bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Chronicles 1
2 Chronicles 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 2 →
1
दाऊद राजाका छोरा सोलोमनले इस्राएल राज्यको शासन बलियो गरी आफ्नो हातमा लिए। परमप्रभु उनका परमेश्वरले उनलाई आशिष् दिनुभयो र धेरै शक्तिशाली बनाउनुभयो।
2
सोलोमन राजाले सबै अधिकृतहरू सय-सय र हजार-हजारका सेनापतिहरू, सरकारी भारदारहरू, परिवार-परिवारका प्रधानहरू र सारा बाँकी प्रजालाई
3
आफूसित गिबोनका आराधना-स्थलमा जाने आज्ञा गरे। तिनीहरू त्यहाँ गए किनभने परमप्रभुले बास गर्ने पवित्र पाल त्यहीँ राखिएको थियो। त्यस पाललाई परमप्रभुका सेवक मोशाले उजाड-भूमिमा बनाएका थिए।
4
(करारको सन्दुक यरूशलेममा नै थियो। दाऊद राजाले त्यसलाई किर्यत-यारीमबाट ल्याएर त्यहाँ आफूले तयार गरेको एउटा तम्बुमा राखेका थिए।)
5
ऊरीका छोरा र हूरका नाति बजलेलले बनाएका काँसाको वेदी पनि गिबोनमा परमप्रभुले बास गर्ने पवित्र पालको सामुन्ने राखिएको थियो। त्यहाँ सोलोमन र सारा इस्राएलका मानिसहरूले परमप्रभुलाई पुजे।
6
पवित्र पालको सामुन्ने राजाले काँसाको वेदीमा होमबलि चढाएर परमप्रभुलाई पुजे। उनले एक हजार पशु मार्न लाएर त्यस वेदीमा होमबलि चढाए।
7
त्यस रात परमेश्वरले सोलोमनलाई दर्शन दिनुभयो र सोध्नुभयो, “म तँलाई के दिऊँ? तँ के चाहन्छस्?”
8
सोलोमनले उत्तर दिए, “तपाईंले मेरा बुबा दाऊदलाई सधैँ महान् प्रेम देखाउनुभयो र अहिले मलाई उनीपछि राजा हुन दिनुभयो।
9
हे परमप्रभु परमेश्वर! तपाईंले मेरा बुबालाई दिनुभएको प्रतिज्ञा पूरा गर्नुहोस्। तपाईंले मलाई एउटा जातिमाथि राजा बनाउनुभयो, जसको सङ्ख्या यति धेरै छ कि तिनको गन्ती हुन सक्दैन।
10
यसर्थ तिनीहरूमाथि राज्य गर्न चाहिने बुद्धि र ज्ञान मलाई दिनुहोस्। नत्रता मैले कसरी तपाईंको यो महान् जातिमाथि शासन गर्न सकूँला?”
11
परमेश्वरले सोलोमनलाई उत्तर दिनुभयो, “तैँले उचित कुरा मागिस्। धन-सम्पत्ति, सुनाम वा शत्रुको मृत्यु वा आफ्नै लागि दीर्घायु नमागेर तैँले मेरा प्रजा, जसमाथि मैले तँलाई राजा बनाएको छु, तिनीहरूमाथि शासन गर्न ज्ञान र बुद्धि मागिस्।
12
म तँलाई ज्ञान र बुद्धि दिनेछु। यसमाथि म तँलाई धेरै धन-सम्पत्ति र सुनाम दिनेछु, जुन अघि कहिल्यै कुनै राजाले पाएको थिएन न त फेरि कहिल्यै कुनै राजाले पाउनेछ।”
13
यसकारण सोलोमन गिबोनको आराधना-स्थलबाट, जहाँ परमप्रभुले बास गर्नुहुने पवित्र पाल थियो, त्यहाँबाट बिदा भए र यरूशलेममा फर्के। त्यहाँबाट उनले इस्राएलमाथि राज्य गरे।
14
उनले चौध सय रथ र बाह्र हजार घोड-चढीहरूको एउटा सेना तयार गरे। तीबाट केही उनले यरूशलेममा राखे र बाँकी अरू विभिन्न सहरहरूमा खटाए।
15
उनको राज्यकालमा यरूशलेममा सुन र चाँदी ढुङ्गासरह र देवदारुको काठ साधारण नेभाराका काठसरह जहीँ-तहीँ पाइन्थ्यो।
16
राजाका प्रतिनिधिहरूले मिश्र र क्यूएबाट घोडाहरूको निकासीको व्यापार गर्दथे।
17
तिनीहरूले मिश्रदेशबाट रथहरूको निकासी गर्थे। तिनीहरूले हित्ती र अरामी राजाहरूलाई एउटा रथलाई छ सय र एउटा घोडालाई डेढ सय चाँदीका टुक्राका दरले दाम लिएर बेच्थे।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36