bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Samuel 30
1 Samuel 30
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 29
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 31 →
1
तेस्रो दिन दाऊद र तिनका मानिसहरू सिक्लगमा पुगे। त्यस बेला अमालेकीहरूले नेगेव र सिक्लग लूटपीट गरेका थिए। सिक्लगमा आक्रमण गरेर उनीहरूले त्यसलाई आगो लगाइदिएका थिए।
2
उनीहरूले स्त्रीहरू र त्यसमा भएका साना-ठूला सबै जनालाई नमारीकनै लगेका थिए। उनीहरूले यिनीहरूलाई अगिअगि लाउँदैगएका थिए।
3
जब दाऊद र तिनका मानिसहरू सिक्लगमा आइपुगे, तब तिनीहरूले सहरलाई आगोले भस्म पारेको र तिनीरूहका पत्नीहरू र छोराछोरीहरूलाई लगिसकेका देखे।
4
यसर्थ दाऊद र तिनीसँग भएका मानिसहरू यति धेरै रोए कि तिनीहरूमा अझ रुने शक्ति नै रहेन।
5
दाऊदका दुवै पत्नी, यिजरेल अहीनोम र कर्मेली नाबालकी विधवा अबीगेल पनि कैदमा लगिएकाहरूमध्ये थिए।
6
आ-आफ्ना छोराछोरीहरू लगिएका हुनाले मानिसहरूले दु:ख मानेर दाऊदलाई ढुङ्गाले हान्ने धम्की दिन लागे। दाऊद अन्योलमा परे। तब दाऊदले परमप्रभु आफ्ना परमेश्वरबाट बल पाए।
7
तब दाऊदले अहीमेलेकका छोरा पूजाहारी अबियाथारलाई एपोद ल्याउने हुकुम गरे, र अबियाथारले त्यो ल्याए।
8
तब दाऊदले परमप्रभुलाई सोधे, “के म यी लूटपीट गर्नेहरूलाई खेदूँ? के म उनीहरूलाई भेट्टाउन सकूँला?” उहाँले जवाफ दिनुभयो, “उनीहरूलाई खेद्। तैंले उनीहरूलाई भेट्टाएर सबैलाई छुटाउनेछस्।”
9
तब दाऊद र तिनका छ सय जना मानिसहरू हिँड़े, र बसोरको खोल्सोसम्म पुगे।
10
तिनीहरूमध्येका दुई सय जना, जो खोल्सा पार गर्नलाई साह्रै थाकेका थिए, पछि नै बसे। दाऊद चार सय जनालाई लिएर खेद्न लागे।
11
मैदानमा तिनीहरूले एक जना मिश्रीलाई भेट्टाए, र त्यसलाई दाऊदकहाँ ल्याए। तिनीहरूले त्यसलाई खानेकुरा र पानी दिए—
12
एक डल्लो नेभारा र दुई झुप्पा किशमिश। यी खाइसकेपछि त्यसको शक्ति आयो, किनभने त्यसले तीन दिन तीन रात केही खाएको-पिएको थिएन।
13
दाऊदले त्यसलाई सोधे, “तँ कसको होस्? तँ कहाँबाट आएको होस्?” त्यसले जवाफ दियो, “म एक मिश्री हुँ, एक जना अमालेकीको दास। तर म तीन दिन अघि बिरामी भएकोले मेरा मालिकले मलाई छोड़ेर गए।
14
हामीले यहूदाको केही भाग, कालेबको नेगेव र करेतीहरूको नेगेव लूटपीट गर्यौं, अनि सिक्लगलाई आगो लगाइदियौं।”
15
दाऊदले भने, “के तँ मलाई त्यस दलकहाँ बाटो देखाउन सक्छस्?” त्यसले जवाफ दियो, “तपाईं मलाई मार्नुहुन्न, अथवा मेरा मालिकको हातमा सुम्पिदिनुहुन्न भनी परमेश्वरको सामु शपथ खाएर मलाई भन्नुहोस्, र म तपाईंलाई बाटो देखाएर उनीहरूकहाँ पुर्याइदिनेछु।”
