bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Chronicles 10
2 Chronicles 10
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 11 →
1
रहबाम शकेममा गए। त्यहाँ उत्तरका सबै मानिसहरू तिनलाई राजा बनाउन भेला भएका थिए।
2
सोलोमन राजाबाट भागेर मिश्रमा गएका नबातका छोरा यारोबाम यो कुरा सुनेर घरमा फर्किए।
3
उत्तरका कुलका मानिसहरूले उनलाई बोलाउन पठाए र तिनीहरू सबैले एकसाथ रहबामलाई भने,
4
“तपाईंका बुबाले हामीसित कठोर व्यवहार गरे र हामीलाई सताए। ती सतावटका बोझहरू तपाईंले हलुङ्गो गरिदिएर हाम्रा जीवनमा आराम दिनुभयो भने हामी तपाईंको देशभक्त प्रजा रहनेछौं।”
5
रहबामले उत्तर दिए, “मलाई यस कुरामा विचार गर्न तीन दिन देओ। त्यसपछि आओ।” मानिसहरू फर्किए।
6
रहबाम राजाले आफ्ना बुबाका सल्लाहकार रहेका बुढापाकाहरूसित सल्लाह गरे। तिनले सोधे, “यी मानिसहरूलाई म के उत्तर दिऊँ, के-के सल्लाह दिन्छौ?”
7
तिनीहरूले जवाफ दिए, “यदि तपाईंले यिनीहरूमाथि दया गरेर र अनुकुल उत्तर दिएर यिनीहरूलाई खुसी राख्नुभयो भने तिनीहरूले सधैँ देशभक्तिसाथ तपाईंको सेवा गर्नेछन्।”
8
तर ती बुढापाकाहरूको सल्लाह तिनले सुनेनन् र त्यसको सट्टामा आफूसँग बढेका ती ठिटाहरूकहाँ गए, जो त्यस बेला तिनका सल्लाहकार बनेका थिए।
9
“म के गरूँ? कस्तो सल्लाह दिन्छौ?” तिनले सोधे, “हाम्रा बोझ हल्का गरिदेऊ भनी मलाई बिन्ती गर्ने मानिसहरूलाई म के जवाफ दिऊँ?”
10
तिनीहरूले जवाफ दिए, “तिनीहरूलाई यसो भन्नुहोस्— ‘मेरा बुबाका कम्मरभन्दा मेरो कान्छी औँली झन् मोटो छ।’
11
मेरो बुबाले तिमीहरूलाई गह्रौं भारी बोकाए, ‘म ती बोझ अझ गह्रौं पारिदिनेछु।’ उनले तिमीहरूलाई हलुङ्ग कोर्राले हिर्काएथे, म घोडाको चाबुक लाउनेछु’।”
12
तीन दिनपछि यारोबाम र सबै मानिसहरू रहबाम राजाकहाँ उनको आदेशअनुसार आए।
13
राजाले बुढापाकाहरूको सल्लाह मानेनन् र ठिटाहरूको सल्लाहअनुसार मानिसहरूसित कड्केर कुरा गरे। उनले भने,
14
“मेरा बुबाले तिमीहरूलाई गह्रौं भारी बोकाए, म अझ गह्रौं भारी बोकाउनेछु। उनले हलुङ्ग कोर्राले हिर्काएथे, म घोडाको चाबुक लाउनेछु!”
15
शीलोका अगमवक्ता अहियाहद्वारा परमप्रभुले नबातको छोरो यारोबामलाई भन्नुभएको कुरा पूरा गर्ने उहाँको इच्छा थियो। यसैकारण राजाले प्रजाका कुरामा केही ध्यान दिएनन्।
16
राजाले आफ्ना कुरा नसुनेका देखेर मानिसहरूले चिच्च्याएर भने, “दाऊद र उनका सन्तानलाई नाश गर। तिनीहरूले हाम्रा लागि कहिले, के नै गरे र? इस्राएलका मानिसहरू हो! हिंड, घर जाऔं! रहबाम आफैंले आफ्नो बाटो सम्हालोस्!” यसरी इस्राएलका मानिसहरूले राजद्रोह गरे।
17
तिनीहरूले रहबामलाई यहूदा कुलको देशमा बास गर्ने मानिसहरूको मात्र राजा हुन दिए।
18
तब रहबाम राजाले बेगारी मजदूरहरूका कामदारी अदोनीरामलाई इस्राएलीहरूकहाँ पठाए; तर तिनीहरूले उनलाई ढुङ्गाले हानेर मारे। त्यसो हुँदा रहबाम हतार-हतार आफ्नो रथमा चढेर यरूशलेममा भागेर गए।
19
त्यस दिनदेखि इस्राएल देशका उत्तरी भागका मानिसहरू आजसम्म दाऊदका राजवंशको विरुद्धमा हठी भएका छन्।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36