bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Chronicles 32
2 Chronicles 32
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 31
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 33 →
1
यी सबै कुरामा हिजकिया राजाले विश्वासयोग्यतासाथ परमप्रभुको सेवा गरे। त्यसपछि अश्शूरका महाराजा सनहेरीबले यहूदामाथि हमला गरे। सुरक्षित बनाएका सहरहरू तिनले घेरामा हाले र पर्खाल तोडेर सहरभित्र पस्ने आज्ञा आफ्ना सेनालाई दिए।
2
सनहेरीबले यरूशलेम पनि आक्रमण गर्ने इच्छा गरेका जब हिजकियाले बुझे
3
[3-4] उनी र उनका अधिकृतहरूले सहरबाहिर जाने पानी काटिदिए। अश्शूरीहरू यरूशलेमछेउ पुग्दा तिनीहरूले पानी पाउन नसकून् भनी त्यसो गरिएको थियो। अधिकृतहरूले धेरै मानिसहरू लिई गएर सबै पानीका मुहानहरू थुनिदिए र तीबाट पानी बग्न बन्द भयो।
5
पर्खाल मरमत गरी तीमाथि बुर्जाहरू बसाई सहरको बाहिरपट्टि एउटा पर्खाल बनाएर राजाले यरूशलेम सहरका बचाउको बन्दोबस्त अझ बलियो पारे। त्यसबाहेक पुरानो यरूशलेमको पूर्वीय भागमा माटो भरेर तयार गरेको जमिनमाथि बनाइएका सुरक्षा व्यवस्थाहरूको पनि तिनले मरमत गरे। तिनले धेरै ढाल र भालाहरू पनि बनाउन लाए।
6
उनले सहरका सबै पुरुषहरूलाई फौजी अधिकृतहरूका अधिकारमा दिए र सहरका मूल-ढोकानिर खुला आँगनमा भेला हुने आज्ञा गरे। उनले तिनीहरूलाई भने,
7
“सङ्कल्प गर र भरोसा राख। अश्शूरी महाराजा वा उनका अगुवाइमा आउने सेनाको डर नमान। उनीपट्टि भन्दा हामीपट्टि धेरै शक्ति छ।
8
उनीसित मानवशक्ति छ तर हामीसित परमप्रभु, हाम्रा परमेश्वर हुनुहुन्छ र उहाँले हामीलाई मद्दत दिनुहुन्छ र हाम्रो लडाइँ लडिदिनुहुन्छ।” राजाका यी शब्दले मानिसहरूको हौसला बढ्यो।
9
केही समयपछि सनहेरीब र तिनका सेना लाकीशमै हुँदा हिजकिया र तिनीसित यरूशलेममा भएका यहूदावासीहरूलाई सनहेरीबले यस्तो खबर पठाए:
10
“म अश्शूरका महाराजा, सनहेरीब यो प्रश्न गर्दछु कि के कुराको भरोसामा तिमीहरू घेरामा परेका यरूशलेममा बस्न साहस गर्दछौ?
11
परमप्रभु तिम्रा परमेश्वरले हाम्रा शक्तिबाट तिमीहरूलाई बचाउनेछन् भनी हिजकियाले भन्छन् होला; तर हिजकियाले तिमीहरूलाई छल्दै छन् र भोक र तिर्खाले मर्न लाउनेछन्।
12
परमप्रभुको आराधना-स्थल र वेदीहरू नाश गर्ने अनि यहूदा र यरूशलेमका मानिसहरूलाई खालि एउटै वेदीमा मात्र आराधना गर्नू र धूप जलाउनू भन्ने उनी नै हुन्।
13
म र मेरा पिता-पुर्खाले अरू जातिका मानिसहरूलाई के गरे, के त्यो तिमीहरू जान्दैनौ? के अरू कुनै जातिका देवताले ती मानिसहरूलाई अश्शूरका महाराजाका हातबाट बचाए?
14
के ती सारा देशका कुनै देवताहरूले कहिल्यै हाम्रा हातबाट तिनीहरूका देश बचाएका थिए? तब तिम्रा परमेश्वरले तिमीहरूलाई बचाउनेछन् भनी कसरी सोच्दछौ?
15
अब हिजकियाले तिमीहरूलाई त्यसरी धोका दिन र गलत बाटोमा लैजानदेखि आफैंलाई जोगाओ। उनका कुरामा पत्यार नगर! कुनै जातिका कुनै ईश्वरले कहिल्यै आफ्ना मानिसहरूलाई अश्शूरी महाराजाका हातबाट बचाउन सकेका छैनन्। त्यही प्रकारले तिम्रा परमेश्वरले पनि अवश्यै तिमीहरूलाई बचाउन सक्नेछैनन्!”
