bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Samuel 14
1 Samuel 14
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 15 →
1
एक दिन शाऊलका छोरा जोनाथनले आफ्ना हतियार बोक्ने जवान मानिसलाई भने, “आऊ, हामी त्यो डाँड़ाको पल्लोपट्टि भएको पलिश्तीहरूको चौकीतिर जाऔं।” तर तिनले यो कुरा आफ्ना पितालाई भनेनन्।
2
त्यस बेला शाऊलले गिबाको छेउनेर मिग्रोनमा भएको अनारको बोटमुनि आफ्नो पाल हालेर बसेका थिए। उनीसँग प्राय: छ सय जना मानिसहरू थिए।
3
तीमध्ये अहीतूबका छोरा शीलोमा परमप्रभुका पूजाहारी एलीका छोरा पीनहासका छोरा ईकाबोदको भाइ अहियाह पनि थिए, जसले एपोद लगाएका थिए। जोनाथन गएका कसैलाई थाहा थिएन।
4
घाटीको दुवैतिर, जहाँबाट जोनाथन पलिश्तीहरूको चौकीमा जान चाहेका थिए, त्यहाँ बोसेस र सेनेह नाउँ भएका दुई ठाड़ा पहरा थिए।
5
तीमध्ये एउटा मिकमाशतिर उत्तरमा र अर्कोचाहिँ गेबातिर दक्षिणमा थियो।
6
जोनाथनले आफ्ना हतियार बोक्नेलाई भने, “आऊ, हामी ती खतना नभएकाहरूको चौकी हेर्न जाऔं। शायद परमप्रभुले हामीलाई मदत दिनुहुनेछ। हामीलाई बचाउनुदेखि कुनै कुराले उहाँलाई रोक्न सक्दैन, चाहे हामी धेरै होऔं चाहे थोरै।”
7
तिनका हतियार बोक्ने मानिसले जवाफ दियो, “तपाईंलाई जे ठीक लाग्छ, गर्नुहोस्। अगि बढ्नुहोस्। तपाईं जे गर्नुहुन्छ म तनमनले तपाईंलाई साथ दिन्छु।”
8
जोनाथनले भने, “आऊ, हामी नाघेर पारिपट्टि जाऔं र उनीहरूले हामीलाई देखून्।
9
यदि ‘हामी नआउञ्जेल तिमीहरू त्यहीँ बसिरह’ भनी उनीहरूले भन्छन् भने, हामी आफू बसेकै ठाउँमा बसिरहौं र उनीहरूकहाँ नजाऔं।
10
तर यदि उनीहरूले ‘यहाँ हामीकहाँ उक्लेर आओ’ भनेर भन्छन् भने, हामी उक्लेर जाऔं, किनभने परमप्रभुले उनीहरूलाई हाम्रा हातमा सुम्पिदिनुभएको रहेछ भन्ने त्यो हाम्रा लागि एउटा चिन्ह हुनेछ।”
11
यसैकारण तिनीहरू पलिश्तीहरूकहाँ देखा परे। अनि पलिश्तीहरूले भने, “हेर त, हिब्रूहरू आफू लुकेका प्वालहरूबाट निस्कँदैछन्।”
12
उनीहरूले जोनाथन र तिनका हतियार बोक्ने मानिसलाई भने, “यहाँ हामीकहाँ उक्लेर आओ। हामी तिमीहरूलाई पाठ सिकाउनेछौं।” जोनाथनले आफ्ना हतियार बोक्नेलाई भने, “मेरो पछि उक्लेर आऊ। परमप्रभुले उनीहरूलाई इस्राएलको हातमा सुम्पिदिनुभएको रहेछ।”
13
तब जोनाथन चार हात-खुट्टा टेक्दै माथि चढ़े, अनि तिनका हतियार बोक्ने मानिस पनि तिनका पछिपछि लागे। ती पलिश्तीहरू जोनाथनको प्रहारमा ढले, र तिनको पछि आउने हतियार बोक्नेले उनीहरूलाई खतम पार्यो।
14
पहिलो आक्रमणमा चार रोपनीको क्षेत्रमा जोनाथन र तिनका हतियार बोक्नेले उनीहरूका प्राय: बीस जनालाई मारे।
15
तब छाउनी र रणभूमिमा भएको जम्मै सेनामा आतङ्क छायो। चौकीमा र लुट्नेहरूका दलमा भएका मानिसहरू पनि भयभीत भए। जमिनै काँप्यो, र उनीहरूमा आतङ्क बढ़्यो।
16
बेन्यामीनको गिबाको पहरामा बस्ने शाऊलका मानिसहरूले पलिश्तीको दललाई खलबलिएर जताततै कुदिरहेको देखे।
17
तब शाऊलले को-को छैनन् भनी जान्नलाई गन्ती लिए, अनि जोनाथन र तिनका हतियार बोक्नेलाई हाजिर नभएका भेट्टाए।
18
शाऊलले अहियाहलाई भने, “परमेश्वरको सन्दूक यहाँ ल्याऊ।” (त्यस बेला त्यो इस्राएलसँगै थियो।)
