरको निम्ति पछितो लाग्ने अथवा गह्रौँ बोझ हुने केही कारण हुनेछैन। त्यस बेला जब परमप्रभुले हजूरको उन्नति गर्नुहुनेछ, तब म, हजूरकी दासीलाई पनि सम्झनुहोला।”
32
तब दाऊदले अबीगेललाई भने, “परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा होस्, जसले आज मसँग भेट गर्नलाई तिमीलाई पठाउनुभयो।
33
तिम्रो बुद्धि धन्यको हो, तिमी धन्यकी हौ, किनभने आज तिमीले मलाई हत्या र प्रतिशोधको दोषदेखि जोगायौ।
34
किनकि तिम्रो हानि गर्नदेखि जोगाउनुहुने परमप्रभु इस्राएलका परमेश्वरकै नाउँको शपथ खाएर म भन्दछु कि यदि तिमी मलाई भेट्न झट्टै नआएकी भए नाबालका परिवारको एकैजना पुरुष पनि बिहानसम्म जीवित रहनेथिएन।”
35
तब दाऊदले अबीगेलले तिनको निम्ति ल्याएका कोसेली ग्रहण गरे, र भने, “शान्तिसित घर फर्क। मैले तिम्रो कुरा सुनें, र तिम्रो बिन्ती मन्जूर गरें।”
36
अबीगेल फर्केर आएपछि तिनले नाबालले आफ्नो घरमा राजाले दिने योग्यको ठूलो भोज आयोजना गरेको देखिन्। नाबाल खुशी भएर मद्यले खूब लट्ठ भएको थियो। त्यो यति साह्रो लट्ठ थियो कि त्यसकी पत्नीले त्यसलाई बिहानसम्म केही पनि सुनाइनन्।
37
बिहानै मद्यको नशाले छोड़ेपछि तिनले त्यसलाई सबै कुरा बताइन्, अनि झट्टै त्यसको हृदयले काम गर्न छाड्यो, र त्यो पत्थरझैँ भयो।
38
दश दिनपछि परमप्रभुले त्यसलाई प्रहार गर्नुभयो, र त्यो मर्यो।
39
जब दाऊदले नाबाल मरेको कुरा सुने, तिनले भने, “त्यसले गरेको बेइज्जतको निम्ति नाबाललाई दण्ड दिनुहुने र उहाँको दास, मलाई खराबी गर्नदेखि जोगाउनुहुने परमप्रभुको प्रशंसा होस्। नाबालले गरेको खराबी त्यसको आफ्नै टाउकोमा परमप्रभुले खन्याउनुभएको छ।” तब दाऊदले अबीगेललाई तिनकी पत्नी हुनलाई प्रस्ताव पठाए।
40
दाऊदका सेवकहरू कर्मेलमा अबीगेलकहाँ गएर तिनलाई भने, “तपाईंलाई आफ्नी पत्नी तुल्याउनलाई दाऊदले हामीलाई लिएर आउनू भनी पठाउनुभएको छ।”
41
तिनी उठिन्, र भूइँमा घोप्टो परी दण्डवत् गरेर भनिन्, “म उहाँको आज्ञापालन गर्ने र मेरा हजूरका सेवकहरूका खुट्टा धुने उहाँकी दासी हुँ।”
42
तब अबीगेल हतार-हतार तयार भइन्, र आफ्ना पाँच जना सहेलीहरूसँग गधामा चढ़ेर समाचार ल्याउने दाऊदका मानिसहरूका साथमा गइन्, र दाऊदकी पत्नी भइन्।
43
दाऊदले यिजरेलकी अहीनोमलाई पनि विवाह गरेका थिए। यी दुवै स्त्रीहरू तिनका पत्नी भए।
44
यसै बीचमा शाऊलले आफ्नी छोरी दाऊदकी पत्नी मीकललाई चाहिँ गल्लीमका लेशको छोरा पल्तिएललाई दिइहालेका थिए।
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 26 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31