bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Chronicles 14
2 Chronicles 14
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 15 →
1
अबिया राजा मरे र दाऊदको सहरका राजा गाडिने चिहानमा गाडिए। उनका छोरा आसा उनीपछि राजा भए र उनका शासनकालमा देशमा दश वर्षसम्म शान्ति रह्यो।
2
भलो र असल कामहरू गरेर आसाले परमप्रभु आफ्ना परमेश्वरलाई प्रसन्न तुल्याए।
3
उनले पराई देवताका वेदीहरू र मूर्ति आराधनाका स्थलहरू हटाए, ढुङ्गाका स्तम्भहरू भँचाइदिए र अशेरा देवीका मूर्तिहरू काटेर ढालिदिए।
4
उनले यहूदाका मानिसहरूलाई परमप्रभु उनीहरूका पुर्खाहरूका परमेश्वरको अगुवाइ खोज्न अनि उहाँका विधि र आज्ञाहरू पालन गर्न आज्ञा गरे।
5
उनले यहूदाका सबै सहरहरूमा भएका अग्ला थानहरू र धूप बाल्ने वेदीहरू पनि हटाइदिए। उनको शासनमुनि देशले शान्ति पायो।
6
देशमा शान्ति भएको कारण उनले यहूदामा किल्ला भएका सहरहरू पनि सुरक्षित पारे। त्यस समय उनलाई कुनै युद्ध गर्नुपरेन किनभने परमप्रभुले उनलाई विश्राम दिनुभएको थियो।
7
उनले यहूदाका मानिसहरूलाई भने, “हामी पर्खाल, किल्ला र आग्ला लाउन र बन्द गर्न सकिने मूल-ढोकाहरू बनाएर आफ्ना सहरहरूलाई सुरक्षित बनाऔं। देश हाम्रो हातमा छ किनभने हामीले परमप्रभु आफ्ना परमेश्वरको इच्छा पालन गरेका छौं। उहाँले हाम्रो रक्षा गर्नुभएको छ र हामीलाई चारैपट्टिबाट सुरक्षित राख्नुभएको छ।” राजाले भनेअनुसार तिनीहरूले बनाए र तिनीहरूको फलिफाप भयो।
8
आसा राजाका सेनामा ढाल र भाला भिरेका यहूदाका तीन लाख र ढाल र धनु-काँड लिएका बेन्यामीनका दुई लाख असी हजार सिपाहीहरू थिए। ती सबै साहसी र असल तालिम पाएका सैनिकहरू थिए।
9
जेरह नाम भएका एक जना कूशीले दश लाख सिपाही र तीन सय रथका सेना लिएर यहूदामाथि आक्रमण गरे अनि मारेशासम्म बढेर आए।
10
उनको सामना गर्न आसा अघि बढे। दुवैतिरका सेनाले मारेशाछेउ सपताको बेसीमा आ-आफ्ना स्थान लिए।
11
आसाले परमप्रभु आफ्ना परमेश्वरसँग प्रार्थना गरे, “हे परमप्रभु, मलाई सजिलैसित कमजोर सेनालाई पनि बलियो सेनाका सामुन्ने सहायता गर्न सक्नुहुन्छ। परमप्रभु! हाम्रा परमेश्वर! अहिले हामीलाई सहायता गर्नुहोस् किनभने हामी तपाईंमा भर परेका छौं र तपाईंको नाउँमा यो ठूलो सेनासँग लडाइँ गर्न आएका छौं। परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ, तपाईंलाई जित्ने आशा कसैले राख्न सक्दैन।”
12
आसा र यहूदाका सेनाले आक्रमण गरे। तिनीहरूले कूशी सेनालाई जिते। कूशीहरू भागे
13
र आसा र उनका फौजले तिनीहरूलाई गरारसम्म खेदे। यति विघ्न कूशीहरू मरे कि तिनीहरूको सेना फेरि भेला भएर लड्न सकेन। परमप्रभु र उहाँका सेनाले तिनीहरूलाई आफ्ना वशमा पारे र सेनाले धेरै लुटका सामान हात पारे।
14
त्यसपछि तिनीहरूले गरारका छेउछाउका इलाकामा भएका सहरहरू नाश गरे किनभने त्यहाँका मानिसहरू परमप्रभुको डरले थरथरी कामे। सेनाले ती सबै सहरहरू लुटे र धेरै लुटका सामान कब्जा गरे।
15
तिनीहरूले केही गोठालाहरूका तम्बु पनि आक्रमण गरे र धेरै भेडा र ऊँटहरू हात पारे। त्यसपछि तिनीहरू यरूशलेम फर्के।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36