bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Chronicles 30
2 Chronicles 30
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 29
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 31 →
1
[1-3] पहिलो महिना विधिअनुसार शुद्ध भएका पूजाहारीहरू चाहिएका सङ्ख्यामा यरूशलेममा जम्मा हुन नसकेकाले मानिसहरूले ठीक समयमा निस्तार-चाड मनाउन सकेनन्। यसकारण हिजकिया राजा, उनका भारदारहरू र यरूशलेमका मानिसहरूले त्यो चाड दोस्रो महिनामा मनाउन राजी भए र राजाले त्यो खबर इस्राएल र यहूदाका सम्पूर्ण मानिसहरूलाई पठाए। उनले विशेष ध्यान दिएर एफ्राइम र मनश्शे कुलहरूलाई चिट्ठी पठाए र तिनीहरूलाई यरूशलेमको मन्दिरमा आई परमप्रभु इस्राएलका परमेश्वरका आदरमा निस्तार-चाड मनाउने निम्तो दिए।
4
राजा र प्रजा सबै यस कुरामा खुसी भए
5
र तिनीहरूले उत्तरमा दानदेखि दक्षिणमा बेर्शेबासम्मका इस्राएलीहरूलाई अगाडिभन्दा धेरै सङ्ख्यामा यरूशलेममा भेला भई व्यवस्थाअनुसार निस्तार-चाड मनाउन निम्तो पठाए।
6
राजा र भारदारहरूका आज्ञाले सारा यहूदा र इस्राएल देशमा मानिसहरूले यस्तो खबर लिएर गए: “हे इस्राएलका मानिसहरू हो! आफ्ना देश अश्शूरीहरूले विजय गरे पनि तिमीहरू तिनका हातबाट उम्केर बाँच्यौ। अब परमप्रभु अब्राहाम, इसहाक र इस्राएलका परमेश्वरतिर फर्क र उहाँ तिमीहरूकहाँ फर्कनुहुनेछ।
7
आफ्ना पिता-पुर्खाहरू र अरू इस्राएली बन्धुहरू, जो परमप्रभु आफ्ना परमेश्वरप्रति अविश्वासयोग्य भए, त्यस्ता तिमीहरू नहोओ। तिमीहरूले देख्दै छौ, उहाँले तिनीहरूलाई कडा दण्ड दिनुभयो।
8
तिनीहरूजस्ता हठी नहोओ तर परमप्रभुका आज्ञापालन गर। परमप्रभु आफ्ना परमेश्वरले सदाकालको निम्ति पवित्र गर्नुभएको यरूशलेमको मन्दिरमा आई उहाँलाई पुज र अबदेखि उसो उहाँ तिमीहरूसित रिसाउनुहुन्न।
9
यदि तिमीहरू परमप्रभुकहाँ फर्क्यौ भने जसले तिम्रा शाखासन्तानलाई कैद गरी लगे, तिनीहरूले ती सन्तानमाथि दया गर्नेछन् र तिनीहरूलाई फर्कन दिनेछन्। परमप्रभु तिम्रा परमेश्वर दयालु र करुणामय हुनुहुन्छ। तिमीहरू उहाँतिर फर्क्यौ भने उहाँले तिमीहरूलाई ग्रहण गर्नुहुनेछ।”
10
खबर लैजाने मानिसहरू एफ्राइम र मनश्शे कुलका हरेक सहरमा गए। तिनीहरू उत्तरमा जबूलून कुलकहाँसम्म गए; तर मानिसहरूले तिनीहरूको हाँसो उडाए र खिसी गरे।
11
तरै पनि आशेर, मनश्शे र जबूलून कुलबाट कोही-कोही यरूशलेममा आउन राजी भए।
12
परमेश्वरले यहूदामा काम गर्दै हुनुहुन्थ्यो र त्यहाँका मानिसहरूलाई राजा र भारदारहरूका आज्ञा मानी उहाँका आज्ञापालन गर्ने सङ्कल्पमा एक मत गराउनुभयो।
13
दोस्रो महिना अखमिरी रोटीको चाड मान्न धेरै सङ्ख्यामा मानिसहरू यरूशलेममा भेला भए।
14
यरूशलेममा बलिदान चढाउन र धूप बाल्न चढाइएका सबै वेदीहरू तिनीहरूले बटुलेर किद्रोनको बेसीमा फ्याँकिदिए।
