bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Chronicles 6
2 Chronicles 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 7 →
1
तब सोलोमन राजाले प्रार्थना गरे— परमप्रभु! तपाईंले बाक्लो बादलमा बस्न रोज्नुभयो।
2
अब मैले तपाईंको निम्ति सदासर्वदा बास गर्न एउटा शानदार मन्दिर बनाएको छु।”
3
त्यहाँ इस्राएलका सबै मानिसहरू उभिएका थिए। तिनीहरूलाई सोलोमनले हेरे र परमेश्वरको आशीर्वाद तिनीहरूले पाऊन् भनी बिन्ती गरे।
4
उनले भने, “परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गर! उहाँले मेरा बुबा दाऊदसित आफ्नै मुखले भन्नुभएको प्रतिज्ञा पूरा गर्नुभएको छ।
5
‘मेरा प्रजालाई मिश्रबाट निकाली ल्याएको समयदेखि अझसम्म मैले मेरो आराधना गर्न सारा इस्राएल देशमा मन्दिर बनाउने कुनै ठाउँ छानेको छैनँ। मेरो प्रजा इस्राएलका अगुवा हुन कसैलाई पनि चुनिनँ।
6
तर अब मैले यरूशलेमलाई मेरो आराधना गरिने ठाउँ र दाऊदलाई मेरो प्रजामाथि राज्य गर्नलाई छानें’।”
7
सोलोमनले अझै भने, “इस्राएलका परमप्रभु परमेश्वरको आराधना गर्न मेरा बुबा दाऊदले एउटा मन्दिर बनाउने इच्छा गरेका थिए;
8
तर परमप्रभुले उनलाई भन्नुभयो, ‘मेरो निम्ति एउटा मन्दिर बनाउने इच्छा गरेर तैँले ठीक गरिस्,
9
तर त्यो तैँले कहिल्यै बनाउन पाउनेछैनस्। तेरो आफ्नै छोरोले मेरो मन्दिर बनाउनेछ।’
10
“अहिले परमप्रभुले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो। मेरा बुबापछि म इस्राएलको राजा भएको छु र परमप्रभु इस्राएलका परमेश्वरको आराधना गर्न मैले एउटा मन्दिर पनि बनाएको छु।
11
करारको सन्दुक मैले मन्दिरमा राखेको छु। परमप्रभुले आफ्ना प्रजा इस्राएलसित बाँध्नुभएको करार लेखिएका ढुङ्गाका पाटीहरू त्यसमा राखिएका छन्।”
12
त्यसपछि मानिसहरूका सामुन्ने सोलोमन गएर वेदीको अघि खडा भए र आफ्ना हात उचाली प्रार्थना गरे।
13
सोलोमनले एउटा काँसको मञ्च बनाएर चोकको बीचमा राखेका थिए। त्यसको लमाइ र चौडाइ एउटै थियो’ २.२ मिटर र त्यो १.३ मिटर अग्लो थियो। उनी त्यस मञ्चमा चढे, सबैले देख्ने गरी घुँडा टेके र आफ्ना हात स्वर्गतिर उचाले।
14
उनले प्रार्थना गरे, “परमप्रभु इस्राएलका परमेश्वर, स्वर्ग र पृथ्वीमा तपाईंजस्तो परमेश्वर अरू कोही छैनन्। आफ्ना प्रजासित तपाईंले आफ्नो करार पूरा गर्नुहुन्छ र तिनीहरूले आफ्नो सम्पूर्ण हृदयले तपाईंको आज्ञापालन गरेर जीवन बिताए भने तिनीहरूलाई आफ्नो प्रेम देखाउनुहन्छ।
15
मेरा बुबा दाऊदसित गर्नुभएको प्रतिज्ञा तपाईंले पूरा गर्नुभएको छ, एक-एक गरी आज यो पूरा भयो।
16
अब हे परमप्रभु इस्राएलका परमेश्वर! म बिन्ती गर्दछु कि तपाईंले मेरा बुबासित गर्नुभएको अरू प्रतिज्ञा पनि पूरा गर्नुहोस्। तपाईंले मेरा बुबालाई भन्नुभएको थियो कि उनले झैँ इस्राएलीहरूले होशियारीसाथ तपाईंका आज्ञाहरू पालन गरे भने, उनको एक न एक जना सन्तानले उनका राजा भई इस्राएलमा सधैँ राज्य गर्नेछ
17
र अब हे परमप्रभु, इस्राएलका परमेश्वर! तपाईंले आफ्नो सेवक दाऊदलाई प्रतिज्ञा गर्नुभएका सबै कुराहरू पूरा गराउनुहोस्।
18
“तर हे परमेश्वर, के तपाईं साँच्चै पृथ्वीमा, मानिसहरूका बीचमा बास गर्न सक्नुहुन्छ र? सारा स्वर्ग नै तपाईं बास गर्न सानो हुन्छ, मैले बनाएको यो मन्दिर कसरी तपाईंलाई पुग्दो हुन सक्छ र?
