bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Chronicles 13
2 Chronicles 13
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 14 →
1
इस्राएलका राजा यारोबामका राज्यकालको अठारौं वर्षमा अबिया यहूदाका राजा भए।
2
उनले यरूशलेममा तीन वर्ष राज्य गरे। उनकी आमा माका गिबा सहरका उरीएलकी छोरी थिइन्। अबिया र यारोबामका बीच लडाइँ सुरु भयो।
3
अबियाले चार लाखको सेना खडा गरे। यारोबामले आठ लाखको सेना लिएर उनको सामना गरे।
4
ती सेनाहरूको भेट एफ्राइमको पहाडी इलाकामा भयो। अबिया राजा समारैम डाँडामा चढे र यारोबाम र इस्राएलीहरूलाई यसो भनी कराए, “मेरा कुरा सुन!
5
के तिमीहरूलाई थाहा छैन कि परमप्रभु इस्राएलका परमेश्वरले दाऊदसित एउटा कहिल्यै नटुट्ने करार बाँध्नुभएर उनका सन्तानलाई सदाकालको निम्ति इस्राएलको राज्य दिनुभएको हो?
6
नबातका छोरा यारोबामले आफ्ना राजा सोलोमनका विरुद्धमा विद्रोह गरे।
7
पछि उनले केही बेकामका बदमासहरूको एक झुन्डलाई साथमा लिएर सोलोमनका छोरा रहबामलाई आफूले भनेअनुसार गर्न कर लाए। त्यस बेला रहबाम साना र कलिलै थिए र तिनीहरूको सामना गर्न सकेनन्।
8
अब तिमीहरू परमप्रभुले दाऊदका सन्तानलाई दिनुभएको राज्य-अधिकारको विरुद्धमा लड्ने मन गर्छौ। तिमीहरूसित एउटा ठूलो सेना र यारोबामले तिमीहरूका निम्ति देवता भनी बनाइदिएका सुनका साँढेहरू छन्।
9
तिमीहरूले हारूनका सन्तान परमप्रभुका पूजाहारीहरूलाई र लेवीहरूलाई धपायौ। तिनीहरूका ठाउँमा अरू जातिहरूले जसो गर्छन्, त्यसै गरी तिमीहरूले आफ्ना पूजाहारीहरू खटायौ। एउटा साँढे वा सात वटा भेडा लिएर आउने कुनै पनि मानिस तिमीहरूका ईश्वर भनाउँदाहरूका पूजाहारी बनी अर्पित हुन सक्छ।
10
“तर हामी अझै पनि परमप्रभु आफ्ना परमेश्वरको सेवा गर्छौं। हामीले आफ्ना परमेश्वरलाई त्यागेका छैनौं। हारूनको वंशमा जन्मेका पूजाहारीहरूले आफ्ना सेवाकार्य गर्छन्। लेवीहरूले तिनीहरूलाई सघाउँछन्।
11
हरेक बिहान र हरेक साँझ तिनीहरूले उहाँलाई धूप जलाउँछन् र पशुका होमबलि चढाउँछन्। विधिअनुसार सुरु गरिएका टेबिलमा तिनीहरूले रोटीका भेटी चढाउँछन् र सुनका सामदानमा हरेक साँझ बत्ती बाल्छन्। परमप्रभुले आज्ञा गर्नुभएअनुसार हामी सबै गर्छौं तर तिमीहरूले भने उहाँलाई त्यागेका छौ।
12
परमेश्वर नै हाम्रो अगुवा हुनुहुन्छ र उहाँका पूजाहारी तुरही लिएर यहाँ आएका छन्। तुरही बजाएर हामीलाई तिमीहरूका विरुद्धमा लडाइँ गर्न निकाल्न तिनीहरू तयार छन्। हे इस्राएलका मानिसहरू हो! आफ्ना पुर्खाका परमेश्वर परमप्रभुको विरुद्धमा लडाइँ नगर! तिमीहरूको जित हुन सक्दैन!”
13
त्यहीबीच यारोबामले केही फौज यहूदी सेनालाई लुकेर पछिबाट आक्रमण गर्न पठाएका थिए। बाँकी सेना उनका अघि खडा थिए।
14
यहूदाका मानिसहरूले आफ्ना चारैपट्टि हेरे र आफूलाई शत्रुले दुवैपट्टिबाट घेरेको देखे। तिनीहरूले परमप्रभुलाई सहायताको निम्ति पुकारे र पूजाहारीहरूले तुरही फुके।
15
यहूदाका मानिसहरू चिच्च्याएर कराए र अबियाको अगुवाइमा शत्रुमाथि हमला गरे। परमेश्वरले यारोबाम र इस्राएली सेनाको हार गराउनुभयो।
16
इस्राएलीहरू यहूदावासीहरूका सामुन्नेबाट भागे र परमप्रभुले तिनीहरूलाई यहूदावासीहरूका हातमा पारिदिनुभयो।
17
अबिया र उनका सेनाले इस्राएलीहरूलाई पूरा हराए। पाँच लाख इस्राएली सबैभन्दा असल सिपाहीहरू मारिए।
18
त्यसरी यहूदाका मानिसहरू इस्राएलमाथि विजयी भए किनभने तिनीहरू आफ्ना पुर्खाहरूका परमेश्वर परमप्रभुमा भर परेका थिए।
19
अबियाले यारोबामका सेनालाई खेदेर लगे र उनका केही सहरहरू बेथेल, येशना र एप्रोन र तिनका छेउ-छाउका गाउँ-बस्तीहरू कब्जा गरे।
20
अबियाको शासनकालभरि यारोबामले कहिल्यै फेरि आफ्नो शक्ति पाउन सकेनन्। अन्तमा परमप्रभुले उनलाई प्रहार गर्नुभयो र उनी मरे।
21
अबिया भने अझ शक्तिशाली भए। उनका चौध जना स्वास्नीहरू थिए र उनी बाईस छोरा र सोह्र छोरीहरूका बुबा भए।
22
अबियाको बाँकी इतिहास, उनले के भने, के गरे, ती सबै कुरा इद्दो अगमवक्ताको इतिहासमा लेखिएको छ।
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36