bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Samuel 15
1 Samuel 15
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 16 →
1
शमूएलले शाऊललाई भने, “परमप्रभुले तपाईंलाई इस्राएलमाथि राजा अभिषेक गर्न भनी मलाई पठाउनुभयो। अब परमप्रभुको वचन ध्यान दिएर सुन्नुहोस्।
2
सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ: ‘मिश्रदेशबाट इस्राएल उक्लेर आउँदा अमालेकीहरूले इस्राएललाई आक्रमण गरे। यसकारण त्यसको निम्ति अमालेकीहरूलाई दण्ड दिने निश्चय मैले गरेको छु’।
3
अब अमालेकीहरूमाथि जाइलागेर उनीहरूलाई नाश गर्, र उनीहरूका सबै धन-सम्पत्ति नाश गर्, एउटै थोक पनि नछोड्, र सबैलाई खतम पार्। उनीहरूका पुरुष, स्त्री, केटाकेटीहरू, दूध खाने बालकहरू, गाई-गोरु, भेड़ाबाख्रा, ऊँट र गधा सबैलाई नाश गर्।”
4
यसकारण शाऊलले सेनालाई बोलाएर तेलैममा भेला गरे। त्यहाँ दुई लाख पैदल-सिपाही र यहूदाका दश हजार मानिसहरू थिए।
5
शाऊल अमालेकको सहरमा गए, र त्यहाँ साँघुरो खोँचमा केही समयसम्म बसे।
6
तब उनले केनीहरूलाई भने, “तिमीहरू अमालेकीहरूलाई छोड़ेर जाओ, कि तिमीहरू पनि उनीहरूसँगै नष्ट नहोओ। किनभने इस्राएल मिश्रदेशबाट उक्लेर आउँदा तिमीहरूले मित्रताको व्यवहार देखाएका थियौ।” यसैकारण केनीहरूले अमालेकीहरूलाई छोड़े।
7
तब हवीलादेखि मिश्रको पूर्व सिमानामा भएको शूरसम्मै अमालेकीहरूलाई शाऊलले आक्रमण गरे।
8
उनले अमालेकीहरूका राजा अगागलाई जिउँदै पक्रे, र अगागका सबै मानिसहरूलाई तरवारले मारे।
9
तर शाऊल र उनका सेनाले अगाग र असल-असल भेड़ा र गाई-गोरु, मोटा-मोटा बाछा र पाठा, र राख्ने योग्यका सबै चीजहरू बचाइराखे। तिनीहरूले तिनलाई नाश गर्ने इच्छा गरेनन्। तर बेकामका र केही मोल नभएकाहरूलाई चाहिँ तिनीहरूले नाश गरे।
10
तब परमप्रभुले शमूएललाई यसो भन्नुभयो,
11
“शाऊललाई राजा तुल्याएकोमा मलाई पछितो लागेको छ, किनभने त्यसले आफ्नो मुख मदेखि मोड़ेको छ, र मेरो आज्ञा त्यसले पालन गरेको छैन।” शमूएल विचलित भए, र तिनले रातभरि परमप्रभुलाई पुकारा गर्दैरहे।
12
भोलिपल्ट बिहान सबेरै तिनी शाऊललाई भेट गर्न हिँड़े। तर “शाऊल त कर्मेलमा गएर त्यहाँ आफ्नो सम्झनाको निम्ति एउटा स्मारक खड़ा गरेका छन्, र त्यसपछि फर्केर गिलगालमा झरिसकेका छन्” भनी तिनलाई सुनाइयो।
13
त्यहीँ नै तिनले शाऊललाई भेट्टाए, र शाऊलले तिनलाई यसो भनेर अभिवादन गरे, “परमप्रभुको आशिष् तपाईंमा रहोस्। मैले परमप्रभुको आज्ञा पालन गरें।”
14
तर शमूएलले भने, “मेरो कानमा परेका भेड़ाको आवाजचाहिँ के हो? गाई-गोरुका आवाज म किन सुन्दैछु?”
15
शाऊलले जवाफ दिए, “सिपाहीहरूले ती अमालेकीहरूबाट लिएका हुन्। तिनीहरूले असल-असल भेड़ा र गाई-गोरु परमप्रभु तपाईंका परमेश्वरको निम्ति बलिदान चढ़ाउनलाई जोगाइराखेका हुन्। बाँकीलाई त हामीले बिलकुलै नाश गर्यौं।”
16
शमूएलले शाऊललाई भने, “बस, भयो! गत रात परमप्रभुले मलाई के भन्नुभयो सो म तपाईंलाई बताउनेछु।” शाऊलले भने, “भन्नुहोस्।”
17
शमूएलले भने, “यस्तो समय थियो जब तपाईं आफूले आफैलाई तुच्छ सम्झनुहुन्थ्यो, तर अब तपाईं इस्राएलका कुलहरूका शिर हुनुहुन्छ। परमप्रभुले तपाईंलाई इस्राएलमाथि राजा अभिषेक गर्नुभयो।
18
अनि उहाँले तपाईंलाई ‘त्यस दुष्ट जाति, ती अमालेकीहरूलाई बिलकुलै नाश गर्नू’ भनी कड़ा आज्ञा दिएर पठाउनुभएको थियो। उनीहरूलाई निमिट्यान्न नपारुञ्जेल तपाईंले उनीहरूका विरुद्धमा लड़ाइँ गरिरहनुपर्नेथियो।
19
तपाईंले किन परमप्रभुको आज्ञापालन गर्नुभएन? तपाईंले किन लूटका माल लिनुभयो, र परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गर्नुभयो?”