19
परमप्रभु, मेरा परमेश्वर, म तपाईंको दास हुँ। मेरो प्रार्थना सुन्नुहोस् र आज मैले गरेको बिन्ती मन्जुर गर्नुहोस्।
20
तपाईंको नजर यस मन्दिरमा रात-दिन रहिरहोस्। यस ठाउँमा, जसको विषयमा तपाईंले यसो भन्नुभएको थियो, ‘यसमा मेरो नाउँ रहिरहनेछ।’ यसैले तपाईंको दासले यस ठाउँतिर फर्केर गरेको प्रार्थना तपाईंले सुन्नुहोस्।
21
यस ठाउँतिर मुख गरेर प्रार्थना गर्दा मेरो प्रार्थना र तपाईंका प्रजा इस्राएलको प्रार्थना सुन्नुहोस्। स्वर्गका आफ्नो भवनमा हाम्रा बिन्ती सुन्नुहोस् र हामीलाई क्षमा दिनुहोस्।
22
“कुनै मानिसका विरुद्धमा अपराध गरेको दोष लाएर कसैलाई यस मन्दिरमा तपाईंको वेदीमाथि म निर्दोष छु भनी शपथ खान ल्याइयो भने
23
हे परमप्रभु, स्वर्गमा तपाईंले सुन्नुहोस् र आफ्नो दासको न्याय गर्नुहोस्। दोषीलाई उचित दण्ड दिनुहोस् र निर्दोषलाई छुटकारा दिनुहोस्।
24
“तपाईंको विरुद्धमा पाप गरेकोले तपाईंको प्रजा इस्राएलले आफ्ना शत्रुहरूको हातबाट हार खाएर तपाईंकहाँ फर्केर यस मन्दिरमा आएर नम्रतासित तपाईंबाट क्षमा माग्दै तपाईंलाई प्रार्थना गरे भने
25
स्वर्गमा तिनीहरूको बिन्ती सुन्नुहोस् र आफ्ना प्रजाका पाप क्षमा गर्नुहोस् र तिनीहरूलाई र उनीहरूका पुर्खालाई आफूले दिनुभएको देशमा फर्काई ल्याउनुहोस्।
26
“तपाईंको विरुद्धमा पाप गरेका हुनाले तपाईंले वर्षा बन्द गरिदिनुभयो र तपाईंको प्रजा पछुतो गर्दै नम्रतापूर्वक तपाईंको नाउँ लिंदै यस मन्दिरतिर फर्के भने
27
हे परमप्रभु, स्वर्गमा तिनीहरूको बिन्ती सुन्नुहोस् र आफ्ना दासहरूका अथवा इस्राएलीहरूका पाप क्षमा गर्नुहोस् र तिनीहरूलाई जे कुरा ठीक छ, त्यो गर्न सिकाउनुहोस्। त्यसपछि हे परमप्रभु, तपाईंले आफ्ना प्रजालाई सदाकाल अधिकार गर्न दिनुभएको आफ्नो यस देशमा फेरि वर्षा ल्याउनुहोस्।
28
“यस देशमा अनिकाल वा महामारी पर्दा, लू वा सलहका बथानले अन्न नाश पार्दा वा तपाईंको प्रजामाथि उनका शत्रुहरू आइलाग्दा वा उनका माझमा रुढी वा प्रकोप चल्दा
29
तिनीहरूको प्रार्थना सुन्नुहोस्। तपाईंका इस्राएली प्रजाहरूमध्ये कसैले हृदयबाट शोक गरेर यस मन्दिरतिर आफ्ना हात फैलाएर प्रार्थना गर्यो भने
30
तिनीहरूको प्रार्थना सुन्नुहोस्। स्वर्गमा आफ्नो बासस्थानमा तिनीहरूको प्रार्थना सुन्नुहोस् र तिनीहरूलाई क्षमा गर्नुहोस्। तपाईंले मात्र मानिसहरूका हृदयका विचारहरू जान्नुहुन्छ। हरेक व्यक्तिसित जस्तो उचित छ, त्यस्तो व्यवहार गर्नुहोस्
31
र तपाईंको प्रजाले जहिलेसम्म तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको देशमा बास गर्छन्, तहिलेसम्म सदैव तपाईंको डर मानून् र आज्ञापालन गरून्।
