bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Samuel 2
1 Samuel 2
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 3 →
1
तब हन्नाहले यो प्रार्थना चढ़ाइन्: “मेरो हृदयले परमप्रभुमा आनन्द गर्दछ, परमप्रभुमा म मेरो सीङ उच्च पार्दछु। मेरो मुख मेरा शत्रुहरूप्रति धाकले भरिएको छ, तपाईंले मलाई उद्धार गर्नुभएकोले म हर्षित भएकी छु।
2
“परमप्रभुबाहेक पवित्र अरू कोही छैन, तपाईंजस्तै अरू कोही छैन, हाम्रा परमेश्वरजस्तै अरू कुनै चट्टान छैन।
3
“तेरो घमण्ड बन्द गर्, अहङ्कारको वचन तेरो मुखबाट ननिकाल्। किनभने परमप्रभु सबै कुराको ज्ञाता हुनुहुन्छ। उहाँद्वारा सबै काम जोखिन्छ।
4
“शूरवीरहरूका धनु भाँचिएका छन्, तर ठेस खाएर लड़ेकाहरूले बल प्राप्त गरेका छन्,
5
भरिपूर्ण हुनेहरू भोजनको निम्ति आफैलाई बेच्छन्, तर भोकाएकाहरू फेरि भोकाउनेछैनन्। बाँझी स्त्रीले सात जना बच्चाहरू जन्माएकी छे, तर धेरै छोराहरूकी आमा शिथिल हुन्छे।
6
“परमप्रभुले मृत्यु ल्याउनुहुन्छ र जीवन दिनुहुन्छ, उहाँले नै चिहानमा पठाउनुहुन्छ र मरेकालाई जीवित पार्नुहुन्छ।
7
परमप्रभुले दरिद्रता र धन-सम्पत्ति पठाउनुहुन्छ। उहाँले नम्र तुल्याउनुहुन्छ, र उहाँले उच्च पार्नुहुन्छ।
8
राजकुमारहरूसित बसाल्नलाई तथा सम्मानको आसनको उत्तराधिकारी बनाउनलाई उहाँले दुर्बललाई धूलोबाट र दरिद्रलाई घुरानबाट उठाउनुहुन्छ। “किनभने पृथ्वीका जगहरू परमप्रभुकै हुन्, उहाँले संसारलाई तीमाथि बसाल्नुभएको हो।
9
उहाँले आफ्ना पवित्र जनहरूका खुट्टालाई रक्षा गर्नुहुनेछ, तर दुष्टहरू अन्धकारमा मौन गराइएका हुनेछन्।” “केवल बलले मात्र मानिस प्रबल हुन सक्दैन।
10
परमप्रभुको विरोध गर्नेहरू चकनाचूर पारिनेछन्। उहाँ स्वर्गबाट तिनीहरूको विरुद्धमा गर्जनुहुनेछ, पृथ्वीको पल्लो छेउसम्मै परमप्रभुले न्याय गर्नुहुनेछ। “उहाँले आफ्ना राजालाई शक्ति दिनुहुनेछ, र आफ्नो अभिषिक्त जनको सीङ उच्च पार्नुहुनेछ।”
11
तब एल्काना रामामा आफ्नो घरमा फर्के, तर त्यो बालकचाहिँ पूजाहारी एलीको अधीनमा परमप्रभुको सेवा गर्नलाई त्यहीँ नै बस्यो।
12
एलीका छोराहरू दुष्ट थिए, परमप्रभुको निम्ति तिनीहरूमा श्रद्धा थिएन।
13
मानिसहरूप्रति पूजाहारीहरूले गर्नुपर्ने व्यवहारको रीति यस्तो थियो: जब कुनै मानिसले बलिदान चढ़ाउँथ्यो तब मासु उम्लिरहँदा पूजाहारीको सेवक त्रिशूल लिएर आउँथ्यो,
14
र त्रिशूलले कराही वा ताप्के वा तसला वा खड्कुँलोमा भएको मासु घोच्थ्यो, र त्यसरी आएको जतिचाहिँ पूजाहारीले लाने गर्थे। शीलोमा बलिदान चढ़ाउनलाई आएका सबै इस्राएलीहरूसित तिनीहरूले त्यस्तै व्यवहार गर्थे।
15
बोसो जलाउन अघि नै पूजाहारीको सेवक आएर बलिदान चढ़ाउने मानिसलाई भन्थ्यो, “पूजाहारीको लागि पकाउनलाई मलाई मासु देऊ। अघिबाटै उमालेको मासु तिनी लिँदैनन्, केवल काँचो मासु मात्र लिन्छन्।”
16
“पहिले बोसो जलाउन देऊ, र तिमीले मागेको जति लैजाऊ” भनी यदि कुनै मानिसले जवाफ दियो भने त्यस सेवकले यसो भन्थ्यो, “होइन, त्यो मलाई अहिले नै देऊ, नत्रता म जबरजस्ती खोसेर लैजानेछु।”
17
ती जवान मानिसहरूको पाप परमप्रभुको दृष्टिमा साह्रै बढ्ता भयो, किनभने तिनीहरूले परमप्रभुको बलिदानलाई अवहेलना गरे।
18
तर बालक शमूएल मलमलको एपोद लगाएर परमप्रभुको सेवामा निरन्तर लागिरहे।
19
हरेक साल तिनकी आमाले तिनलाई एउटा सानो कुर्ता बनाइदिन्थिन्, र तिनका पतिसँग वार्षिक बलिदान चढ़ाउन जाँदा शमूएलको निम्ति त्यो लगिदिन्थिन्।
20
एलीले एल्काना र उनकी पत्नीलाई आशीर्वाद दिएर भन्थे, “तिमीले मागेको यस छोराको सट्टामा परमप्रभुले तिमीलाई यस स्त्रीबाट छोराछोरीहरू देऊन्।” त्यसपछि तिनीहरू आफ्नो घर फर्कन्थे।
