bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Chronicles 20
2 Chronicles 20
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 21 →
1
केही समयपछि मोआब र अम्मोनका सेनाहरूले आफ्ना मित्र मिनुईहरूसित मिलेर यहूदामाथि आक्रमण गरे।
2
केही मानिसहरू आएर यहोशापात राजालाई यस्तो खबर दिए, “एदोमबाट एउटा ठूलो सेना मृत सागरको पारिपट्टिबाट तपाईंलाई आक्रमण गर्न आइरहेको छ। तिनीहरूले अघि नै हासेसोन-तामार कब्जा गरिसके।” (यो एन-गदीको अर्को नाम हो।)
3
यहोशापात तर्से र अगुवाइको लागि परमप्रभुसित प्रार्थना गरे। त्यसपछि सम्पूर्ण देशमा उपवास बस्न आज्ञा दिए।
4
यहूदाका हरेक सहरबाट मानिसहरू परमप्रभुको अगुवाइ लिन हतारसाथ यरूशलेममा आए।
5
तिनीहरू यरूशलेमका बासिन्दाहरू मन्दिरको नयाँ आँगनमा भेला भए। यहोशापात राजा गएर तिनीहरूका सामुन्नेमा उभिए र उच्च सोरले प्रार्थना गरे,
6
“हे परमप्रभु, हाम्रा पुर्खाहरूका परमेश्वर, स्वर्गमा तपाईंले सारा संसारका जातिहरूमाथि राज्य गर्नुहुन्छ। तपाईं बलियो र शक्तिशाली हुनुहुन्छ। कसैले तपाईंको सामना गर्न सक्दैन।
7
तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ। जब तपाईंका प्रजा इस्राएल यस देशमा सर्दैआए, तपाईंले यस देशमा बास गर्ने मानिसहरूलाई धपाउनुभयो र आफ्ना मित्र अब्राहामका सन्तानलाई त्यो देश सदाकालको निम्ति दिनुभयो।
8
तिनीहरूले यहाँ बसोबास गरेर तपाईंको आदरमा मन्दिर बनाएका छन्।
9
हामीमाथि दण्डका रूपमा आपत् आइलाग्दा, लडाइँ, महामारी र अनिकाल आएको खण्डमा हामी आएर तपाईंको आराधना गरिने यस मन्दिरको सामुन्ने खडा हुन सक्छौं भनी तिनीहरूले जान्दछन्। आफ्ना कष्टका दिनमा तिनीहरूले तपाईंलाई प्रार्थना गर्न सक्छन् र तिनीहरूको बिन्ती सुनेर तपाईंले तिनीहरूलाई बचाउनुहुन्छ।
10
“अब अम्मोन, मोआब र एदोमका मानिसहरूले हामीलाई आक्रमण गरेका छन्। हाम्रा पुर्खाहरू मिश्रबाट निस्किआउँदा तपाईंले तिनीहरूलाई ती देशमा पस्न दिनुभएन। हाम्रा पुर्खाहरू ती देशका बाहिरबाट घुमेर आए र तिनलाई नाश पारेनन्।
11
त्यसको बदलामा तिनीहरू हामीलाई तपाईंले दिनुभएको देशबाट धपाउन आउँदै छन्।
12
तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ! तिनीहरूलाई दण्ड दिनुहोस् किनभने हामीलाई आक्रमण गर्न आएको यो ठूलो सेनाअघि हामी असहाय छौं। के-कसो गर्ने भनेर हामी जान्दैनौं, तर हामी सहायताको निम्ति तपाईंतिर आँखा उचाल्छौं।”
13
यहूदाका सबै पुरुषहरू आफ्ना स्वास्नी, बाल-बच्चालाई साथमा लिएर त्यहाँ मन्दिरमा उभिएका थिए।
14
भीडमा भएका एक जना लेवीमाथि परमप्रभुको आत्मा उत्रनुभयो। तिनको नाम यहासेल थियो। तिनी जकरियाका छोरा थिए। तिनी मत्तन्याह, यहीएल र बनायाहबाट जन्मेका र आसापका गोत्रका पुरुष थिए।
15
यहासेलले भने, “हे राजन्! अनि यरूशलेम र यहूदाका सबै बासिन्दाहरू हो! परमप्रभु भन्नुहुन्छ कि तिमीहरू यो ठूलो सेनाको सामना गर्न हताश नहुनू वा नडराउनू! लडाइँ परमेश्वरमा निर्भर छ, तिमीहरूमा होइन।
16
भोलि तिनीहरू जीजको घाँटीबाट आएका बेलामा तिनीहरूमाथि हमला गर्नू। यरूएलको छेउको उजाड-भूमिमा पुर्याउने बेसी टुङ्गिएको ठाउँमा तिमीहरूसित तिनीहरूको भेट हुनेछ।
17
तिमीहरूले यो लडाइँ लड्नुपर्नेछैन। खालि आफ्ना स्थानमा गई जागा होओ र पर्खिबस। परमप्रभुले तिमीहरूलाई विजय दिनुभएको देख्नेछौ। हे यहूदा र यरूशलेमका बासिन्दाहरू हो, दुबिधामा नपर, नडराओ! लडाइँ गर्न निस्क र परमप्रभु तिमीहरूसित हुनुहुन्छ!”