20
शाऊलले शमूएललाई उत्तर दिए, “तर मैले त परमप्रभुको आज्ञापालन गरें। परमप्रभुले पठाउनुभएको ठाउँमा म गएँ, र अमालेकीहरूका राजा अगागलाई समातेर ल्याएँ। उनीहरूमध्येका बाँकीलाई चाहिँ मैले नष्ट पारिदिएँ।
21
लूटका मालबाट सिपाहीहरूले भेड़ा र गाई-गोरु, अनि सबभन्दा असल-असल चीजचाहिँ गिलगालमा परमप्रभु तपाईंका परमेश्वरको निम्ति बलिदान चढ़ाउनलाई राखेका छन्।”
22
तर शमूएलले भने, “होमबलि र बलिदानभन्दा बेसी परमप्रभुले आज्ञापालन नै रुचाउनुहुन्न र? आज्ञापालन बलिदानभन्दा उत्तम हो, र उहाँको वचन मान्नु भेड़ाको बोसोभन्दा असल हो।
23
उहाँको आज्ञा उल्लङ्घन गर्नु तन्त्रमन्त्रको पापजस्तै हो, र हठी हुनु मूर्तिपूजा गर्नुजस्तै खराब हो। तपाईंले परमप्रभुको वचनलाई त्याग्नुभयो, यसैले परमप्रभुले पनि तपाईंलाई राजाको पददेखि त्याग्नुभएको छ।”
24
शाऊलले शमूएललाई भने, “मैले पाप गरें। मैले परमप्रभुको आज्ञा र तपाईंका हुकुमको वास्ता गरिनँ। म मानिसहरूसँग डराएँ, र तिनीहरूको कुरा मैले मानें।
25
म अब आग्रह गर्दछु, कि मेरो पाप क्षमा गर्नुहोस्, मसँग आउनुहोस्, र म परमप्रभुको सामु दण्डवत् गरूँ।”
26
तर शमूएलले जवाफ दिए, “म तपाईंको साथ दिनेछैनँ। तपाईंले परमप्रभुको वचनलाई त्याग्नुभयो, र तपाईंलाई पनि परमप्रभुले इस्राएलमाथि राजाको पददेखि त्याग्नुभएको छ।”
27
तिनी जानलाई फर्के, तर शाऊलले तिनको खास्टोको किनार समाते, र त्यो च्यातियो।
28
शमूएलले उनलाई भने, “आज परमप्रभुले इस्राएलको राज्य तपाईंको हातदेखि च्यातेर तपाईंका छिमेकीलाई दिनुभएको छ, जो तपाईंभन्दा असल हुनुहुन्छ।
29
परमप्रभु, जो इस्राएलका गौरव हुनुहुन्छ, उहाँ छल गर्नुहुन्न, आफ्नो मन पनि बद्लनुहुन्न। आफ्नो मन बद्लने उहाँ मानिस हुनुहुन्न।”
30
शाऊलले भने, “मैले पाप गरें। तापनि कृपा गरी मेरो प्रजाका धर्म-गुरुहरू र इस्राएलको सामुन्ने एक पल्ट मात्र मेरो इज्जत गरिदिनुहोस्, र मसँग आउनुहोस्, कि म परमप्रभु तपाईंका परमेश्वरको सामु दण्डवत् गरूँ।”
31
यसैले शमूएल शाऊलसँग फर्केर गए, र शाऊलले परमप्रभुको सामु दण्डवत् गरे।
32
तब शमूएलले भने, “अमालेकीहरूका राजा अगागलाई यहाँ ल्याऊ।” अगाग निर्भयसाथ सोच्दै आए, “निश्चय नै मृत्युको भय गयो।”
33
तर शमूएलले भने, “तेरो तरवारले स्त्रीहरूलाई निर्वश तुल्याएको छ। यसकारण तेरै आमा पनि सबै स्त्रीहरूका बीचमा निर्वश हुनेछे।” अनि शमूएलले अगागलाई परमप्रभुको सामुन्ने गिलगालमा मारे।
34
तब शमूएलचाहिँ रामामा गए, तर शाऊल गिबामा आफ्नै घरमा गए।
35
शमूएल आफ्नो मृत्युको दिनसम्मै फेरि कहिल्यै शाऊललाई भेट्न गएनन्, तर तिनी शाऊलको निम्ति शोक गरिरहे। अनि शाऊललाई इस्राएलमाथि राजा तुल्याउनुभएकोमा परमप्रभुले पछितो गर्नुभयो।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31