bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Chronicles 35
2 Chronicles 35
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 34
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 36 →
1
योशियाह राजाले परमप्रभुको आदर गरेर यरूशलेममा निस्तार-चाड मनाए। पहिलो महिनाको चौधौं दिन तिनीहरूले चाडको निम्ति पशुहरू मारे।
2
उनले पूजाहारीहरूलाई मन्दिरमा गर्नुपर्ने विभिन्न काममा खटाए र ती काम राम्ररी गर्ने उत्साह दिए।
3
उनले परमप्रभुलाई अर्पण गरिएका इस्राएलका गुरु लेवीहरूलाई यी आदेश दिए, “दाऊदको छोरो सोलोमन राजाले बनाएका मन्दिरमा करारको पवित्र सन्दुक राख। अब तिमीहरूले त्यो ठाउँ-ठाउँमा लिएर हिंड्नुपर्दैन; तर परमप्रभु आफ्ना परमेश्वर र उहाँका प्रजा इस्राएलको सेवा गर्नू।
4
गोत्र-गोत्रअनुसार तिमीहरू मन्दिरमा दाऊद राजा र उनका छोरा सोलोमन राजाले सुम्पिदिएका कार्यभारअनुसार आ-आफ्ना ठाउँमा बस्नू।
5
तिमीहरूले आफ्नो बीचमा यस्तो व्यवस्था मिलाउनू कि इस्राएलको प्रत्येक परिवारको मद्दतको निम्ति तिमीहरू कोही न कोही हाजिर रहो।
6
निस्तार-चाडका थुमाहरू र बोकाहरू तिमीहरूले मार्नू। अब आफैंलाई विधिअनुसार शुद्ध गर र बलिदानहरू तयार पार र तिम्रा इस्राएली बन्धुहरूले मोशाद्वारा परमप्रभुले दिनुभएका आदेशहरू पालन गर्न सकून्।”
7
निस्तार-चाडमा मानिसहरूले चलाऊन् भनी योशियाह राजाले आफ्ना गोठ र बगालबाट तीस हजार भेडा, थुमा र बाख्राका पाठाहरू र तीन हजार साँढेहरू दिए।
8
उनका भारदारहरूले पनि मानिसहरू, पूजाहारीहरू र लेवीहरूका निम्ति पशुहरू दिए। मन्दिरको जिम्मा लिएका अधिकारीहरू अथवा मुख्य पूजाहारी हिल्कियाह, जकरिया र यहीएलले पूजाहारीहरूलाई चाडमा बलि चढाउन दुई हजार छ सय भेडा र बाख्राका पाठा र तीन सय साँढेहरू दिए।
9
लेवीहरूका अगुवा कोनन्याह, शमायाह र उनका भाइ नतनेल, हशब्याह, यहीएल र योजाबादले बलि चढाउन पाँच हजार थुमा र पाठाहरू र पाँच सय साँढेहरू दिए।
10
निस्तार-चाडको निम्ति सबै कुराको तयारी भइसकेपछि राजाका आज्ञाअनुसार पूजाहारी र लेवीहरू आ-आफ्ना ठाउँमा बसे।
11
भेडा र बाख्राहरू मारिसकेपछि लेवीहरूले तिनका छाला काडे र पूजाहारीहरूले रगत वेदीमा छर्के।
12
त्यसपछि तिनीहरूले मोशाका व्यवस्थामा भएका आदेशअनुसार होमबलि चढाउन परिवार-परिवारका दल-दल गरी मानिसहरूका बीचमा होमबलिका पशुहरू बाँडिदिए।
13
लेवीहरूले निस्तारका बलिहरू नियमअनुसार आगोमा पोले र पवित्र भेटीहरू भाँडा, कराई र ताई, ताप्केमा उसिने, मासुचाहिँ छिटो-छिटो गरी मानिसहरूलाई भाग लाइदिए।
14
त्यो भएपछि लेवीहरूले आफ्नै निम्ति र हारूनका वंशमा जन्म भएका पूजाहारीहरूको निम्ति मासु छुट्ट्याए किनभने पूजाहारीहरू रातीसम्म होमबलि र बलिमा चढाइएका बोसो जलाउनमा व्यस्त थिए।
