bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Chronicles 36
2 Chronicles 36
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 35
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
1
यहूदाका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई चुने र यरूशलेममा राजा अभिषेक गरे।
2
यहूदाका राजा हुँदा यहोआहाज तेईस वर्षका थिए र उनले यरूशलेममा तीन महिना राज्य गरे।
3
मिश्रका राजा नेकोले उनलाई कैद गरे र यहूदालाई ३,४०० किलोग्राम चाँदी र ३४ किलोग्राम सुन राजकर तिर्न लाए।
4
नेकोले यहोआहाजका भाइ एल्याकीमलाई यहूदाका राजा बनाए र उनको नाम यहोयाकीम बनाइदिए। यहोआहाजलाई नेकोले मिश्रमा लगे।
5
यहूदाका राजा हुँदा यहोयाकीम पच्चीस वर्षका थिए र उनले यरूशलेममा एघार वर्ष राज्य गरे। उनले परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा पाप गरे।
6
बेबिलोनका राजा नबूकदनेसरले यहूदामाथि आक्रमण गरे, यहोयाकीमलाई कैद गरे र साङ्लाले बाँधेर बेबिलोनमा लगे।
7
नबूकदनेसरले मन्दिरका केही धन-सम्पत्ति लगे र बेबिलोनमा आफ्नो महलमा राखे।
8
यहोयाकीमले गरेका सबै काम, तिनका घिनलाग्दा चाल र दुष्कर्महरूसमेत इस्राएल र यहूदाका राजाहरूको इतिहासमा लेखिएको छ। तिनीपछि तिनका छोरा यहोयाकीन राजा भए।
9
यहूदाका राजा हुँदा यहोयाकीन अठार वर्षका थिए र उनले यरूशलेममा तीन महिना दश दिन राज्य गरे। उनले पनि परमप्रभुको विरुद्धमा पाप गरे।
10
जब बसन्त ऋतु आयो, नबूकदनेसर राजाले यहोयाकीनलाई कैद गरी बेबिलोनमा लगे र मन्दिरका धन-सम्पत्ति पनि लगे। त्यसपछि नबूकदनेसरले यहोयाकीनका काका सिदकियाहलाई यहूदा र यरूशलेमका राजा बनाए।
11
सिदकियाह एक्काईस वर्षका हुँदा यहूदाका राजा भए र उनले यरूशलेममा एघार वर्ष राज्य गरे।
12
उनले परमप्रभुको विरुद्धमा पाप गरे र नम्र भई यर्मिया अगमवक्ताको कुरा सुनेनन्। यर्मियाले परमप्रभुको वचन सुनाउँथे।
13
सिदकियाहले नबूकदनेसर राजाका विरुद्धमा विद्रोह गरे। नबूकदनेसरले सिदकियाहलाई परमेश्वरको नाउँमा म राजभक्त रहेछु भनी किरिया खान कर लाएका थिए। उनले ढिट भएर पश्चात्ताप नगरी परमप्रभु इस्राएलका परमेश्वरकहाँ फर्किआउन मानेनन्।
14
त्यसबाहेक यहूदाका अगुवा पूजाहारी र मानिसहरूले आफ्ना चारैपट्टिका जातिहरूले झैँ मूर्तिपूजा गरी तिनीहरूका पापी चालमा चले। त्यसरी तिनीहरूले परमप्रभु आफैंले पवित्र गर्नुभएको मन्दिरलाई अपवित्र बनाए।
15
परमप्रभु तिनीहरूका पिता-पुर्खाका परमेश्वरले आफ्ना मानिसहरूलाई चेतावनी दिन अगमवक्ताहरूलाई पठाइरहनुभयो किनभने उहाँले तिनीहरू र मन्दिरलाई बचाउन चाहनुहुन्थ्यो।
16
तर तिनीहरूले परमेश्वरका सन्देशवाहकहरूको हाँसो उडाए, उहाँका वचनको वास्ता गरेनन् र अगमवक्ताहरूमाथि हँस्सी-ठट्ठा गरे। अन्तमा आफ्ना प्रजाप्रति परमप्रभुको क्रोध यति ठूलो भयो कि त्यसबाट बाँच्ने केही उपाय रहेन।
17
यसकारण परमप्रभुले तिनीहरूमाथि आक्रमण गर्न बेबिलोनका राजालाई ल्याउनुभयो। त्यस राजाले यहूदाका जवान पुरुषहरूलाई मन्दिरभित्र पनि मारे। उनले युवा, बुढा-पाका, पुरुष-स्त्री, रोगी-निरोगी कसैलाई केही दया देखाएनन्। तिनीहरू सबैलाई परमेश्वरले उनका हातमा दिनुभयो।
18
बेबिलोनका राजाले मन्दिर, मन्दिरका धन-सम्पत्ति र राजा र भारदारहरूका धन-सम्पत्ति सबै लुटेर बेबिलोनमा लगेर गए।
19
उनले मन्दिर र सहर त्यसका सबै महलहरू र धन-सम्पत्तिसहित जलाइदिए र सहरका पर्खाल भत्काई ढालिदिए।
20
बाँचेका मानिसहरूलाई उनले बेबिलोनमा लगे र त्यहाँ कमाराहरू भई तिनीहरूले राजा र उनका सन्तानको सेवा गरे। यसरी तिनीहरू फारसका राजा विजयी भएर नआएसम्म बेबिलोनमा रहे।
21
यस प्रकारले परमप्रभुले यर्मिया अगमवक्ताद्वारा दिनुभएको यो अगमवाणी पूरा भयो, “यो देश सत्तरी वर्ष उजाड भइरहनेछ र त्यसरी तिनीहरूले विश्रामको दिन नमानेको समय पूरा हुनेछ।”
22
कोरेस फारस देशका महाराजा भएको पहिलो वर्षमा परमप्रभुले यर्मिया अगमवक्ताद्वारा दिनुभएको आफ्नो वचन पूरा गराउनुभयो। उहाँले कोरेसलाई यो तल लेखिएको आज्ञा पठाउने काम गर्न लाउनुभयो। त्यो आज्ञा लेखेर उनको साम्राज्यका हरेक ठाउँमा उच्च सोरमा पढेर सुनाउन पठाइयो:
23
“यो फारसका महाराजा कोरेसको आज्ञा हो। परमप्रभु स्वर्गका परमेश्वरले मलाई सारा संसारका शासक बनाउनुभएर उहाँको निम्ति यहूदाको यरूशलेममा एउटा मन्दिर बनाउने जिम्मेवारी दिनुभएको छ। अब तिमीहरू, जो परमेश्वरका प्रजा हौ, सबै यरूशलेममा जाओ र परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूका साथ रहून्।”
← Chapter 35
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36