bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Chronicles 31
2 Chronicles 31
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 32 →
1
चाड सिद्धिएपछि इस्राएलका सबै मानिसहरू यहूदाका विभिन्न सहरमा गए र ढुङ्गाका खम्बाहरू भत्काइदिए, अशेरा देवीलाई अर्पण गरेका मूर्तिहरू काटेर ढालिदिए र मूर्ति पुज्नेहरूका आराधना-स्थल र वेदीहरू ध्वंस पारिदिए। यहूदाका बाँकी इलाकामा बेन्यामीन, एफ्राइम र मनश्शेका थानहरूमा पनि तिनीहरूले त्यसै गरे। त्यसपछि तिनीहरू सबै घर फर्के।
2
हिजकिया राजाले पूजाहारी र लेवीहरूको सङ्गठन फेरि चालु गराए। त्यसअनुसार प्रत्येकको आ-आफ्नै काम खटाइएको हुन्थ्यो। ती कामहरूमध्ये होमबलि र मेलबलिहरू चढाउने, मन्दिरका आराधनामा भाग लिने र मन्दिरका विभिन्न भागमा प्रशंसा र धन्यवाद चढाउने काम पनि पर्थे।
3
राजाले आफ्नै गोठ र बगालबाट होमबलि चढाउन हरेक बिहान र साँझ पशुहरू दिन्थे। तीबाहेक पवित्र विश्रामका दिन, औंसीका दिन र अरू उत्सवका दिनमा परमप्रभुको व्यवस्थाअनुसार चाहिने पशुहरू पनि उनले नै दिन्थे।
4
तीबाहेक पूजाहारी र लेवीहरूले पाउनुपर्ने भेटीहरू पनि ल्याउन राजाले यरूशलेमका मानिसहरूलाई आज्ञा दिए। त्यसो हुँदा पूजाहारी र लेवीहरूले आफ्ना सम्पूर्ण समय परमप्रभुको व्यवस्थाअनुसार काम गर्न बिताउन सक्थे।
5
त्यस्तो आज्ञा हुनेबित्तिकै इस्राएलका मानिसहरूले सबैभन्दा असल अन्न, दाखमद्य, जैतुनको तेल, मह र खेतका अरू उब्जनी भेटी चढाउन ल्याए। तिनीहरूले आफूसित भएको हरेक थोकको दश भागमा एक भाग पनि ल्याए।
6
यहूदाका सहरहरूमा बास गर्ने मानिसहरू सबैले आ-आफ्ना गाई-गोरु र भेडाहरूका दश भागमा एक भाग ल्याए। तिनीहरूले धेरै मात्रामा भेटीहरू ल्याएर परमप्रभु आफ्ना परमेश्वरलाई अर्पण गरे।
7
तेस्रो महिनादेखि भेटीहरू आउन थाले र चार महिनासम्म आइरहे र थुप्रै भए।
8
हिजकिया राजा र तिनका भारदारहरूले धेरै चीज-बीज जम्मा भएको देखेर परमप्रभुलाई प्रशंसा गरे र उहाँका प्रजा इस्राएलको पनि प्रशंसा गरे।
9
राजाले ती भेटीहरूबारे पूजाहारी र लेवीहरूसित कुरा गरे
10
र सादोकको सन्तान अजर्याह मुख्य पूजाहारीले उनलाई यसो भने, “मानिसहरूले मन्दिरमा भेटीहरू ल्याउन थालेदेखि खानेकुराहरू पुग्दो भएका छन् र धेरै उब्रेका पनि छन्। परमप्रभुले आफ्ना प्रजालाई आशीर्वाद दिनुभएको हुनाले यी सबै थोक हामीसित छन्।”
11
राजाको आज्ञा हुँदा तिनीहरूले मन्दिरको इलाकाभित्र भण्डार कोठाहरू बनाए
12
र सुरक्षाको निम्ति तीभित्र सबै भेटी र दशौं हिस्साका चीजहरू राखे। तिनीहरूले ती सबै कुराको जिम्मेवार कोनन्याह नाम गरेका लेवीलाई बनाए र तिनकै भाइ शिमीलाई तिनको सहायक खटाए।
13
तिनीहरूका आदेशमा काम गर्न यी दश जना लेवीहरू खटाइए— यहीएल, अजज्याह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत र बनायाह। यी सबै कुराहरू हिजकिया राजा र अजर्याह मुख्य पूजाहारीका आज्ञाले भएका थिए।
14
परमप्रभुलाई चढाइएका भेटीहरू लिने र ती बाँड्ने कार्यभार कोरे नाम गरेका लेवीका हातमा दिइएको थियो। कोरे यिम्नाका छोरा र मन्दिरका पूर्वको मूल-ढोकाका मुख्य पहरेदार थिए।
15
अरू सहरहरूमा, जहाँ पूजाहारीहरू बास गर्थे, अरू लेवीहरू अदन, मिन्यामीन, येशूअ, शमायाह, अमर्याह र शकन्याह थिए। तिनीहरूले आफ्ना लेवी बन्धुहरूलाई खानेकुरा बराबर गरी तिनीहरूका कामअनुसार बाँडिदिन्थे।
16
गोत्रका हिसाबले खानेकुरा बाँडिंदैनथ्यो। तीस वर्ष वा त्यसभन्दा बढ्ता उमेर भएका पुरुषहरू, जसले आफ्नो दर्जाअनुसार दिन-दिनै मन्दिरमा कार्यभार लिएका हुन्थे, तिनीहरूलाई पनि भाग बाँडिन्थ्यो।
17
पूजाहारीहरूलाई गोत्र-गोत्रका हिसाबले कार्यभार दिइन्थ्यो र बीस वा त्यसभन्दा बढी उमेर भएका लेवीहरूलाई दल-दल गरी काम लगाइन्थ्यो।
18
तिनीहरू सबैका नाम तिनीहरूका स्वास्नी, छोरा-छोरी र आश्रममा रहेका अरू प्राणीहरूका नामसहित लेखिएका हुन्थे किनभने तिनीहरू कुनै पनि बेला आफ्ना पवित्र सेवा कार्य गर्न तयार रहनुपर्थ्यो।
19
हारूनका सन्तानको निम्ति छुट्ट्याइएका सहरहरूमा वा ती सहरमा भएका गाई-वस्तुका चरनहरूमा बास गर्ने पूजाहारीहरूका बीचमा खानेकुरा बाँड्न मानिसहरू जिम्मेवार थिए। तिनीहरूले पूजाहारी परिवारका र लेवी गोत्रका नाम लेखिएका सबै पुरुषहरूलाई खानेकुरा बाँडिदिन्थे।
20
सारा यहूदाभरि हिजकिया राजाले जे कुरा उचित र परमप्रभु आफ्ना परमेश्वरलाई प्रसन्न तुल्याउनेथिए, ती गरे।
21
उनी आफ्ना काममा सफल भए किनभने मन्दिरमा वा व्यवस्था पालन गर्ने काममा तिनले आफ्ना सबै काम सम्पूर्ण ईश्वरभक्ति र इमानदारीसाथ गरेका थिए।
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 32 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36