21
परमप्रभुले हन्नाहमाथि अनुग्रह गर्नुभयो, र तिनी गर्भवती भएर तीन छोरा र दुई छोरी जन्माइन्। उता बालक शमूएल परमप्रभुको सामुन्ने बढ्न लाग्यो।
22
एली अब साह्रै वृद्ध भएका थिए, र उनका छोराहरूले सारा इस्राएलमाथि कस्तो व्यवहार गर्दछन् भनी उनले सुने। भेट हुने पालको ढोकामा सेवा गर्ने स्त्रीहरूसँग सहवास गरेका कुरा पनि उनले सुने।
23
यसकारण उनले तिनीहरूलाई भने, “तिमीहरू किन यस्तो काम गर्दछौ? तिमीहरू दुष्ट व्यवहार गर्दैछौ भन्ने कुरा म सबै मानिसहरूका मुखबाट सुन्दैछु।
24
होइन, मेरा छोरा हो, जे म सुन्दैछु, परमप्रभुका मानिसहरूका बीचमा फैलिएको यस्तो कुरो असल छैन।
25
यदि मानिसले मानिसको विरुद्धमा पाप गर्यो भने परमेश्वरले हस्तक्षेप गर्नुहोला। तर यदि मानिसले परमेश्वरको विरुद्धमा पाप गर्यो भने त्यसको पक्षमा कसले बोलिदिने?” यी सबै कुरा सुने तापनि तिनीहरूले आफ्ना पिताका कुरामा ध्यान दिएनन्, किनभने तिनीहरूलाई मार्ने परमप्रभुको इच्छा थियो।
26
अनि बालक शमूएल कदमा तथा परमप्रभु र मानिसहरूका निगाहमा बढ्दैगए।
27
अब परमेश्वरका एक जना दास एलीकहाँ आएर उनलाई भने, “परमप्रभु यसो भन्नुहुन्छ: ‘के मैले आफूलाई तेरा पिताको घरानाकहाँ मिश्रमा तिनीहरू फारोको दासत्वमा हुँदा प्रकट गरेको थिइनँ?
28
मैले इस्राएलका सबै कुलहरूमध्ये तेरा पितालाई मेरो पूजाहारी हुन, मेरो वेदीका खुट्किलामा उक्लन धूप बाल्न र मेरो सामु एपोद लगाउन छानें। इस्राएलका सबै अन्न-बलि तेरा पिताका घरानाको निम्ति अलग पनि गरिदिएँ।
29
किन तिमीहरू मैले आदेश दिएका मेरो वासस्थानको निम्ति बलिदानहरू र भेटीहरूलाई अनादर गर्छौ? तैंले मेरो प्रजा इस्राएलले चढ़ाएका सबै बलिदानको असल भागलाई आफ्नो निम्ति राखी किन तँ तेरा छोराहरूलाई मलाई भन्दा बढ़ी सम्मान गर्छस्?’
30
“त्यसकारण परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: तेरो परिवार र तेरा पिताको परिवारले सधैँभरि मेरो सामुन्ने सेवा गर्नेछन् भनी मैले प्रतिज्ञा गरेको थिएँ। तर अब परमेश्वर यसो भन्नुहुन्छ: ‘अब यस्तो हुनेछैन। मलाई आदर गर्नेलाई म आदर गर्नेछु, र मलाई तिरस्कार गर्नेहरू तुच्छ ठानिनेछन्।
31
समय आउँदैछ, जब तेरो र तेरा परिवारको बल यसरी घटाइदिनेछु कि तेरा वंशमा कोही वृद्ध मानिस हुनेछैन।
32
मेरो वासस्थानमा तैँले सङ्कष्ट देख्नेछस्। इस्राएलको निम्ति भलो गरिनेछ, तापनि तेरो परिवारमा अब उप्रान्त कहिल्यै कुनै वृद्ध मानिस हुनेछैन।
33
मेरो वेदीको सेवाबाट मैले कसैलाई छोड्छु भने तेरा आँखामा आँसु र हृदयमा शोक पार्नलाई मात्र बचाएर राख्नेछु, र तेरा सबै सन्तानहरू जीवनको चरम अवस्थामा मर्नेछन्।
34
“‘तेरा दुई छोराहरूका दुर्दशा तेरो निम्ति एउटा चिन्ह हुनेछ। होप्नी र पीनहास दुवै एकै दिनमा मर्नेछन्।
35
म मेरो निम्ति एउटा विश्वास योग्य पूजाहारी नियुक्त गर्नेछु, जसले मेरो मनमा र हृदयमा भएको कुराअनुसार गर्नेछ। म त्यसको परिवारलाई स्थिर गराउनेछु, र त्यसले मेरो अभिषिक्त मानिसको सामु पुस्तौँसम्म सेवा गर्नेछ।
36
तेरो परिवारमा जीवित रहने हरेकले एक टुक्रा चाँदी र एक गाँस रोटी पाउनलाई तिनको सामु गएर नम्रतापूर्वक झुक्नेछ र बिन्ती गर्नेछ, मलाई कुनै पूजाहारी पदमा नियुक्त गर्नुहोस् र मसित खानलाई भोजन होस्।”
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
Recommended Reading
Commentary
1 Samuel Commentaries
→
Devotional
1 Samuel Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→