bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Chronicles 23
2 Chronicles 23
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 24 →
1
यहोयादा पूजाहारीले छ वर्षसम्म पर्खेपछि अब केही गर्नुपर्ने समय भयो भनी निश्चय गरे। उनले सेनाका पाँच जना अधिकृतहरूसित मित्रता गरे; यी अधिकृतहरू यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापात।
2
तिनीहरू यहूदाका सबै सहरहरूमा गए र लेवीहरू र गोत्र-गोत्रका अगुवाहरूलाई यरूशलेममा लिएर आए।
3
तिनीहरू मन्दिरमा भेला भए र राजाका छोरा योआशसँग एउटा करार बाँधे। यहोयादाले तिनीहरूलाई भने, “मृत राजाको छोरो यहाँ छन्। परमप्रभुले दाऊद राजाका सन्तान राजा हुनेछन् भनी भन्नुभएको थियो र अब यिनी राजा हुनुपर्छ।
4
हामी यसो गर्नेछौं। विश्रामको दिनमा जब पूजाहारी र लेवीहरू काममा आउँछन्, एक तिहाइले मन्दिरका ढोकाहरूमा पहरा दिनेछन्,
5
अर्को एक तिहाइले राजदरबारमा पहरा दिनेछन् र बाँकीचाहिँ फोहराका मूल-ढोकामा हाजिर हुनेछन्। अरू सबै मानिसहरू मन्दिरको चोकमा जम्मा हुनेछन्।
6
काममा खटाइएका पूजाहारीहरू र लेवीहरूबाहेक कोही पनि मन्दिरभित्र पस्न पाउनेछैनन्। पूजाहारीहरू र लेवीहरू पस्न पाउँछन् किनभने तिनीहरू पवित्र कामको लागि अर्पण गरिएका छन्; तर बाँकी मानिसहरू सबैले परमप्रभुको आज्ञापालन गरी बाहिर बस्नेछन्।
7
लेवीहरूले हातमा तरवार लिएर राजालाई घेरी पहरा दिनेछन् र राजा जहाँ जान्छन्, त्यहाँ उनका साथमा रहनेछन्। मन्दिरमा प्रवेश गर्न खोज्ने जोसुकै होस्, त्यसलाई मार्नू।”
8
लेवीहरू र यहूदाका मानिसहरूले यहोयादाका आदेश पालन गरे। विश्रामको दिनमा काम गरिसक्ने मानिसहरूलाई घर फर्किन दिएनन् र कप्तानहरूका हातमा काममा आउने र कामबाट जाने दुवै थरीका पहरादारहरू थिए।
9
यहोयादाले अधिकृतहरूका हातमा दाऊद राजाका भाला र ढालहरू दिए, जुन हतियारहरू मन्दिरमा राखिएका थिए।
10
उनले राजाको रक्षाको निम्ति पहरादारहरूलाई हातमा तरवार लिएर मन्दिरका चारैतिर उभिन लाए।
11
त्यसपछि यहोयादाले योआशलाई ल्याए, उनको शिरमा मुकुट लाइदिए र राजाले पालन गर्नुपर्ने नियमावलीको एउटा नक्कल दिए। यसरी उनी राजा बनाइए। यहोयादा पूजाहारी र उनका छोराहरूले योआशलाई अभिषेक गरे र सबैले “राजा दीर्घायु होऊन्!” भन्दै जोडसित कराए।
12
मानिसहरूले राजालाई जयजयकार गरेका अतल्याहले सुनिन् र तिनी हतारिंदै मन्दिरमा गइन्। मानिसहरू त्यहाँ भेला भएका थिए।
13
तिनले त्यहाँ मन्दिरका मूल-ढोकामा नयाँ राजालाई देखिन्। राजाको निम्ति अलग गरेको स्तम्भनिर योआश उभिएका थिए र उनलाई सेनाका अधिकृतहरूले र तुरही बजाउनेहरूले चारैतिर घेरेका थिए। सबै मानिसहरूले आनन्दले चिच्च्याउँदै र तुरही बजाउँदै थिए र त्यसमा मन्दिरका सङ्गीतकारहरूले बाजाहरू बजाउँदै अगुवाइ गरिरहेका थिए। दु:ख मानेर तिनले आफ्नो वस्त्र च्यातिन् र कराएर भनिन्, “विश्वासघात भयो, राजद्रोह भयो!”
14
मन्दिर इलाकाभित्र अतल्याहको हत्या भएको यहोयादा चाहँदैनथे र उनले सैनिक अधिकृतहरूलाई बोलाएर भने, “पहरेदारहरूका पङ्क्तिका बीचबाट तिनलाई बाहिर लैजाओ र जसले तिनलाई बचाउन खोज्छ, त्यसलाई मार।”
15
तिनीहरूले अतल्याहलाई समाते र महलमा लगे। अनि तिनीहरूले घोडा ढोकानिर उनलाई मारे।
16
योआश राजा र मानिसहरूलाई आफूसित एक भई हामी परमप्रभुका प्रजा भई बाच्नेछौं भनी यहोयादा पूजाहारीले करार बाँध्न लाए।
17
त्यसपछि तिनीहरू सबैले गएर बालको मन्दिर भत्काइदिए। तिनीहरूले वेदीहरू र तिनमा भएका मूर्तिहरू तोडे र बालको पूजाहारी मत्तानलाई वेदीको सामुन्ने मारे।
18
यहोयादाले पूजाहारी र लेवीहरूलाई मन्दिरका कार्यभार सुम्पिदिए। दाऊद राजाले खटाएका कार्यहरू तिनीहरूले गर्नुपर्थ्यो र मोशाका नियमअनुसार परमप्रभुलाई चढाएका बलिहरू जलाउनुपर्थ्यो। गान-बजान र उत्सवको भार पनि तिनीहरूले नै लिएका थिए।
19
यहोयादाले मन्दिरका मूल-ढोकाहरूमा पनि विधिअनुसार अशुद्ध भएकाहरूलाई भित्र पस्न नदिन पहरेदारहरू खटाए।
20
सेनाका अधिकृतहरू, प्रमुख नागरिकहरू, भारदारहरू र अरू बाँकी सबै मानिसहरू यहोयादाका साथ जुलुसमा हिंडे र राजालाई मन्दिरबाट महलमा ल्याए। तिनीहरू मूल-ढोकाबाट पसे र राजसिंहासनमा बसे।
21
सारा प्रजा आनन्दित थिए र अतल्याहको हत्याको कारणले सहर सुनसान थियो।
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 24 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36