bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Samuel 16
1 Samuel 16
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 17 →
1
परमप्रभुले शमूएललाई भन्नुभयो, “मैले शाऊललाई इस्राएलमाथि राजा हुनलाई इन्कार गरेकोमा तँ त्यसको निम्ति कहिलेसम्म विलाप गरिरहन्छस्? तँसित भएको त्यो सीङमा तेल हालेर तेरो साथमा लैजा। म तँलाई बेथलेहेमको यिशैकहाँ पठाउँदैछु। किनभने मैले त्यसका छोराहरूमध्येको एक जनालाई राजा चुनेको छु।”
2
तर शमूएलले भने, “म कसरी जान सक्छु र? शाऊलले यो कुरा सुनेर मलाई मार्नेछन्।” परमप्रभुले भन्नुभयो, “एउटा कोरली तँसँग लैजा। ‘परमप्रभुको निम्ति बलिदान चढ़ाउनलाई आएको हुँ’ भन्।
3
यिशैलाई पनि त्यस बलिदानमा निम्तो दे, र तैंले के गर्नुपर्नेछ म तँलाई बताउनेछु। जुन मानिसलाई म देखाउनेछु तैंले त्यसलाई अभिषेक गर्नू।”
4
तिनलाई परमप्रभुले गर्नू भन्नुभएबमोजिम शमूएलले गरे। तिनी बेथलेहेममा गए। सहरका धर्म-गुरुहरू तिनलाई भेट्दा थरथराए। तिनीहरूले सोधे, “तपाईं शान्तिसाथ आउनुभयो?”
5
शमूएलले भने, “शान्तिसाथ। म परमप्रभुको निम्ति बलिदान चढ़ाउनलाई आएको हुँ। तिमीहरू आफू-आफूलाई शुद्ध गरेर बलिदानको निम्ति आओ।” तब तिनले यिशै र तिनका छोराहरूलाई शुद्ध गरेर बलिदानको निम्ति तिनीहरूलाई बोलाए।
6
जब तिनीहरू आए तब शमूएलले एलीआबलाई देखेर विचार गरे, “परमप्रभुको सामु उहाँका अभिषिक्त राजा यिनी नै रहेछन्।”
7
तर परमप्रभुले शमूएललाई भन्नुभयो, “त्यो सुन्दर र अल्गो भए तापनि त्यसको ख्याल नगर्। मैले त्यसलाई इन्कार गरेको छु। परमप्रभुले मानिसले झैँ हेर्नुहुन्न। मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ।”
8
तब यिशैले अबीनादाबलाई बोलाए, र शमूएलको सामुन्ने हिँड्न लाए। तर शमूएलले भने, “होइन, परमप्रभुले यिनलाई पनि चुन्नुभएको होइन।”
9
तब यिशैले शम्मालाई हाजिर गराए। तर शमूएलले भने, “परमप्रभुले यिनलाई पनि चुन्नुभएको होइन।”
10
यिशैले आफ्ना सात जना छोराहरूलाई शमूएलको अगि हाजिर गराए, तर तिनले भने, “परमप्रभुले यिनीहरूमा कसैलाई पनि चुन्नुभएको छैन।”
11
तब शमूएलले सोधे, “के सबै यति नै हुन्?” यिशैले जवाफ दिए, “अझै कान्छो पनि छ, तर त्यो त भेड़ा चराउँदैछ।” शमूएलले यिशैलाई भने, “त्यसलाई बोलाऊ। ऊ नआउञ्जेल हामी बस्नेछैनौं।”
12
यसकारण यिशैले तिनलाई ल्याउनलाई मानिस पठाए। तिनी राता-राता गाला चम्किला आँखा भएका सुन्दर युवक थिए। परमप्रभुले भन्नुभयो, “उठेर त्यसलाई अभिषेक गर्। व्यक्ति यही हो।”
13
शमूएलले तेल भएको सीङ लिएर तिनका दाजुहरूका सामु तिनलाई अभिषेक गरे। तब परमप्रभुका आत्मा दाऊदमाथि आउनुभयो, र त्यस दिनदेखि उसो तिनीसँग रहनुभयो। त्यसपछि शमूएल रामाको बाटो लागे।
14
परमप्रभुका आत्माले शाऊललाई त्याग्नुभयो, अनि परमप्रभुबाटको एउटा हानिकारक आत्माले उनलाई बेला बेलामा पक्रन्थ्यो।
15
शाऊलका सेवकहरूले उनलाई भने, “हजूर, हेर्नुहोस्, परमप्रभुबाट एउटा हानिकारक आत्माले तपाईंलाई पक्रन्छ।
16
हजूरका सामुन्ने भएका सेवकहरूलाई गएर वीणा बजाउन सक्ने कुनै मानिसलाई खोजेर ल्याउने हुकुम दिनुहोस् अनि जब परमप्रभुबाट त्यो हानिकारक आत्मा हजूरकहाँ आउँछ, त्यस बेला त्यस मानिसले बजाउँछ र हजूर निको हुनुहुनेछ।”
17
यसकारण शाऊलले आफ्ना सेवकहरूलाई भने, “राम्रोसँग बीणा बजाउने कुनै एक जना मानिसलाई खोज, र त्यसलाई मकहाँ ल्याओ।”
18
उनका सेवकहरूमध्ये एक जनाले भन्यो, “बेथलेहेमका यिशैका छोराहरूमध्ये एक जनाले वीणा बजाएको मैले देखेको छु। तिनी वीर मानिस छन्, र असल योद्धा, बोल्नमा ज्ञानी, र सुन्दर पनि छन्। अनि परमप्रभु तिनीसँग हुनुहुन्छ।”
19
यसैकारण शाऊलले समाचार दिने मानिसलाई यिशैकहाँ पठाए, र भेड़ा चराउने तिनका छोरा दाऊदलाई शाऊलकहाँ पठाउने हुकुम गरे।
20
यिशैले एक मशक दाखमद्य र एउटा पाठोसमेत रोटीले लादिएको गधा आफ्नो छोरा दाऊदसँग शाऊलकहाँ पठाइदिए।
21
दाऊद शाऊलकहाँ आए, र उनको सेवामा नियुक्त गरिए। शाऊलले तिनलाई खूबै प्रेम गर्न लागे, र तिनी शाऊलका हतियार बोक्ने भए।
22
यसैले शाऊलले यिशैकहाँ यो समाचार पठाए, “दाऊद मेरो सेवामा नै रहोस्, किनभने म त्यससित प्रसन्न छु।”
23
जब-जब परमप्रभुबाट त्यो आत्मा शाऊलमा आउँथ्यो, दाऊदले आफ्नो वीणा लिएर त्यो बजाइदिन्थे, र शाऊलले शान्ति पाउँथे। उनी निको हुन्थे, र त्यस हानिकारक आत्माले उनलाई छोड़ेर गइहाल्थ्यो।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31