bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Chronicles 28
2 Chronicles 28
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 27
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 29 →
1
बीस वर्ष उमेर छँदा आहाज राजा भए र सोह्र वर्ष उनले यरूशलेममा राज्य गरे। उनले आफ्ना पुर्खा दाऊद राजाका असल उदाहरण पछ्याएनन्। त्यसका सट्टामा जे कुराले परमप्रभुलाई अप्रसन्न गराउँथ्यो, त्यही तिनले गरे।
2
उनले इस्राएलका राजाहरूका नकल गरे, बाल देवताका मूर्ति बनाउन लगाए,
3
बेन-हिन्नोमको बेसीमा धूप बाले र त्यस देशमा इस्राएलीहरू अघि बढेर आउँदा जुन मानिसहरूलाई परमप्रभुले त्यहाँबाट धपाउनुभएको थियो, तिनीहरूका घिनलाग्दा रीतिथिति नकल गरी आफ्नै छोराहरू पनि उनले बलि चढाए।
4
मूर्तिपूजकहरूका आराधना-स्थल, डाँडा र छाया पार्ने रूखहरूमुनि आहाजले बलि चढाए र धूप बाले।
5
[5-6] आहाज राजाले पाप गरेका हुनाले परमप्रभु उनका परमेश्वरले अरामका राजाका हातमा उनको हार गराउनुभयो र धेरै जना यहूदावासीहरूलाई कैद गरी दमस्कसमा लैजान दिनुभयो। परमप्रभुले इस्राएलका राजा रमल्याहका छोरा पेकहले पनि आहाजको हार गराई एक दिनमा एक लाख बीस हजार यहूदाका सबैभन्दा साहसी सैनिकहरूलाई मारे। परमप्रभु तिनीहरूका पुर्खाका परमेश्वरले यी कुरा हुन दिनुभयो किनभने यहूदाका मानिसहरूले उहाँलाई त्यागेका थिए।
7
एक जना जिक्री नाम गरेको इस्राएली सिपाहीले आहाज राजाका छोरा मासेयाह, राजमहलमा रेख-देख गर्ने अधिकारी अज्रीकाम र राजापछि दोस्रो दर्जामा भएका एल्कानालाई मारे।
8
यहूदावासीहरू आफ्नै स्वजाति भए पनि इस्राएली सेनाले दुई लाख स्त्री र केटा-केटीहरूलाई कैद गरी सामरियामा लगे र साथै धेरै लुटका सामान पनि लगे।
9
सामरिया सहरमा ओदेद नाम भएका परमप्रभुका एक जना अगमवक्ता थिए। यहूदाबाट कैदीहरू लिएर आएका इस्राएली सेना सहरमा प्रवेश गर्न लाग्दा ओदेदले तिनीहरूलाई भेटे र यसो भने, “परमप्रभु तिम्रा पुर्खाका परमेश्वर यहूदासित रिसाउनुभएको थियो र तिम्रा हातमा तिनीहरूको हार गराउनुभयो तर अब कस्तो दुष्ट प्रकारले तिमीहरूले तिनीहरूलाई संहार गर्यौ, त्यो उहाँले जान्नुभएको छ।
10
तिमीहरू अब यरूशलेम र यहूदाका पुरुष र स्त्रीहरूलाई आफ्ना चाकर-चाकरनी बनाउन चाहन्छौ। के तिमीहरूलाई थाहा छ, तिमीहरूले पनि परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा पाप गरेका छौ?
11
मेरो कुरा सुन। यी कैदीहरू तिमीहरूका भाइ-बहिनी हुन्। तिनीहरूलाई छोडिदेओ नत्र परमप्रभुले आफ्नो क्रोधमा तिमीहरूलाई दण्ड दिनुहुनेछ।”
12
उत्तरी राज्यका चार जना मुख्य अगुवाहरूले पनि सेनाका कामको विरोध गरे। यी अगुवाहरू येहोहानानका छोरा अजर्याह, मशिल्लेमोतका छोरा बेरेक्याह, शल्लूमका छोरा येहिजक्याह र हद्लैको छोरो अमासा थिए।
13
तिनीहरूले भने, “ती कैदीहरूलाई यहाँ नल्याओ! हामीले परमप्रभुको विरुद्धमा पाप गरेर अघि नै परमेश्वरका क्रोध र दण्ड आफूमा ल्याइसकेका छौं। अब आफ्ना अपराध अझ बढाउने काम गर्न चाहन्छौ?”