32
“कुनै टाढा देशमा बास गर्ने विदेशी तपाईंको महान्ता र शक्तिबारे र तपाईं सदैव काम गर्न तयार रहनुभएको कुरा सुनेर यस मन्दिरमा प्रार्थना गर्न आयो भने
33
उसको प्रार्थना सुन्नुहोस्। आफ्नो बासस्थान स्वर्गमा तपाईंले उसको प्रार्थना सन्नुहोस् र उसले मागेअनुसार गरिदिनुहोस् र संसारका सबै जातिहरूले तपाईंको प्रजा इस्राएलले झैँ तपाईंलाई चिनून् र तपाईंको आज्ञा मानून्। तब तिनीहरूले थाहा पाउनेछन् कि मैले बनाएको यस मन्दिरमा नै तपाईंको आराधना हुनुपर्छ।
34
“जब तपाईं आफ्ना प्रजालाई शत्रुहरूका विरुद्धमा लडाइँ गर्ने आज्ञा गर्नुहुन्छ र तिनीहरू जहाँ भए पनि जब तिनीहरूले तपाईंले चुन्नुभएको यो सहर र मैले तपाईंको निम्ति बनाएको यस मन्दिरतिर फर्केर तपाईंलाई प्रार्थना गर्छन्,
35
तब तिनीहरूको बिन्ती सुन्नुहोस्। स्वर्गमा तिनीहरूको प्रार्थना सुन्नुहोस् र तिनीहरूलाई विजय दिनुहोस्।
36
“जब तपाईंका प्रजाले तपाईंको विरुद्धमा पाप गर्छन्, किनकि पाप नगर्ने कोही पनि छैन, तपाईंले आफ्नो क्रोधमा तिनीहरूका शत्रुलाई तिनीहरूमाथि विजय दिनुहुन्छ र तिनीहरूलाई कैद गरी टाढा वा नजिकको देशमा लगिए भने पनि
37
त्यस देशमा आफ्नो पाप र दुष्टताको कायल हुँदै तिनीहरूले तपाईंसँग प्रार्थना गर्छन् भने हे परमप्रभु! तिनीहरूका प्रार्थना सुन्नुहोस्।’
38
यदि तिनीहरूले त्यस देशमा साँचो र इमानदार हृदयले पश्चात्ताप गर्दै तपाईंले हाम्रा पुर्खालाई दिनुभएको यो देश, तपाईंले चुन्नुभएको यो सहर र मैले तपाईंको निम्ति बनाएको यो मन्दिरतिर फर्केर तपाईंलाई प्रार्थना गर्छन् भने
39
तिनीहरूको प्रार्थना सुन्नुहोस्। आफ्नो बासस्थान स्वर्गमा तिनीहरूको प्रार्थना सुनेर तिनीहरूप्रति कृपा गर्नुहोस् र तपाईंका प्रजाका सबै पाप माफ दिनुहोस्।
40
“अब हे मेरा परमेश्वर, हामीमाथि कृपा-दृष्टि गर्नुहोस् र यस स्थानमा चढाइएका प्रार्थनाहरूतिर आफ्ना कान थाप्नुहोस्।
41
परमप्रभु परमेश्वर! अब उठ्नुहोस् र तपाईंको शक्तिको चिनो करारको सन्दुक लिएर मन्दिरमा प्रवेश गर्नुहोस् र त्यहाँ सदासर्वदा बास गर्नुहोस्। आफ्ना पूजाहारीहरूलाई तपाईंका उद्धारका वस्त्र पहिराउनुहोस् अनि तपाईंका सबै प्रजा तिनीहरूप्रति तपाईंको भलाइको कारणले प्रसन्न रहून्।
42
हे परमप्रभु, परमेश्वर! तपाईंले चुन्नुभएको राजालाई इन्कार नगर्नुहोस्। आफ्ना सेवक दाऊदप्रति भएको तपाईंको प्रेम याद गर्नुहोस्।”
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36