19
शाऊल पूजाहारीहरूसँग बोल्दैथिए पलिश्तीहरूका छाउनीको खैलाबैला झन्-झन् बढ्न लाग्यो, र उनले पूजाहारीलाई “तिम्रो हात झिक” भने।
20
तब शाऊल र उनका सबै मानिसहरू रणभूमितिर लागे, जहाँ पलिश्तीहरू तितरबितर भएर आफू-आफूमै लड़ाइँ गरिरहेका तिनीहरूले देखे।
21
ती हिब्रूहरू, जो त्यति बेलासम्म पलिश्तीहरूका अधीनमा भएका थिए र उनीहरूको छाउनीमा गएका पनि थिए, तिनीहरूले पलिश्तीहरूलाई छोड़ेर शाऊल र जोनाथनको साथमा भएका इस्राएलीहरूसँग मिल्न आए।
22
जब एफ्राइमको पहाड़ी देशमा लुकेका सबै इस्राएलीहरूले पलिश्तीहरू भागेका खबर सुने, तब तिनीहरू पनि मिलेर पलिश्तीहरूलाई खूब खेद्न लागे।
23
त्यस दिन परमप्रभुले इस्राएललाई छुटकारा दिनुभयो, र युद्ध बेथ-आवनको पारिसम्मै फिँजियो।
24
त्यस दिन इस्राएलीहरू साह्रै थाकेका थिए, किनकि शाऊलले मानिसहरूलाई यी शब्दहरूद्वारा शपथ खान लाएका थिए: “मैले मेरा शत्रुहरूलाई बदला लिई नसकुञ्जेल जसले साँझअघि केही खानेकुरो खाला त्यो मानिस श्रापित होस्।” यसैले कसैले पनि केही खाएन।
25
जम्मै मानिसहरू वनमा पुगे र त्यहाँ भूइँमा मह भेटाए।
26
तर मानिसहरूले त्यहाँ मह चाकाबाट चुहिरहेको देखे तापनि शपथको कारण कसैले पनि मह छुँदैछोएन।
27
तर आफ्ना पिताले मानिसहरूलाई शपथ खान लाएर एकदम मनाही गरेका जोनाथनले सुनेकै थिएनन्। तिनले आफ्नो हातमा भएको लट्ठी पसारेर त्यसको टुप्पाले चाकामा घोचे। तिनले आफ्नो मुखमा हात उठाए, र तिनमा स्फूर्ति आयो।
28
तर मानिसहरूमध्येको एक जनाले तिनलाई भन्यो, “तपाईंका पिताले यसो गर्नलाई एकदम मनाही गर्नुभएको छ। उहाँले भन्नुभएको छ, ‘आजको दिन खानेकुरो खाने मान्छे श्रापित होस्।’ यसैले मानिसहरूचाहिँ भोकले छटपटिसकेका छन्।”
29
जोनाथनले भने, “मेरा पिताले देशको लागि हानि गर्नुभएको छ। हेर त, म यो मह चाखेर मात्र पनि कस्तो फूर्तिलो भएको छु।
30
शत्रुहरूबाट लुटेको मालबाट आज मानिसहरूले खान पाएका भए झन् कति राम्रो हुनेथियो। अवश्य पलिश्तीहरूको पनि झन् ठूलो संहार हुनेथियो।”
31
त्यस दिन तिनीहरूले पलिश्तीहरूलाई मिकमाशदेखि अय्यालोनसम्मै प्रहार गरे। अनि मानिसहरू भोकले साह्रो शिथिल भए।
32
तिनीहरू लुट्नपट्टि लागे, र भेड़ा र गाईबस्तुहरू पक्रे, अनि भूइँमा नै मारेर रगतसमेत मासु खाए।
33
“मानिसहरूले मासु रगतसमेत खाएर परमप्रभुको विरुद्धमा पाप गर्दैछन्” भनी कसैले शाऊललाई भनिदियो। शाऊलले कराएर भने, “तिमीहरूले आफ्नो विश्वास तोड़्यौ। एउटा ठूलो ढुङ्गा पल्टाएर तुरुन्तै यहाँ ल्याओ।”
34
उनले फेरि भने, “मानिसहरूका माझमा गएर भन, तिमीहरूले आफ्ना गाईबस्तु र भेड़ा यहाँ ल्याओ र मारेर खाओ, र यसरी तिमीहरूले मासु रगतसमेत खाएर परमप्रभुको विरुद्धमा पाप नगर।” यसकारण रात परेपछि हरेक मानिस आ-आफ्नो गोरु धपाउँदै आयो, र त्यो त्यहीँ नै मार्यो।
35
तब शाऊलले परमप्रभुको निम्ति एउटा वेदी बनाए। त्योचाहिँ परमप्रभुको निम्ति शाऊलले बनाएको पहिलो वेदी थियो।
36
