bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Chronicles 24
2 Chronicles 24
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 25 →
1
सात वर्षको उमेरमा योआश यहूदाका राजा भए र उनले चालीस वर्ष यरूशलेममा राज्य गरे। उनकी आमा बेर्शेबा सहरकी सिब्या थिइन्।
2
यहोयादा पूजाहारी जीवित रहुञ्जेल योआशले परमप्रभुलाई खुसी पार्ने काम गरे।
3
योआश राजाको निम्ति यहोयादाले दुई वटी स्वास्नीहरू चुने र तिनीहरूबाट उनका छोरा-छोरीहरू जन्मे।
4
राजा भएको केही समयपछि योआशले मन्दिर मरमत गर्ने निश्चय गरे।
5
उनले पूजाहारी र लेवीहरूलाई यहूदाका सहरहरूमा गई हरेक वर्ष मन्दिर मरमत गर्नलाई पुग्दो रकम जम्मा गर्न आज्ञा दिए। त्यो काम झट्टै गर्न उनले भने तर लेवीहरूले ढीलो गरिबसे
6
र तिनीहरूका अगुवा यहोयादालाई बोलाएर उनले सोधे, “परमप्रभुको सेवक मोशाले परमप्रभुले बास गर्ने पवित्र पालको रेख-देखको लागि मानिसहरूले तिर्न तोकेका कर यरूशलेम र यहूदाका मानिसहरूबाट किन लेवीहरूलाई उठाउन लाउनुभएको छैन?”
7
भ्रष्टाचारी अतल्याहको पछि लाग्नेहरूले मन्दिर बिगारेका थिए र त्यसका धेरै पवित्र वस्तुहरू बालको आराधना गर्दा चलाउने गरेका थिए।)
8
राजाले लेवीहरूलाई पैसा हाल्ने सन्दुक बनाएर मन्दिरको मूल-ढोकामा राख्ने आज्ञा दिए।
9
परमेश्वरका सेवक मोशाले सुरु गरेर उजाड-स्थानमा उठाएको कर अब फेरि परमप्रभुकहाँ लिएर आउन तिनीहरूले सम्पूर्ण यहूदा र यरूशलेममा खबर गरे।
10
त्यो कुरा सुनेर मानिसहरू र तिनीहरूका अगुवाहरू सबै खुसी भए र आ-आफ्ना कर लिएर आई सन्दुक भरिदिए।
11
हरेक दिन लेवीहरूले सन्दुक बोकेर त्यसका निम्ति खटाइएका राजाका अधिकृतकहाँ पुर्याउँथे। सन्दुक भरिएपछि राजाका सचिव र मुख्य पूजाहारीका प्रतिनिधिहरूले पैसा निकाल्थे र सन्दुक त्यस ठाउँमा फर्काइदिन्थे। यसरी तिनीहरूले ठूलो रकम जम्मा गरे।
12
राजा र यहोयादाले मन्दिर मरमत गर्ने जिम्मा लिएका मानिसहरूलाई पैसा दिन्थे र तिनीहरूले ज्यालामा ढुङ्गा, काठ र धातुका काम गर्नेहरूलाई मन्दिर मरमत गर्ने काममा लाउँथे।
13
काम गर्नेहरू सबै खटेर काम गर्थे। तिनीहरूले मन्दिर बनाएर पहिलेको जस्तै अवस्थामा फेरि पुर्याए र त्यस्तै बलियो बनाए।
14
मरमत गरिसकेपछि उब्रेका सुन, चाँदी राजा र यहोयादालाई फर्काइदिए। तिनीहरूले ती सुन र चाँदीबाट मन्दिरको निम्ति बटुका र अरू भाँडा-कुँडा बनाउन लाए। यहोयादा बाँचुञ्जेल ठीक प्रकारले मन्दिरमा बलिदानहरू चढाइन्थे।
15
धरै बुढो भई एक सय तीस वर्ष उमेर पुगेपछि उनी मरे।
16
