bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Samuel 19
1 Samuel 19
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 20 →
1
दाऊदलाई मार्नू भनी शाऊलले आफ्ना छोरा जोनाथन र आफ्ना सबै भारदारहरूलाई भने। तर जोनाथनचाहिँ दाऊदलाई मन पराउँथे।
2
आफ्ना पिता शाऊलले तिनलाई मार्ने मौका हेर्दैछन् भनी जोनाथनले दाऊदलाई बताइदिए। उनले भने, “भोलि बिहान होशियार बस्नुहोस् र लुकेर रहनुहोस्।
3
म बाहिर निस्केर आउनेछु, र तपाईं हुनुभएको खेतमा मेरा पितासँग भेट गर्नेछु, र उहाँसँग तपाईंको विषयमा कुरा गर्नेछु। केही पत्ता लाग्यो भने म तपाईंलाई बताइदिनेछु।”
4
जोनाथनले आफ्ना पिता शाऊललाई यसो भने, “हजूर, आफ्ना दास दाऊदलाई अनर्थ नगर्नुहोस्। तिनले तपाईंको विरुद्धमा केही खराबी गरेका छैनन्। तिनले गरेका कामबाट तपाईंलाई फाइदा भएको छ।
5
त्यस पलिश्तीलाई मार्दाखेरि तिनले आफ्नो ज्यान खतरामा हालेका थिए। परमप्रभुले इस्राएललाई ठूलो विजय दिनुभयो, र त्यो त तपाईंले नै देख्नुभयो, र त्यस रमाहटमा तपाईं पनि सहभागी हुनुभयो। एउटा निर्दोष मानिसलाई तपाईं किन खराबी गर्नुहुन्छ, किन केही कारणविना दाऊदलाई मार्नुहुन्छ?”
6
शाऊलले जोनाथनको कुरा सुने, र यो शपथ खाएर भने, “परमप्रभु जीवित हुनुभएझैँ, दाऊद मारिनेछैन।”
7
यसैले जोनाथनले दाऊदलाई बोलाए, र तिनलाई यी सबै कुरा बताइदिए। तब जोनाथनले दाऊदलाई शाऊलकहाँ ल्याए, र तिनी अघिझैँ राजाको सेवामा लागे।
8
लड़ाइँ फेरि सुरु भयो, दाऊदले पलिश्तीहरूलाई आक्रमण गरेर यस्तो संहार गरे कि उनीहरू तिनको सामुबाट भागे।
9
तर जब शाऊल आफ्नो हातमा भाला लिएर आफ्नो घरमा बसिरहेका थिए, तब परमप्रभुबाटको हानिकारक आत्माले उनलाई पक्र्यो। दाऊदचाहिँ वीणा बजाइरहेका थिए।
10
शाऊलले दाऊदलाई भित्तैमा उनिने गरी भाला हाने, तर दाऊदले त्यस भालाको प्रहारलाई छले अनि त्यो भाला भित्तामा गाड़ियो। त्यही रात दाऊद सुरक्षासाथ भागे।
11
तिनलाई बिहान मार्ने विचारले शाऊलले आफ्ना सेवकहरूलाई दाऊदको घरमा चेवामा राखे। तर दाऊदकी पत्नी मीकलले चेताउनी दिएर तिनलाई भनिन्, “तपाईं राती नै भागिजानुभएन भने भोलि तपाईं मारिनुहुनेछ।”
12
तिनले दाऊदलाई एउटा झ्यालबाट तल ओह्रालिदिइन्, र तिनी सुटुक्कै भागे।
13
तब मीकलले एउटा मूर्ति लिएर तिनको ओछ्यानमा राखिदिइन्, र सिरानमा बाख्राको रौँ राखेर मूर्तिलाई लुगा ओढ़ाइदिइन्।
14
जब मानिसहरू दाऊदलाई पक्रन आए तब “तिनी त बिरामी छन्” भनी मीकलले भनिन्।
15
शाऊलले तिनीहरूलाई फेरि भने, “त्यसलाई खाटैसमेत यहाँ मकहाँ ल्याओ, र म त्यसलाई मार्नेछु।”
16
जब तिनीहरू आए तब तिनीहरूले ओछ्यानमा मूर्ति र सिरानमा बाख्राको रौँ भेट्टाए।
17
शाऊलले मीकललाई भने, “तैंले किन मलाई यसरी छल गरिस्? मेरो शत्रुलाई किन कुशलसित भाग्न दिइस्?” मीकलले जवाफ दिइन्, “तिनले मलाई ‘भाग्न मदत गरिनस् भने तँलाई मार्छु’ भने।”
18
दाऊद रामामा शमूएलकहाँ भागेर आए, र शाऊलले तिनीप्रति गरेका सबै व्यवहारको विषयमा शमूएललाई सुनाइदिए। तब तिनी र शमूएल गएर नैयोतमा बस्न लागे।
19
“दाऊद रामाको नैयोतमा छन्” भनी कसैले शाऊललाई सुनाइदियो।
20
दाऊदलाई पक्रन भनी शाऊलले एक दल मानिस पठाए। जब तिनीहरूले शमूएलको नेतृत्वमा अगमवक्ताहरूको दल जोशमा मग्न भएको देखे, तब तिनीहरूमाथि परमेश्वरका आत्मा आउनुभयो, र तिनीहरू पनि अगमवक्ताको जोशमा मग्न भए।
21
जब यो कुरा शाऊलले सुने तब उनले अर्को एक दल पठाए। तिनीहरू पनि जोशमा मग्न भए। शाऊलले तेस्रो पल्ट मानिसहरूलाई पठाए, र तिनीहरूले पनि त्यसै गरे।
22
तब शाऊल आफै रामामा गए, र सेकूमा भएको ठूलो कूवामा आइपुगे। उनले “शमूएल र दाऊद कहाँ छन्” भनी सोधखोज गरे। तब “तिनीहरू त रामाको नैयोतमा छन्” भनी तिनीहरूले भने।
23
उनी त्यहाँको बाटोमा जाँदाजाँदै परमप्रभुका आत्मा उनीमाथि पनि आउनुभयो, र रामाको नैयोतसम्मै उनी जोशमा मग्न भएर पुगे।
24
त्यहाँ उनले आफ्ना वस्त्र उतारे, र शमूएलको सामु जोशले मग्न भएर त्यस दिनभरि र रातभरि पनि नाङ्गै बसे। त्यसैकारण मानिसहरू भन्छन्, “के शाऊल पनि अगमवक्ताकै दलमा छन्?”
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31