bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Samuel 3
1 Samuel 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 4 →
1
अब बालक शमूएल एलीको अधीनमा परमप्रभुको सेवा गर्दथे। त्यस बेला परमप्रभुको वचन विरलै सुनिन्थ्यो, अनि दर्शन पनि उस्तो दिइँदैनथ्यो।
2
एक रात एली आफ्नो नियमित ठाउँमा पल्टिरहेका थिए। एलीका आँखा धमिला भइसकेका थिए, र तिनले राम्ररी देख्न सक्दैनथे।
3
शमूएलचाहिँ परमेश्वरको सन्दूक भएको परमप्रभुको मन्दिरमा सुतिरहेको थियो। परमेश्वरको बत्ती निभेको थिएन।
4
तब परमप्रभुले शमूएललाई बोलाउनुभयो। शमूएलले जवाफ दिए, “म यहीँ छु।”
5
अनि दगुरेर एलीकहाँ गएर तिनले भने, “तपाईंले मलाई बोलाउनुभयो। म यहाँ छु।” तर एलीले भने, “अँहँ, मैले तँलाई बोलाइनँ। जा, गएर सुत्।” तब तिनी गएर सुते।
6
परमप्रभुले फेरि शमूएललाई बोलाउनुभयो। अनि तिनी उठेर एलीकहाँ गए र तिनले भने, “म यहाँ छु। तपाईंले मलाई बोलाउनुभयो।” एलीले भने, “मेरो छोरो, मैले तँलाई बोलाइनँ। जा, गएर सुत्।”
7
अब शमूएलले अझसम्म परमप्रभुलाई चिनेका थिएनन्। परमप्रभुको वचन तिनलाई प्रकट गरिएको थिएन।
8
परमप्रभुले तिनलाई तेस्रो पल्ट बोलाउनुभयो, र एलीकहाँ गएर तिनले भने, “म यहाँ छु। तपाईंले मलाई बोलाउनुभएको हो।” तब परमप्रभुले यस बालकलाई बोलाइरहनुभएको रहेछ भनी एलीले बुझे।
9
उनले शमूएललाई भने, “ढल्किबस्, र यदि उहाँले फेरि बोलाउनुभयो भने यसो भन्नू, ‘परमप्रभु, भन्नुहोस्, तपाईंको दास सुन्दैछ’।” तब शमूएल गएर आफ्नो ठाउँमा ढल्किए।
10
तब परमप्रभु त्यहाँ आएर उभिनुभयो, र अघिजस्तै बोलाउनुभयो, “शमूएल, शमूएल।” शमूएलले जवाफ दिए, “भन्नुहोस्, तपाईंको दास सुन्दैछ।”
11
अनि परमप्रभुले शमूएललाई भन्नुभयो, “हेर, म इस्राएलमा चाँड़ै केही गर्नेछु, र त्यसले गर्दा सुन्नेहरू सबैका कान झन्किनेछन्।
12
जब त्यो दिन आउनेछ तब मैले एली र त्यसका परिवारको विरुद्धमा भनेको हरेक कुरो सुरुदेखि आखिरसम्मै म पूरा गर्नेछु।
13
मैले त्यसलाई भनेको थिएँ, कि म त्यसका परिवारको सधैँ इन्साफ गर्नेछु, किनभने परमेश्वरको विरुद्धमा त्यसका छोराहरूले आफूलाई घृणास्पद बनाएका जानेर पनि त्यसले तिनीहरूलाई रोकेन।
14
यसकारण एलीका परिवारको विरुद्धमा मैले यो शपथ खाएको छु, ‘एलीका घरानाको पाप कुनै पनि बलिदान वा भेटीले मेटिनेछैन’।”
15
शमूएल बिहानसम्मै सुतिरहे। त्यसपछि तिनले परमप्रभुको भवनका ढोकाहरू खोले। त्यस दर्शनको विषयमा एलीलाई भन्न तिनी डराए,
16
तर एलीले शमूएललाई बोलाएर भने, “हे मेरो छोरो शमूएल।” तिनले भने, “म यहाँ छु।”
17
एलीले सोधे, “परमप्रभुले तँलाई के भन्नुभयो? मलाई त्यो नलुकाई भन्। उहाँले तँलाई भन्नुभएका सबै कुरामा एउटै कुरा लुकाइस् भने पनि परमेश्वरले तँसित कठोरतासाथ व्यवहार गरून्।”
18
यसैले शमूएलले उनलाई सबै कुरा बताइदिए, केही कुरा पनि लुकाएनन्। एलीले भने, “उहाँ परमेश्वर हुनुहुन्छ, उहाँको दृष्टिमा जे कुरो ठीक छ, सो गरून्।”
19
जसै शमूएल बढ्न लागे, परमप्रभु तिनीसँग हुनुभयो, र उहाँका वचनहरूमा एउटै पनि अपूर्ण रहेन।
20
अनि दानदेखि बेर्शेबासम्मका सारा इस्राएलले शमूएल परमप्रभुका अगमवक्ता भएछन् भनी मान्यता दिए।
21
परमप्रभु शीलोमा देखा पर्दैरहनुभयो, र त्यहाँ उहाँले आफ्नो वचनद्वारा आफूलाई शमूएलकहाँ प्रकट गर्नुभयो।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
Recommended Reading
Commentary
1 Samuel Commentaries
→
Devotional
1 Samuel Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→