bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Chronicles 34
2 Chronicles 34
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 33
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 35 →
1
योशियाह यहूदाका राजा हुँदा आठ वर्षका थिए र उनले एकतीस वर्ष यरूशलेममा राज्य गरे।
2
परमप्रभुलाई प्रसन्न गराउने काम उनले गरे। उनले आफ्ना पुर्खा दाऊदको चालमा चलेर परमेश्वरका नियमहरू ठीकसँग पालन गरे।
3
योशियाह राजा भएको आठौं वर्षमा तिनी बालकै छँदा उनले आफ्ना पुर्खा दाऊदका परमेश्वरलाई पुज्न थाले। चार वर्षपछि उनले मूर्ति पुज्ने ठाउँहरू, अशेरा देवीका मूर्तिहरू र अन्य सबै देवताहरू नाश गर्न थाले।
4
राजाका आदेशअनुसार उनका मानिसहरूले बाल देवताको पूजा गरिने वेदीहरू र उनको छेउमा भएका धूप वेदीहरू भत्काइदिए। तिनीहरूले अशेरा देवीका र अरू देवताका मूर्तिहरू धुलो-पीठो पारेर ती देवी-देवताहरूलाई बलि चढाउने मानिसहरूका चिहानमा छरिदिए।
5
उनले मूर्तिपूजा गर्ने पूजाहारीहरूका हड्डीहरू तिनीहरूले नै पूजा गर्ने वेदीहरूमा जलाइदिए। यी सबै गरेर उनले यहूदा र यरूशलेमलाई विधिअनुसार फेरि शुद्ध बनाए।
6
उनले सहरहरूमा र मनश्शे, एफ्राइम र शिमियोनका क्षेत्रमा र उत्तरमा नप्तालीसम्मका इलाकामा त्यसै गरे।
7
उत्तरी राज्यका सम्पूर्ण इलाकामा उनले अशेरा देवीका मूर्ति र वेदीहरू भत्काएर धुलो-पीठो पारे र धूप वेदीहरू टुक्रा-टुक्रा पारिदिए। त्यसपछि उनी यरूशलेममा फर्के।
8
मूर्तिपूजाको अन्त गरिसकेपछि आफ्नो राज्यकालको अठारौं वर्षमा योशियाह राजाले तीन जनालाई परमप्रभु परमेश्वरको मन्दिर मरमत गर्न खटाए। ती मानिसहरू थिए: असल्याहका छोरा शापान, यरूशलेमका बडा-हाकिम मासेयाह र एक जना उच्च अधिकारी योआहाजका छोरा योआ।
9
लेवी पहरेदारहरूले मन्दिरमा जम्मा गरेका पैसा मुख्य पूजाहारी हिल्कियाहका हातमा जम्मा गरियो। (ती पैसा एफ्राइम र मनश्शे र बाँकी उत्तरी राज्य साथै यहूदा, बेन्यामीन र यरूशलेमका मानिसहरूबाट उठाइएका थिए।)
10
उनले यो पैसा परमप्रभुको मन्दिरमा काम गर्नेहरूका मुख्य कर्मचारीहरूको हातमा दिए र मन्दिरमा काम गर्ने मानिसहरूले त्यो पैसा मन्दिरको मरमत र त्यसलाई सुदृढ पार्न प्रयोग गरे।
11
तिनीहरूले त्यस पैसाबाट यहूदाका राजाहरूले नष्ट हुन छोडिदिएका भवनहरू मरमत गर्न काटेका ढुङ्गा, दलिन र सत्तरीका काठहरू किन्न पनि सिकर्मी र डकर्मीहरूलाई दिए।
12
ती काम गर्ने मानिसहरू पूर्णरूपले इमानदार थिए। उनीहरूका काम चार जना लेवीहरू, मरारी-गोत्रबाट जकरिया र मशुल्लामले रेख-देख गर्थे। (ती लेवीहरू गान-बजानमा सिपालु थिए।)
13
अरू लेवीहरूले माल-सामान बोकाउने र पवित्र काम गर्ने मानिसहरूको काम रेख-देख गर्ने कार्यभार लिएका थिए। अझ अरू लेवीहरूले बही-पत्र लेख्थे र पहरेदार गर्थे।
14
भण्डारबाट ती पैसा निकाल्दा हिल्कियाहले परमप्रभुको व्यवस्थाको पुस्तक भेट्टाए, जुन पुस्तक परमेश्वरले मोशालाई दिनुभएको थियो।
15
उनले शापानलाई भने, “मैले यहाँ मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएँ।”
16
उनले पुस्तक शापानलाई दिए र शापानले त्यो राजाकहाँ पुर्याए। शापानले यस्तो बयान दिए, “तपाईंले आज्ञा गर्नुभएका सबै कुरा हामीले गर्यौं।
17
मन्दिरमा जम्मा गरेको पैसा हामीले लिएर काम गर्ने मानिसहरू र तिनका रेख-देख गर्नेहरूका हातमा दियौं।”
18
त्यसपछि तिनले भने, “मसँग यहाँ एउटा हिल्कियाहले दिएको पुस्तक छ।” त्यसपछि तिनले उच्च सोरले त्यो पुस्तक पढेर राजालाई सुनाए।
19
राजाले त्यो पुस्तक पढेको सुने र आत्तिएर आफ्नो लुगा च्याते।
20
तिनले हिल्कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्दोन, राजमहलका सचिव शापान र आफ्नो सुसारे असायाहलाई यस्तो आज्ञा गरे,
21
“जाओ, म र अझै इस्राएल र यहूदामा बास गर्ने मेरा प्रजाको लागि परमप्रभुको सल्लाह लेओ। यस पुस्तकको शिक्षाबारे खोजी गर। हाम्रा पिता-पुर्खाले परमप्रभुको वचन नमानेकाले र यस पुस्तकले गर्न भनेका काम नगरेकाले परमप्रभु हामीसँग रिसाउनुभएको छ!”
