bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Chronicles 17
2 Chronicles 17
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 18 →
1
यहोशापात आफ्ना बुबा आसापछि राजा भए र इस्राएलका विरुद्धमा आफ्नो स्थिति बलियो बनाए।
2
उनले यहूदाका सुरक्षित सहरहरू, यहूदाका गाउँ-बस्तीहरू र आसाले एफ्राइमका भूमिमा कब्जा गरेका सहरहरूमा आफ्नो फौज राखे।
3
परमप्रभुले यहोशापातलाई आशीर्वाद दिनुभयो किनभने उनले आफ्ना बुबाले सुरु-सुरुमा चलेका चालमा हिंडे र बाल देवताको आराधना गरेनन्।
4
उनले आफ्ना पिताका परमेश्वरको सेवा गरे, उहाँका आज्ञाहरू पालन गरे र इस्राएलका राजाहरूले गरेझैँ दुष्ट काम गरेनन्।
5
परमप्रभुले यहोशापातको हातमा यहूदा राज्यको शासन दरिलो गराउनुभयो। सबै मानिसहरूले तिनीकहाँ उपहार ल्याउँथे र उनी धनी-मानी भए।
6
परमप्रभुको सेवा उनले भक्ति र सङ्कल्पसाथ गर्थे र यहूदाका सबै मूर्तिपूजकहरूका आराधना-स्थल र अशेरा-देवीका मूर्तिहरू ध्वंस पारिदिए।
7
उनले राज्य गरेको तेस्रो वर्षमा यहूदाका सहरहरूमा शिक्षा दिन यी अधिकृतहरूलाई पठाए— बेन-हेल, ओबदिया, जकरिया, नतनेल र मीकाया। तिनीहरूसित नौ जना लेवी र दुई जना पूजाहारीहरू पनि गएका थिए।
8
ती लेवीहरू यी नै हुन्: शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह। पूजाहारीहरूचाहिँ एलीशामा र यहोराम थिए।
9
तिनीहरूले परमप्रभुको व्यवस्थाको पुस्तक लिएर गई त्यसबाट शिक्षा दिंदै यहूदाका सारा सहरमा गए।
10
चारैपट्टिका देशहरूका राजाहरूमाथि परमप्रभुको भय परेकाले तिनीहरू यहोशापात राजाका विरुद्धमा लडाइँ गर्न डराए।
11
यहोशापातकहाँ कोही पलिश्तीहरूले धेरै चाँदी र अन्य उपहारहरू र केही अरबीहरूले ७,७०० भेडा र ७,७०० बोकाहरू ल्याए।
12
यसरी यहोशापात झन् बलिया हुँदैगए। यहूदा देशभरि उनले किल्ला र सहरहरू बनाए
13
र त्यहाँ धेरै मात्रामा धेरै थोकका भण्डारहरू बनाए। यरूशलेममा तिनले नाम चलेका अधिकृतहरूलाई
14
परिवार-परिवारअनुसार काम गर्न खटाए। यहूदाबाट फौजका सेनापति अदनाह थिए। उनको अधीनमा ३,००,००० सिपाहीहरू थिए।
15
उनीपछि दोस्रो दर्जामा सेनापति येहोहानान थिए। उनको अधीनमा २,८०,००० सिपाही थिए।
16
जिक्रीका छोरा अमसिया तेस्रो दर्जामा सेनापति थिए। तिनीसित २,००,००० सिपाहीहरू थिए। (अमसिया परमप्रभुको सेवाको निम्ति आफ्नै इच्छाले काम गर्न आएका थिए।)
17
बेन्यामीन गोत्रका फौजका सेनापति एल्यादा थिए। उनी एक प्रमुख योद्धा थिए र दुई लाख धनु-काँड र ढाल भिरेका सिपाहीहरू उनका अधीनमा थिए।
18
एल्यादापछि यहोजाबाद सेनापति १,८०,००० सिपाहीका अधिकृत थिए। यहोजाबादका सेना युद्ध गर्ने हात-हतियारले सजिसजाउ थिए।
19
यी सिपाहीहरूले यरूशलेममा राजाको सेवा गर्थे। तीबाहेक राजाले अरू सेना यहूदाका अरू सुरक्षित सहरहरूमा राखेका थिए।
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36