16
अश्शूरी अधिकृतहरूले परमप्रभु परमेश्वर र उहाँका सेवक हिजकियाबारे अझ नराम्रा कुराहरू भने।
17
महाराजाले लेखेका चिट्ठीले परमप्रभु इस्राएलका परमेश्वरको अपमान भएको थियो। त्यसमा “जाति-जातिका देवताहरूले मेरो शक्तिबाट आफ्ना प्रजालाई बचाएका छैनन् न त हिजकियाका परमेश्वरले नै मबाट आफ्ना प्रजालाई बचाउन सक्नेछन्,” भनी लेखिएको थियो।
18
सहरका पर्खालमा उभेका यरूशलेमका बासिन्दाहरूलाई तर्साउन र हताश गराउन ती अधिकृतहरूले यो कुरा हिब्रू भाषामा कराई-कराई सुनाए। त्यसरी तिनीहरूले यरूशलेम सजिलैसित कब्जा गर्न खोज्थे।
19
यरूशलेमका परमेश्वरबारे पनि तिनीहरूले त्यसरी नै भने, जसरी अरू जातिहरूका देवताहरूबारे भन्थे। ती देवताहरू मानिसहरूका हातले बनाएका मूर्तिहरू मात्र थिए।
20
तब हिजकिया राजा र आमोजको छोरो यशैया अगमवक्ताले परमेश्वरलाई प्रार्थना गरे र मद्दतको लागि उहाँलाई पुकारे।
21
परमप्रभुले एउटा स्वर्गदूत पठाउनुभयो र उनले अश्शूरी सेनाका सिपाही र अधिकृतहरूलाई मारे। बदनाम भएर राजा अश्शूर देशमा फर्किए। एक दिन आफ्नो देवताको मन्दिरमा राजा हुँदा उनकै केही छोराहरूले उनलाई तरवारले हानेर मारे।
22
यस प्रकारले हिजकिया राजा र यरूशलेमका मानिसहरूलाई परमप्रभुले सनहेरीब, अश्शूरका महाराजाका शक्तिबाट र तिनीहरूका अरू शत्रुहरूबाट पनि बचाउनुभयो। उहाँले तिनीहरूलाई छिमेकीका सबै देशहरूसित शान्तिसँग बास गर्न दिनुभयो।
23
धेरै मानिसहरू परमप्रभुलाई भेटी चढाउन र हिजकियालाई उपहार बोकेर यरूशलेममा आउँथे। त्यस बेलादेखि सबै जातिहरूले हिजकियालाई आदर गर्न थाले।
24
त्यस बेलातिरै हिजकिया राजा बिरामी भए र झण्डै मरे। उनले प्रार्थना गरे र तँ निको हुनेछस् भनी परमप्रभुले तिनलाई एउटा चिन्ह दिनुभयो।
25
तर हिजकिया अति घमण्डी भए। परमप्रभुले आफ्ना निम्ति जे-जति गर्नुभएको थियो, त्यसको निम्ति उनले परमेश्वरलाई धन्यवाद दिएनन्। त्यसकारण यहूदा र यरूशलेमले कष्ट भोग्नुपर्यो।
26
तापनि अन्तमा हिजकिया र यरूशलेमका बासिन्दाहरू नम्र बने। यसकारण हिजकियाको मृत्यु नभएसम्म परमप्रभुले ती मानिसहरूलाई दण्ड दिनुभएन।
27
हिजकिया राजा अति धनी भए र सबैले उनलाई आदर गर्थे। उनले आफ्ना सुन, चाँदी, बहुमूल्य रत्नहरू, मसला, दाल र अरू दामीदामी कुराहरू राख्न भण्डार कोठाहरू बनाउन लाए।
28
त्यसमाथि उनले अन्न, दाखमद्य, जैतुनका तेल राख्ने ढुकुटीहरू अनि गाई-गोरु र भेडाहरूका गोठहरू पनि बनाउन लाए।
29
यी सबैबाहेक परमेश्वरले उनलाई गाई-वस्तु, भेडाहरू र अरू यति धेरै धन दिनुभयो कि उनले धेरै सहरहरू बसाले।
30
गीहोन कुलो खनी खोलाबाहिर बगी जाने बाटो बन्द गरेर खोलाको पानी त्यस कुलोबाट यरूशलेमका पर्खालभित्र पुर्याउने यिनै हिजकिया राजा थिए। हिजकिया आफूले गरेका सबै काममा सफल भए
31
र बेबिलोनी राजदूतहरू त्यस देशमा भएको ती असाधारण घटनाबारे सोधपुछ गर्न आउँदा पनि परमेश्वरले हिजकियालाई उनका चरित्रको जाँच गर्न आफ्नै इच्छाअनुसार गर्न दिनुभयो।
32
हिजकिया राजाले गरेका अरू सबै कामहरू र परमप्रभुप्रति उनको भक्तिबारे आमोजको छोरो यशैया अगमवक्ताका दर्शनको पुस्तकमा र यहूदा र इस्राएलका राजाहरूको इतिहासमा लेखिएको छ।
33
हिजकिया मरे र राजाहरू गाड्ने चिहानमा माथिल्लो भागमा गाडिए। उनको मृत्यु हुँदा यहूदा र यरूशलेमका सबै मानिसहरूले उनको ठूलो सम्मान गरे। उनका छोरा मनश्शे उनीपछि राजा भए।
← Chapter 31
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 33 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36