इस्राएलका प्रजा, परमेश्वर र मन्दिरका निम्ति उनले गरेका कामहरूबारे मान्यता दिएर तिनीहरूले उनलाई दाऊदको सहरका राजाहरूको चिहानमा गाडे।
17
तर यहोयादा मरेपछि यहूदाका अगुवाहरूले आफ्ना कुरा सुन्न योआश राजालाई बाध्य गराए।
18
यसरी मानिसहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई मन्दिरमा पुज्न थाले। तिनीहरूले अशेरा देवी र अरू देवताका मूर्तिहरू पुज्न थाले। तिनीहरूका पापका कारणले यहूदा र यरूशलेममाथि परमप्रभुको क्रोध पर्यो।
19
परमप्रभुले आफूकहाँ फर्कन चेतावनी दिन अगमवक्ताहरू पठाउनुभयो तर मानिसहरूले तिनीहरूका कुरा सुनेनन्।
20
तब परमेश्वरका आत्मा पूजाहारी यहोयादाका छोरा जकरियामा उत्रिआउनुभयो। उनी मानिसहरूले देख्ने ठाउँमा उभिए र यसरी भने, “किन तिमीहरूले मेरा आज्ञा मानेनौ र यो विनाश आफूमाथि ल्यायौ भनी परमप्रभु परमेश्वर सोध्नुहुन्छ। तिमीहरूले उहाँलाई त्याग्यौ र उहाँले तिमीहरूलाई त्याग्नुभएको छ!”
21
जकरियाको विरुद्धमा भएको षड्यन्त्रमा योआश राजाले साथ दिए र राजाका आज्ञाले मानिसहरूले जकरियालाई मन्दिरको आँगनमा ढुङ्गाले हानेर मारे।
22
जकरियाका पिता यहोयादाले गरेका राजभक्तिको सेवा राजाले बिर्से र जकरियालाई मार्न लाए। मर्ने बेलामा उनले यसरी कराएर भने, “तिमीहरूले के गरिरहेका छौ, सो परमप्रभुले देखून् र तिमीलाई दण्ड देऊन्!”
23
त्यो वर्ष बसन्त ऋतुमा अरामी सेनाले यहूदा र यरूशलेममा हमला गरे। त्यहाँका सबै अगुवाहरूलाई मारे र लुटका धेरै सामान दमस्कसमा लगे।
24
अरामी सेना सानो थियो तर परमप्रभुले तिनीहरूलाई आफूभन्दा धेरै ठूलो यहूदाका सेनामाथि विजय दिनुभयो किनभने यहूदाका मानिसहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका थिए। योआश राजाले त्यसरी दण्ड पाए।
25
उनलाई ठूलो चोट लाग्यो। शत्रुहरू फर्किगएपछि आफ्नै दुई जना भारदारहरूले उनको विरुद्धमा जाल रचे र सुतेकै ठाउँमा उनलाई मारे। यसरी तिनीहरूले पूजाहारी यहोयादाका छोराको हत्याको बदला लिए। उनलाई दाऊदको सहरमा त गाडे तर राजाको चिहानमा राखेनन्।
26
उनको विरुद्धमा जाल गर्नेहरू यी थिए— शिम्मत नाम गरेकी एउटी अम्मोनी स्त्रीका छोरा जाबाद र शिम्रित नाम गरेकी एउटी मोआबी स्त्रीका छोरा यहोजाबाद।)
27
राजाहरूका पुस्तकहरूमाथि भएका टीका-टिप्पणीका पुस्तकमा योआशका छोराहरू, उनको विरुद्धमा भएका अगमवाणी र उनले कसरी मन्दिर फेरि नयाँ गरी बनाएका थिए, तीबारे वर्णन गरिएको छ। उनीपछि उनका छोरा अमस्याह राजा भए।
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 25 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36