bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Chronicles 12
2 Chronicles 12
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 13 →
1
रहबामले आफ्नो राज्य-अधिकार कायम गर्नासाथ तिनी र तिनका प्रजाले परमप्रभुको व्यवस्थालाई त्यागे।
2
रहबामको राज्यकालको पाँचौँ वर्षमा तिनीहरूले आफ्नो विश्वास छोडेको निम्ति दण्ड पाए। मिश्रका राजा शीशकले यरूशलेममा
3
बाह्र सय रथ, साठी हजार घोडचढी र अनगन्ती पैदल सिपाहीहरूको सेना लिएर हमला गरे। पैदल सेनामा लिबियाली, सुक्किया र कूशी फौजहरू पनि थिए।
4
उनले यहूदामा सुरक्षित पारेका सहरहरू कब्जा गर्दै यरूशलेमसम्म पुगे।
5
शीशकबाट बाँच्न यरूशलेममा भेला भएका राजा रहबाम र यहूदी अगुवाहरूकहाँ अगमवक्ता शमायाह गए र भने, “तपाईंहरूलाई परमप्रभुको यो सन्देश छ, ‘तिमीहरूले मलाई त्याग्यौ र मैले अब तिमीहरूलाई शीशकका हातमा छोडिदिएको छु’।”
6
राजा र अगुवाहरूले आफ्ना पाप मानिलिए। तिनीहरूले भने, “परमप्रभुले जे गर्दै हुनुहुन्छ, त्यो ठीक छ।”
7
त्यो देखेर परमप्रभु फेरि शमायाहसित बोल्नुभयो र यसो भन्नुभयो, “तिनीहरूले आफ्ना पाप स्वीकार गरेका हुनाले म तिनीहरूलाई नाश गर्दिनँ। तर जब शीशकले हमला गर्नेछ, तब तिनीहरू मुश्किलले बाँच्नेछन्। यरूशलेमले मेरो पूरा क्रोध थाहा गर्नेछैन,
8
तर शीशकले तिनीहरूलाई जित्नेछ र मेरो सेवा गर्नु र संसारको राजाको सेवा गर्नुमा के भिन्नता छ, त्यो बुझ्नेछन्।”
9
राजा शीशक यरूशलेममा आए र मन्दिर र महलबाट धन-सम्पत्ति हात पारे। उनले सबै थोक, सोलोमन राजाले बनाएका सुनका ढालहरूसमेत लिएर गए।
10
तिनका सट्टामा रहबामले काँसाका ढालहरू बनाए र महलका मूल-ढोकामा पहरा दिने कामको भार लिएका अधिकृतहरूका हातमा ती ढालहरू दिए।
11
जति चोटि राजा मन्दिरमा जान्थे, उति चोटि पहरेदारहरूले ती ढाल बोक्थे र त्यसपछि आफू बस्ने कोठामा फर्काएर ल्याउँथे।
12
रहबामले आफूलाई परमप्रभुको शरणमा समर्पण गरेको हुनाले उहाँको क्रोधले उनलाई पूरा विनाश गरेन र यहूदालाई राम्रै भइरह्यो।
13
रहबामले यरूशलेममा राज्य गरे र आफ्नो राज-शक्ति बढाए। राजा हुँदा तिनको उमेर एकचालीस वर्षको थियो र उनले यरूशलेममा सत्र वर्ष राज्य गरे। यरूशलेमलाई परमप्रभुले सारा इस्राएल देशका बीचबाट आफ्नो आराधना-स्थल चुन्नुभएको थियो। नामा रहबामकी आमा अम्मोन देशकी थिइन्।
14
उनले दुष्ट कामहरू गरे किनभने उनले परमप्रभुको इच्छा बुझ्ने चेष्टा गरेनन्।
15
रहबामका सुरुदेखि अन्तसम्मका कामहरू र उनका परिवारको इतिहास शमायाह अगमवक्ताको इतिहास र इद्दो अगमवक्ताको इतिहासको किताबहरूमा लेखिएको छ। रहबाम र यारोबाम आपसमा एकोहोरो लडाइँ गरिरहे।
16
रहबाम मरे दाऊदको सहरको राजाहरू गाडिने चिहानमा गाडिए। उनीपछि उनका छोरा अबिया राजा भए।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36