15
त्यस महिनाको चौथो दिन तिनीहरूले निस्तार-चाडको लागि थुमाहरू मारे। विधिअनुसार शुद्ध नभएका पूजाहारी र लेवीहरू यस्तो लाजमा परे कि तिनीहरूले आफैंलाई परमप्रभुको चरणमा अर्पण गरे र मन्दिरमा होमबलिहरू चढाउन योग्यका भए।
16
परमेश्वरका मानिस मोशाका व्यवस्थाका आदेशअनुसार तिनीहरूले मन्दिरमा आफ्नो ठाउँ लिए। लेवीहरूले बलिदानका रगत पूजाहारीहरूलाई दिन्थे र पूजाहारीहरूले रगत वेदीमा छर्कन्थे।
17
धेरै मानिसहरू विधिअनुसार शुद्ध नभएको कारणले तिनीहरूले निस्तार-चाडका थुमाहरू मार्न सक्दैनथे। त्यसो हुँदा तिनीहरूका निम्ति सो काम लेवीहरूले गरिदिन्थे र परमप्रभुलाई थुमाहरू अर्पण गरिदिन्थे।
18
त्यसबाहेक एफ्राइम, मनश्शे, इस्साखार र जबूलून कुलबाट आएका धेरै जनाले आफूलाई पवित्र पार्ने विधि मानेका थिएनन्। यसरी तिनीहरूले अयोग्य रीतिले निस्तार-चाड मनाइरहेका थिए। हिजकिया राजाले त्यस्ताहरूको निम्ति यस्तो प्रार्थना गरे,
19
“हे परमप्रभु, हाम्रा पिता-पुर्खाका परमेश्वर, ज-जसले तपाईंलाई पूरा हृदयले पुजिरहेका छन्, तिनीहरू विधिअनुसार शुद्ध नभए पनि तिनीहरूलाई आफ्ना भलाइमा क्षमा गर्नुहोस्।”
20
परमप्रभुले हिजकियाको प्रार्थनाको उत्तर दिनुभयो। उहाँले मानिसहरूलाई क्षमा गर्नुभयो र तिनीहरूको केही हानि भएन।
21
यरूशलेममा भेला भएका मानिसहरूले सात दिनसम्म ठूलो आनन्दले अखमिरी रोटीको चाड मनाए र प्रतिदिन पूजाहारी र लेवीहरूले आफ्ना पूरा बलले परमप्रभुको प्रशंसा गरे।
22
लेवीहरूले परमप्रभुको आराधना गराउन देखाएका निपुणताको निम्ति हिजकियाले तिनीहरूको प्रशंसा गरे। सात दिन परमप्रभु आफ्ना पुर्खाका परमेश्वरका प्रशंसामा बलिदानहरू चढाइसकेपछि
23
तिनीहरूले अरू सात दिन अझै चाड मनाउने निर्णय गरे र तिनीहरूले आनन्दसाथ चाड मनाए।
24
हिजकिया राजाले एक हजार साँढे र सात हजार भेडाहरू मानिसहरूले मारेर खाऊन् भनी दान दिए। भारदारहरूले अरू एक हजार साँढे र दश हजार भेडाहरू तिनीहरूलाई दिए। धेरै पूजाहारीहरूले आफ्नो शुद्धीकरणको विधि पूरा गरे।
25
सबैले यसरी आनन्द मनाए। यहूदाका मानिसहरू, पूजाहारी र लेवीहरू, उत्तरतिरबाट आएकाहरू र इस्राएल र यहूदामा स्थायी बास गर्न आएका विदेशीहरू सबैले आनन्द मनाए।
26
यरूशलेम सहर आनन्दले भरियो किनभने दाऊदका छोरा सोलोमनको पालोमा भएदेखि त्यस बेलासम्म कहिल्यै त्यस्तो भएको थिएन।
27
पूजाहारी र लेवीहरूले मानिसहरूका निम्ति परमप्रभुको आशीर्वादको निम्ति बिन्ती गरे। स्वर्गको आफ्नो बासस्थानमा परमेश्वरले तिनीहरूका बिन्ती सुनेर ग्रहण गर्नुभयो।
← Chapter 29
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 31 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36