22
राजाको आज्ञा भएपछि हिल्कियाह र अरू मानिसहरू हुल्दा नाम गरेकी एउटी स्त्रीकहाँ सल्लाह लिन आए। तिनी यरूशलेम सहरको नयाँ टोलमा बास गर्ने एउटी अगमवादिनी थिइन्। (तिनका लोग्ने तोखतको छोरो र हसराको नाति शल्लूमले मन्दिरका वस्त्रको रेख-देख गर्थे।) तिनीहरूले तिनलाई भएका कुरा सबै बताए।
23
तिनले राजाकहाँ फर्किगएर उनलाई परमप्रभुको
24
यो सम्वाद सुनाइदिनू भनी तिनीहरूलाई भनिन्, “राजालाई जुन पुस्तक पढी सुनाइयो, त्यसमा लेखिएका सरापहरूद्वारा म यरूशलेम र त्यहाँका सबै बासिन्दाहरूलाई दण्ड दिनेछु।
25
तिनीहरूले मलाई इन्कार गरे र अरू देवी-देवताहरूलाई बलिदान चढाए। तिनका कामहरूद्वारा तिनीहरूले मेरो क्रोध जगाएका छन्। मेरो क्रोध यरूशलेममाथि उठेको छ र रिस मर्नेछैन।
26
राजा आफैंलाई चाहिँ म परमप्रभु इस्राएलका परमेश्वर यसो भन्छु: ‘तैँले यस पुस्तकमा लेखिएका कुरा सुनिस्
27
र पश्चात्ताप गरी आफैंलाई मेरो अघि नम्र पारिस्। मैले यरूशलेम र त्यहाँका मानिसहरूलाई कसरी दण्ड दिने डर देखाएको छु, त्यो सुनेर तैँले आफ्नो लुगा च्यातेर रोइस्। मैले तेरो बिन्ती सुनेको छु
28
र जुन दण्ड म यरूशलेमलाई दिनेछु, त्यो तँ मरेपछि मात्र आउनेछ। म तँलाई शान्तिसित मर्न दिनेछु’।” त्यो समाचार लिएर ती मानिसहरू योशियाह राजाकहाँ फर्के।
29
योशियाह राजाले यहूदा र यरूशलेमका सबै अगुवाहरूलाई बोलाए।
30
उनीसित एकसाथ मन्दिरमा गए। पूजाहारी, लेवी र बाँकी मानिसहरू धनी, गरीब सबै जना तिनका साथमा गए। ती सबैका सामुन्नेमा राजाले मन्दिरमा पाइएका करारको पुस्तक उच्च सोरले पढे।
31
राजाले दरबारको स्तम्भका छेउमा उभिएर परमप्रभुसित उहाँका आज्ञा मान्ने, नियम र आज्ञाहरू आफ्ना पूरा हृदय र प्राणले पालन गर्ने र त्यस पुस्तकमा लेखिएका करारका शर्तहरू पूरा गर्ने वाचा बाँधे।
32
उनले बेन्यामीन कुल र यरूशलेममा भएका अरू सबै मानिसहरूलाई त्यो करार पालन गर्ने प्रतिज्ञा गर्न लाए। यसरी यरूशलेमका मानिसहरूले आफ्ना पिता-पुर्खाका परमेश्वरसित आफूले बाँधेका करारका शर्तहरू पूरा गरे।
33
योशियाह राजाले इस्राएल देशका सबै इलाकाबाट सबै घिनलाग्दा मूर्तिहरू नाश गरे। आफू बाँचुञ्जेल उनले आफ्ना प्रजालाई परमप्रभु आफ्ना पिता-पुर्खाका परमेश्वरको सेवा गर्न लाए।
← Chapter 33
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 35 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36