18
तब यहोशापात राजाले भूइँसम्म टाउको निहुराएर प्रणाम गरे र सबै मानिसहरूले पनि तिनीसित घोप्टिएर परमप्रभुलाई पुजे।
19
कहात र कोरह गोत्रका लेवीहरूले खडा भएर चर्को सोरले परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गरे।
20
भोलिपल्ट सबेरै मानिसहरू तकोछेउको उजाड-भूमिमा गए। तिनीहरू निस्कँदैगर्दा यहोशापातले तिनीहरूलाई यसरी भने, “हे यहूदा र यरूशलेमका मानिसहरू हो! परमप्रभु आफ्ना परमेश्वरमा भरोसा राख र तिमीहरू दरिला हुनेछौ। अगमवक्ताहरूले भनेका कुरामा भरोसा राख र तिमीहरू सफल हुनेछौ।”
21
मानिसहरूसित सल्लाह गरेर राजाले केही गीत गाउन र बाजा बजाउनेहरूलाई पवित्र अवसरमा तिनीहरूले पैरने पोशाक लाउने र सेनाको अघि-अघि यसरी गाउँदै हिंड्ने आज्ञा दिए, “परमप्रभुको प्रशंसा गर! उहाँको प्रेम अमर छ!”
22
जसै तिनीहरूले गाउन थाले, परमप्रभुले आक्रमण गर्ने सेनाहरूका बीचमा आतङ्क फैलाउनुभयो।
23
अम्मोनी र मोआबीहरूले एदोमी सेनामाथि हमला गरे र त्यसलाई ध्वस्त पारे। त्यसपछि तिनीहरूले एक-अर्कामाथि आपसमा हमला गर्न थाले र घमासान युद्ध गरे।
24
यहूदाका सेना उजाड-भूमिमा भएको एउटा धरहराछेउ आइपुग्दा तिनीहरूले आफ्ना शत्रुहरूलाई हेरे र ती सबै मरेर जमिनमा लडिरहेका देखे। एक जना पनि जिउँदो थिएन।
25
यहोशापात र तिनका फौज लुटका माल बटुल्न अघि बढे र तिनीहरूले धेरै गाई-वस्तु, अन्न-पानी, लत्ता-कपडा र अरू दामी थोकहरू हात पारे। तीन दिनसम्म तिनीहरूले लुटका माल बटुले। तर पनि यति बिघ्न सामान थियो कि तिनीहरूले सबै कुरा उठाउन सकेनन्।
26
चौथो दिन तिनीहरू बराकाहको बेसीमा जम्मा भए र परमप्रभुका सारा कामको निम्ति उहाँको प्रशंसा गरे। त्यसैकारण त्यस बेसीलाई ‘बराकाह’ भन्दछन्।
27
यहोशापातले विजयको हर्षको साथ यरूशलेममा आफ्ना सेना फर्काइलगे किनभने परमप्रभुले तिनका शत्रुहरूको हार गराउनुभएको थियो।
28
सहरमा पुगेपछि तिनीहरू वीणा र तुरहीको सङ्गीतसाथ मन्दिरमा गए।
29
कसरी परमप्रभुले इस्राएलका शत्रुहरूलाई हराउनुभएको थियो, त्यो सुन्ने हरेक जाति भयभीत भयो
30
र यहोशापातले शान्तिसित राज्य गरे। परमेश्वरले तिनलाई चारैतिरबाट सुरक्षित राख्नुभयो।
31
पैंतीस वर्षको हुँदा यहोशापात यहूदाका राजा भएका थिए र उनले पच्चीस वर्ष यरूशलेममा राज्य गरेथे। उनकी आमा शिल्हीकी छोरी अजूबा थिइन्।
32
अघि उनको बुबा आसाले झैँ उनले परमप्रभुका नजरमा जे उचित छन्, ती काम गरे,
33
तर मूर्तिपूजकहरूका पूजास्थलहरू भने नाश गरेनन्। तिनका प्रजा सम्पूर्ण हृदयले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरतिर फर्केका थिएनन्।
34
यहोशापातले गरेका अरू सबै काम, उनको शासनको सुरुदेखि अन्तसम्म हनानीका छोरा येहूको इतिहासमा लेखिएको छ, जुन इस्राएलका राजाहरूको इतिहासको एउटा भाग हो।
35
एक समयमा यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्याहसित मित्रता बाँधेका थिए। अहज्याहले धेरै खराब कामहरू गरेका थिए।
36
एस्योन-गेबेरका बन्दरगाहमा तिनीहरूले पानी जहाजहरू बनाएका थिए।
37
तर मारेशा सहरका दोदाबाहुका छोरा एलीएजरले यहोशापातलाई यस्तो चेतावनी दिए, “तपाईंले अहज्याहसित मित्रता गरेको हुनाले परमप्रभुले तपाईंका कामहरू नष्ट गर्नुहुनेछ।” अनि ती जहाजहरू नष्ट भए र व्यपारको लागि यात्रा गर्न गएनन्।
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36