14
तब सेनाले कैदी र लुटका सामानहरू मानिसहरू र तिनका अगुवाहरूलाई सुम्पिदिए।
15
ती चार जना अगुवाहरूलाई लुटका सामानबाट कैदीहरूलाई लाउने वस्त्र दिन खटाए। तिनीहरूले ती कैदीहरूलाई लाउने वस्त्र र जुत्ताहरू, खान-पिउनलाई पुग्दो खानेकुरा दिए र तिनका चोटमा जैतुनका तेल लाइदिए। हिंड्न नसक्ने भई कमजोर भएकाहरूलाई गधामा चढाए र सबै कैदीहरूलाई यहूदा देशको यरीहो सहर अर्थात् खजूरहरूको सहरमा फर्काइलगे। त्यसपछि इस्राएलीहरू सामरियामा आ-आफ्ना घरमा फर्के।
16
[16-17] एदोमीहरूले फेरि यहूदामा छापा मार्न थाले र धेरैलाई कैदी बनाए। यसकारण आहाज राजाले अश्शूरका महाराजा तिग्लत-पिलेसेरलाई मद्दत मागे।
18
त्यस बेला पलिश्तीहरूले यहूदाका दक्षिण भागमा र पश्चिमका डाँडाहरूका फेदीमा भएका सहरमा छापा मार्दै थिए। तिनीहरूले बेथ-शेमेश, अय्यालोन र गदेरोत सहरहरू र गाउँ-बस्तीसहित सोखो, तिम्ना र गिम्जो सहरहरू कब्जा गरे र त्यहाँ सदाको लागि बास गर्न लागे।
19
यहूदाका राजा आहाजले मानिसहरूको अधिकार खोसेका र परमप्रभुलाई इन्कार गरेका हुनाले परमप्रभुले यहूदामा आपत् ल्याउनुभएको थियो।
20
अश्शूरका महाराजाले आहाजलाई मद्दत दिनुको साटो उनको विरोध गरे र उनलाई कष्ट दिए।
21
यसकारण आहाजले मन्दिर, महल र देशका अगुवाहरूका घरबाट सुन लिएर अश्शूरी महाराजालाई दिए तर त्यसले पनि केही काम भएन।
22
आफ्ना कष्ट खुबै बढेर गएको बेलामा आहाजले परमप्रभुको विरुद्धमा अझ धेरै पाप गरे।
23
आफ्नो हार गराउने अरामीहरूका देवताहरूलाई तिनले बलि चढाए। उनले भने, “अरामी देवताहरूले अरामी राजालाई मद्दत गरे। यसर्थ मैले तिनीहरूलाई बलि चढाएँ भने तिनीहरूले मलाई पनि मद्दत गर्लान्।” यस कुराले उनी र उनका जातिमाथि विपत्ति ल्यायो।
24
त्यसमाथि उनले मन्दिरका सबै सर-सामानहरू लिएर टुक्रा-टुक्रा पारे। उनले मन्दिर बन्द गरिदिए र यरूशलेमको हरेक ठाउँमा वेदीहरू बनाए।
25
यहूदाका प्रत्येक ठूला-साना सहरहरूमा तिनले मूर्ति पुज्ने ठाउँहरू बनाए, जहाँ पराई देवताहरूलाई धूप बालिन्थ्यो। त्यसरी उनले आफूमाथि परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरको क्रोध ल्याए।
26
उनको शासनकालका अरू सबै घटनाहरू सुरुदेखि अन्तसम्मै यहूदा र इस्राएलका राजाहरूको इतिहासमा लेखिएको छ।
27
आहाज राजा मरे र यरूशलेममा गाडिए तर उनको लाश राजाहरू गाड्ने चिहानमा राखिएन। उनीपछि उनका छोरा हिजकिया राजा भए।
← Chapter 27
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 29 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36