16
तब त्यसले बाटो देखाउँदै दाऊदलाई तल लग्यो। त्यहाँ अमालेकीहरू चारैतिर तितरबितर भएर खाँदै, पिउँदै र पलिश्ती र यहूदाका इलाकाहरूबाट लुटेका माल थुप्रिएकोमा हर्ष मनाउँदै थिए।
17
दाऊदले उनीहरूसँग साँझदेखि अर्को दिनको बेलुकीसम्म लड़ाइँ गरे। उनीहरूमध्ये केवल चार सय जवान मानिसहरू ऊँटमा चढ़ेर भागे।
18
अमालेकीहरूले लगेका सबै जनालाई, तिनका दुई पत्नीहरूसमेत दाऊदले छुटाए।
19
साना-ठूला छोराछोरीहरू, लुटेका माल, उनीहरूले आफ्नै निम्ति लगेका थोक केही पनि छुटेन। दाऊदले सबै कुरा पुन: प्राप्त गरे।
20
तिनले भेड़ाबाख्रा, गाई-गोरु सबै लिए, अनि तिनका मानिसहरूले अरू बथानका अगिअगि ती धपाउँदै लगे र भने, “यो दाऊदको लूट हो।”
21
तब दाऊद बसोरको खोल्सोमा बिसाउने ती दुई सय अघि थाकिसकेका मानिसहरूकहाँ आए। तिनीहरू तिनलाई र तिनका मानिसहरूलाई भेट्न आए। दाऊदले तिनीहरू सबैलाई अभिवादन गरे।
22
तर दाऊदसँग भएका कति जना दुष्ट र गोलमाल मच्चाउने मानिसहरूले बीचैमा कुरा काटी तिनलाई भने, “यी मानिसहरू हामीसँग गएनन्। हामीले फिर्ता ल्याएका लूटका मालबाट हामी तिनीहरूलाई केही पनि भाग लाउनेछैनौं, केवल तिनीहरूले आ-आफ्ना पत्नी र छोराछोरी लैजाऊन्।”
23
दाऊदले भने, “परमेश्वरले हामीलाई रक्षा गर्नुभयो, यी सब दिनुभयो, र दुश्मनहरूलाई हाम्रा हातमा दिनुभयो। अब उहाँले दिनुभएका चीजहरूसँग त्यसो गर्नेछैनौं।
24
तिनीहरूले गरेको प्रस्तावमा को सहमत हुन्छ? मालसामान हेर्न बसेकाहरूले लड़ाइँमा जानेहरूकै बराबर हिस्सा पाउनेछन्। सबैले बराबर हिस्सा पाउनेछन्।”
25
त्यस बेलादेखि उसो आजको दिनसम्म दाऊदले दिएको यही नियम इस्राएलमा चलिआएको छ।
26
जब दाऊद सिक्लगमा आइपुगे, तब तिनले लूटका केही माल आफ्ना मित्रहरू, यहूदाका धर्म-गुरुहरूलाई यसो भनेर पठाए, “परमप्रभुका शत्रुहरूबाट लिएका लूटका मालदेखि यी तपाईंहरूका निम्ति सौगात हुन्।”
27
तिनले बेथेलमा, रामोत-नेगेवमा, यत्तीरमा,
28
अरोएरमा, सिपमोतमा, एश्तमोमा,
29
राकालमा भएकाहरूलाई, यरहमेली र केनीका सहरहरूमा भएकाहरूलाई,
30
होर्मामा, बोर-आशानमा, अत्ताकमा,
31
हेब्रोनमा भएकाहरूलाई, र ती अरू सबै ठाउँहरूमा पठाए, जहाँ दाऊद र तिनका मानिसहरूले धेरैजसो चढ़ाइ गरेका थिए।
← Chapter 29
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 31 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31