तब शाऊलले भने, “हामीहरू तल गएर पलिश्तीहरूमाथि राती आक्रमण गरौं र मिरमिरे उज्यालोसम्मै उनीहरूलाई लुटौं। उनीहरूको एकै जना मानिसलाई पनि हामी बाँकी नराखौं।” मानिसहरूले जवाफ दिए, “तपाईंलाई जे सबैभन्दा असल लाग्छ त्यही गर्नुहोस्।” तर पूजाहारीले भने, “हामी पहिले परमेश्वरसँग सल्लाह लिऔं।”
37
यसकारण शाऊलले परमप्रभुलाई सोधे, “के म पलिश्तीहरूलाई खेदौं? के तपाईंले उनीहरूलाई इस्राएलको हातमा सुम्पिदिनुहुनेछ?” तर त्यस दिन परमेश्वरले उनलाई केही जवाफ दिनुभएन।
38
यसकारण उनले भने, “सेनाका सबै नेताहरू अगाड़ि आओ, र आज के पाप भएको छ भनी पत्ता लगाऔं।
39
इस्राएललाई उद्धार गर्नुहुने जीवित परमप्रभुको नाउँमा म भन्दछु, कि मेरा छोरा जोनाथनमा नै त्यो लुकेको भए पनि तिनी मारिनेछन्।” तर कसैले पनि उनलाई केही भनेनन्।
40
तब शाऊलले इस्राएलीहरूलाई भने, “तिमीहरू सबै एकातिर बस, अनि म र मेरा छोरा जोनाथन अर्कोतिर बस्नेछौं।” मानिसहरूले जवाफ दिए, “तपाईंलाई जे सबभन्दा असल लाग्छ त्यही गर्नुहोस्।”
41
तब शाऊलले परमप्रभु इस्राएलका परमेश्वरलाई यसो भनेर प्रार्थना गरे, “आज तपाईंले आफ्नो दासलाई किन जवाफ दिनुभएन? यदि यो दोष म अथवा मेरो छोरा जोनाथनमा छ भने, हे परमप्रभु इस्राएलका परमेश्वर, चिट्ठामा त्यसको भाग ‘ऊरीम’ परोस्। यदि यो दोष तपाईंको प्रजा इस्राएलमा छ भने त्यसलाई ‘तुम्मीम’ परोस्।” जोनाथन र शाऊललाई चिट्ठाले अलग गर्यो, र मानिसहरूचाहिँ छुट्टिए।
42
तब शाऊलले भने, “म र मेरा छोरा जोनाथनको बीचमा चिट्ठा हाल।” अनि जोनाथन छानिए।
43
तब शाऊलले जोनाथनलाई भने, “तिमीले के गर्यौ? मलाई भन।” जोनाथनले भने, “मैले मेरो लट्ठीको टुप्पाले अलिकता मह चाखेको मात्र हुँ। के अब म मर्नुपर्छ?”
44
शाऊलले भने, “जोनाथन, तिमी मारिएनौ भने परमेश्वरले मसित योभन्दा कठोर व्यवहार गरून्।”
45
तर मानिसहरूले शाऊललाई भने, “के जोनाथन मारिने? ती नै जोनाथन, जसले इस्राएलको निम्ति यस्तो ठूलो विजय प्राप्त गरेका छन्? यस्तो नहोस्। जीवित परमप्रभुको नाउँमा हामी भन्दछौं कि तिनको एउटा केश पनि भूइँमा खस्न पाउनेछैन, किनभने तिनले आज परमेश्वरको सहायताले काम गरेका छन्।” यसरी मानिसहरूले जोनाथनलाई मुक्त गराए, र तिनी मारिएनन्।
46
यद्यपि शाऊलले पलिश्तीहरूलाई खेद्न छोड़िदिए, र उनीहरू आफ्नो देशमा गए।
47
जब शाऊलले इस्राएलमा आफ्नो सिंहासन स्थिर पारिसके, तब उनले मोआबीहरू, अम्मोनीहरू, एदोमीहरू, सोबाका राजाहरू र पलिश्तीहरू आफ्ना चारैतिरका शत्रुहरूसित लड़ाइँ गरे। जहाँ-जहाँ उनी गए, त्यहाँ-त्यहाँ उनले उनीहरूलाई सास्ती दिए।
48
अमालेकीहरूलाई पनि उनले जिते, अनि लूटपीट गर्नेहरूबाट इस्राएलीहरूलाई मुक्त गराएर उनले ठूलो बहादुरी देखाए।
49
शाऊलका छोराहरू जोनाथन, यिश्वी र मल्कीशूअ थिए। उनकी जेठी छोरीको नाउँ मेराब र कान्छीको नाउँ मीकल थियो।
50
उनकी पत्नीचाहिँ अहीमासकी छोरी अहीनोम थिइन्। अनि उनका सेनापति तिनका काका नेरका छोरा अबनेर थिए।
51
शाऊलका पिता कीश र अबनेरका पिता नेरचाहिँ अबीएलका छोराहरू थिए।
52
शाऊलको जीवनपर्यन्त पलिश्तीहरूसित घमासान भइरह्यो। उनले भेट्टाएको कुनै पनि बलियो वा वीर मानिसलाई शाऊलले आफ्नो काममा नियुक्त गरिहाल्थे।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31