bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Samuel 5
1 Samuel 5
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 6 →
1
पलिश्तीहरूले परमेश्वरका करारको सन्दूक कब्जा गरेर लगेपछि उनीहरूले त्यो एबेन-एजेरबाट अश्दोदमा ल्याए।
2
अनि उनीहरूले त्यो बोकेर दागोनको मन्दिरमा ल्याए, र दागोनकै छेउमा राखे।
3
भोलिपल्ट जब अश्दोदका मानिसहरू उठे, उनीहरूले दागोनलाई परमप्रभुका सन्दूकको अगि घोप्टो परेर लड़िरहेको देखे। तब उनीहरूले दागोनलाई उठाएर त्यसकै स्थानमा राखिदिए।
4
तर भोलिपल्ट बिहानै जब उनीहरू उठे, तब दागोनचाहिँ परमप्रभुका सन्दूकको अगि घोप्टो परेर लड़िरहेको देखे, अनि त्यसको टाउको र दुई हातचाहिँ छिन्नभिन्न भएर सँघारमा पड़िरहेका थिए। दागोनको शरीर मात्र त्यहाँ रहेको थियो।
5
यसैकारण त्यस दिनदेखि यसो अश्दोदमा दागोनका पूजाहारीहरू र दागोनको मन्दिरमा पस्नेहरू सबै दागोनको सँघारमा खुट्टाले टेक्दैनन्।
6
तब परमप्रभुका हातको प्रकोप अश्दोदका र त्यसको वरिपरि बस्ने मानिसहरूमाथि पर्यो। उहाँले उनीहरूलाई दिनसम्म दु:ख दिनुभयो, र गिर्खाको रूढ़ीले सताउनुभयो। अनि उनीहरूको इलाकामा हूलका हूल मूसाहरू निस्के। उनीहरूका सहरहरूभरि नै मृत्यु र विनाश छायो।
7
जब अश्दोदका मानिसहरूले यो देखे उनीहरूले भने, “इस्राएलका परमेश्वरको सन्दूकलाई यहाँ हामीसँग राख्नुहुँदैन, किनभने उहाँका हातको प्रकोप हामीमाथि र हाम्रो देवता दागोनमाथि परेको छ।”
8
यसैले सन्दूकलाई के गर्नुपर्छ भनी सोध्नलाई उनीहरूले पलिश्तीहरूका सबै शासकहरूलाई बोलाए। तिनीहरूले भने, “इस्राएलका परमेश्वरको सन्दूक पारि गातमा पुर्याइओस्।”
9
उनीहरूले त्यो त्यहाँ लगे। तर त्यो त्यहाँ पुगेपछि परमप्रभुको हात तिनीहरूका विरुद्धमा उठ्यो र त्यो सहर ठूलो त्रासले भरियो। त्यहाँका ठूला-साना सबैलाई उहाँले गिर्खाको रूढ़ीले सताउनुभयो।
10
यसर्थ उनीहरूले परमेश्वरको सन्दूक एक्रोनमा पठाइदिए। सन्दूक एक्रोनमा प्रवेश गर्दा एक्रोनवासीहरू यसो भनेर कराए, “उनीहरूले त हामीलाई र हाम्रा परिवारलाई मार्नका निम्ति इस्राएलका परमेश्वरको सन्दूक हामीकहाँ ल्याएछन्।”
11
यसैले उनीहरूले पलिश्तीहरूका सबै शासकहरूलाई भेला हुनलाई बोलाए, र तिनीहरूलाई भने, “इस्राएलका परमेश्वरको सन्दूक फर्काइदिनुहोस्। त्यसलाई आफ्नै ठाउँमा पुर्याइदिनुहोस्, नत्रता त्यसले गर्दा हामी सबैको मृत्यु हुनेछ।” मृत्युको कारणले जम्मै सहरमा त्रास फैलिएको थियो, किनभने परमेश्वरका हातको प्रकोप त्यहाँ परेको थियो।
12
जो मरेका थिएनन्, उनीहरूलाई गिर्खाको रूढ़ीले सतायो। त्यस सहरको विलाप स्वर्गसम्मै पुग्यो।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31