bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Chronicles 18
2 Chronicles 18
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 19 →
1
जब यहूदाका राजा यहोशापात धनी र प्रसिद्ध भए, उनले आफ्नो परिवार र इस्राएलका राजा आहाबको परिवारबीच विवाहबारी चलाए।
2
धेरै वर्षपछि यहोशापात आहाबसित भेट गर्न सामरिया सहरमा गए। यहोशापात र उनीसित गएका मानिसहरूका आदर-सत्कार गरेर आहाबले भोजको निम्ति धेरै भेडा र गोरुहरू मार्न लाए। उनले यहोशापातलाई आफूसित मिलेर गिलादको रामोत सहरमाथि आक्रमण गर्न राजी पार्ने चेष्टा गरे।
3
उनले सोधे, “के तपाईं मसित रामोतमाथि आक्रमण गर्न आउनुहुन्छ?” यहोशापातले उत्तर दिए, “तपाईं तयार हुनुभए म तयारै छु। मेरो सेना पनि तयार छ। हामी तपाईंसित एक हुनेछौं।”
4
त्यसपछि उनले भने, “तर पहिले हामी परमप्रभुको सल्लाह लिऔं।”
5
यसर्थ आहाबले चार सय जति अगमवक्ताहरूलाई बोलाएर सोधे, “म गएर रामोतमा आक्रमण गरूँ कि नगरूँ?” तिनीहरूले जवाफ दिए, “आक्रमण गर्नुहोस्। परमेश्वरले तपाईंलाई विजय दिनुहुनेछ।”
6
तर यहोशापातले सोधे, “परमप्रभुको सल्लाह लिनलाई अर्का कुनै अगमवक्ता छैनन्?”
7
आहाबले जवाफ दिए, “एक जना छन्, यिम्लाको छोरो मीकाया। तर उनले कहिल्यै मेरो लागि असल अगमवाणी भनेनन् र म उनलाई घृणा गर्दछु। उनले सधैँ खराब अगमवाणी कहन्छन्।” “तपाईंले त्यसो भन्नुहुन्न!” यहोशापातले भने।
8
यसकारण आहाब राजाले एक जना महलका अधिकृतलाई बोलाएर झट्टै मीकायालाई बोलाएर ल्याउन पठाए।
9
दुई जना आफ्ना राजकीय पोशाक पहिरिएर सामरियाको मूल-ढोकाको बाहिरपट्टि अन्न दाइँ गर्ने ठाउँमा आ-आफ्ना सिंहासनमा बसेका थिए। सबै अगमवक्ताहरूले उनका सामुन्नेमा अगमवाणी गरिरहेका थिए।
10
तीमध्ये एक जना केनानको छोरो सिदकियाहले फलामका सिङहरू बनाए र आहाबलाई भने, “परमप्रभु यसो भन्नुहुन्छ, ‘यी सिङहरू लिएर तिमीहरूले अरामीसित लडाइँ गर्नेछौ र तिनीहरूलाई पूर्णरूपले जित्नेछौ’।”
11
अरू सबै अगमवक्ताहरूले पनि त्यसै भने। “रामोतको विरुद्धमा कदम उठाउनुहोस्, जित तपाईंकै हो, परमप्रभुले तपाईंलाई विजय दिनुहुनेछ,” तिनीहरूले भने।
12
यस बीचमा मीकायालाई लिन जाने अधिकृतले उनलाई भने, “अरू सबै अगमवक्ताहरूले राजाको विजय हुनेछ भनी अगमवाणी गरेका छन्, तपाईंले पनि त्यसै भन्नुहोला।”
13
तर मीकायाले भने, “जीवित परमप्रभुलाई साक्षी राखी म वचन दिंदछु, मेरा परमेश्वरले जे भन्नुहुन्छ, त्यही मात्र म बोल्नेछु!”
14
जब उनी आहाब राजाको सामु आए, राजाले सोधे, “मीकाया, म र राजा यहोशापात गई रामोतमा आक्रमण गरौं कि नगरौं?” मीकायाले जवाफ दिए, “आक्रमण गर्नुहोस्। निश्चय, तपाईंहरूले जित्नुहुनेछ।”
15
तर आहाबले भने, “जब तिमी मसित बोल्दछौ, मलाई परमप्रभुको नाउँमा साँचो कुरा भन! कतिपल्ट यो कुरा मैले तिमीलाई भन्नुपर्छ?”