15
दाऊद राजाका आदेशमा खटाइएका ठाउँ-ठाउँमा हाजिर रहने आसापका गोत्रका लेवी गवैयाहरू यी नै थिए: आसाप, हेमान र राजाका अगमवक्ता यदूतून। मन्दिरका मूल-ढोकामा रहने पहरेदारहरूले आफ्ना ठाउँ छोड्नुपरेन किनभने अरू लेवीहरूले तिनीहरूको निम्ति निस्तार-बलिहरू तयार गरे।
16
यसरी योशियाह राजाले आज्ञा गरेझैँ त्यस दिन सबै कुरा परमप्रभुलाई पुज्ने, निस्तार-चाड मनाउने र होमबलि वेदीमा चढाउने काम गरिए।
17
सात दिनसम्म भेला भएका सबै इस्राएलका मानिसहरूले निस्तार-चाड र अखमिरी रोटीको चाड मनाए।
18
शमूएल अगमवक्ताको समयपछि यतिञ्जेलसम्म यस प्रकारले निस्तार-चाड मनाइएको थिएन। योशियाह राजा, पूजाहारी र लेवीहरू, यहूदा, इस्राएल र यरूशलेमका मानिसहरूले
19
योशियाह राजाका शासनकालको अठारौं वर्षमा मनाएको योजस्तो निस्तार-चाड अघि-अघिका राजाहरूले कहिल्यै मनाएका थिएनन्।
20
योशियाह राजाले मन्दिरको लागि यी सबै गरिसकेपछि मिश्रका राजा नेकोले सेना लिएर लडाइँ गर्न यूफ्रेटिस नदीको किनारको कर्कमीश सहरमा आए। योशियाहले तिनलाई रोक्ने चेष्टा गरे,
21
तर नेकोले उनलाई यस्तो खबर पठाए, “तपाईं यहूदाका राजासित मेरो यस लडाइँको केही सम्बन्ध छैन। म तपाईंसित लडाइँ गर्न आएको होइनँ; तर मेरा शत्रुहरूसित लड्न आएको छु र परमेश्वरले मलाई यो काम छिट्टै गर्न भन्नुभएको छ। परमेश्वर मेरो साथमा हुनुहुन्छ, यसर्थ मेरो सामना नगर्नुहोला, नत्र उहाँले तपाईंलाई नाश गर्नुहुनेछ।”
22
तर योशियाहले लडाइँ गर्ने सङ्कल्प गरिसकेका थिए। उनले नेको राजाद्वारा परमेश्वरले के भन्दै हुनुहुन्थ्यो, त्यो सुन्न मानेनन् र आफ्नो भेष बदलेर मगिद्दोको मैदानमा लडाइँ गर्न गए।
23
लडाइँमा मिश्रीले योशियाह राजालाई हानेका काँडको चोट लाग्यो। उनले आफ्ना चाकरहरूलाई आज्ञा गरे, “मलाई लैजाओ, मलाई नराम्रो चोट लागेको छ!”
24
तिनीहरूले उनलाई रथबाट निकाली अर्को रथमा राखे, जो त्यहाँ तयार थियो र यरूशलेममा लगे। उनी त्यहाँ मरे र राजाहरू गाड्ने चिहानमा गाडिए। यहूदा र यरूशलेमका सबै मानिसहरूले उनको मृत्युमा शोक मनाए।
25
यर्मिया अगमवक्ताले योशियाह राजाको निम्ति एउटा विलापको गीत रचे। उनको निम्ति विलाप गर्दा इस्राएलका पुरुष र स्त्री गवैयाहरूले यो गीत गाउने एउटा चलन भएको छ। विलापी गीतहरूको संग्रहमा यो गीत पाइन्छ।
26
योशियाहले गरेका सबै काम अथवा परमप्रभुप्रति उनको भक्ति व्यवस्था पालन
27
र सुरुदेखि अन्तसम्मै उनको इतिहास इस्राएल र यहूदाका राजाहरूको इतिहासमा लेखिएको छ।
← Chapter 34
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 36 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36