16
मीकायाले जवाफ दिए, “म इस्राएलका सेनालाई गोठालाबिनाका भेडाझैँ डाँडाहरूमा छरिएका देख्दछु। अनि परमप्रभुले भन्नुभयो, ‘यी मानिसहरूको कोही अगुवा छैन। तिनीहरू शान्तिसित आफ्ना घर जाऊन्’।”
17
आहाबले यहोशापातलाई भने, “मैले तपाईंलाई अघि नै भनें कि यिनले कहिल्यै मलाई राम्रो अगमवाणी भन्दैनन्। सधैँ केही नराम्रो कुरा नै भन्छन्!”
18
मीकायाले भने, “अब सुन्नुहोस्, परमप्रभु के भन्नुहुन्छ! मैले परमप्रभुलाई स्वर्गमा आफ्नो सिंहासनमा विराजमान हुनुभएको देखें। सबै स्वर्गदूतहरू उहाँका छेउमा खडा थिए।
19
परमप्रभुले सोध्नुभयो, ‘कसले आहाबलाई छल्नेछ र त्यो रामोतमा जानेछ र मारिनेछ?’ कुनैकुनै स्वर्गदूतले एउटा कुरा भने र अरूहरूले अर्को कुरा भने।
20
अन्तमा एउटा आत्मा अघि आएर परमप्रभुको छेउमा गए र भने, ‘म त्यसलाई छल्नेछु’। ‘कसरी?’ परमप्रभुले सोध्नुभयो।
21
आत्माले उत्तर दिए, ‘म गएर आहाबका सबै अगमवक्ताहरूलाई झूट बोल्न लाउनेछु।’ परमप्रभुले भन्नुभयो, ‘जा र त्यसलाई त्यसरी नै छल्! तँ सफल हुनेछस्’।”
22
अनि मीकायाले अन्तमा भने, “त्यसै भएको छ। परमप्रभुले यी तपाईंका अगमवक्ताहरूलाई झूट बोल्न लाउनुभएको छ। तर उहाँ आफैंले त तपाईंको विनाश गर्ने फैसला गरिसक्नुभएको छ!”
23
तब सिदकियाह अगमवक्ता मीकायाको नजिक गए, उनका मुखमा थप्पड लाएर यसरी सोधे, “कहिलेदेखि परमप्रभुको आत्माले मलाई छोडेर तँसित बोल्न थाल्नुभयो?”
24
“तिमी भित्र कोठामा लुक्न जानुपरेको बेला त्यो तिमीले थाहा पाउनेछौ।” मीकायाले उत्तर दिए।
25
त्यसपछि आहाब राजाले आफ्ना एक जना अधिकृतहरूलाई आज्ञा गरे, “मीकायालाई पक्रेर सहरको बडा-हाकिम आमोनकहाँ र राजकुमार योआशकहाँ लैजाऊ।
26
त्यसलाई झ्यालखानमा थुन्न र म कुशलसाथ फर्की नआएसम्म रोटी र पानी मात्र खान दिन तिनीहरूलाई भन।”
27
मीकायाले कराएर भने, “तपाईं कुशलसाथ फर्किआउनुभयो भने परमप्रभु मद्वारा बोल्नुभएको होइन!” उनले यो पनि भने, “मैले भनेका कुरा सबैले सुनिराख है!”
28
त्यसपछि इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात एकसाथ गिलादमा रामोत सहर आक्रमण गर्न गए।
29
आहाबले यहोशापातलाई भने, “हामी लडाइँमा जाँदा म गुप्त भेषमा जानेछु। तपाईं आफ्नो राजकीय पोशाक नै लाउनुहोस्।” यसरी इस्राएलका राजा गुप्त भेषमा लडाइँ गर्न गए।
30
अरामका राजाले आफ्ना रथ सेनाका सेनापतिहरूलाई इस्राएलका राजा छोडी अरू कसैमाथि हमला नगर्नू भनी आज्ञा दिएका थिए।
31
यसकारण तिनीहरूले यहोशापातलाई देखेर उनलाई नै इस्राएलका राजा हुन् भनिठाने र उनलाई हमला गर्न उनीपट्टि फर्के। तर यहोशापात जोडले चिच्च्याए र परमप्रभु परमेश्वरले उनलाई बचाउनुभयो र त्यो हमला उनीबाट पर अर्कोतिर पन्साइदिनुभयो।
32
रथ सेनाका कप्तानहरूले उनी इस्राएलका राजा होइन रहेछन् भनी थाहा पाए र उनलाई खेद्न छोडे।
33
तर एक अरामी सिपाहीले काँड हानेको काँड संयोगले आहाब राजाको झिलमको जोर्नीमा पस्यो। “म घाइते भएँ। रथ फर्का र रणभूमि छोडेर निस्की,” उनले चिच्च्याएर सारथिहरूलाई भने।
34
घमासान लडाइँ भयो। आहाब राजा अरामीहरूतिर फर्केर रथमा अडिएर उभिरहे। घाम डुब्दा उनी मरे।
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36